राजमार्ग बढार्दै धुर्मुस–सुन्तली

काठमाडौँ, १० पुस, पुस धुर्मु्स–सु्न्तलीले ९ गते नवलपरासी र १० गते भरतपुरका राजमार्ग अन्तर्गतका विभिन्न नगरपालिकाहरुमा झाडु लिएर बजार–बजार, बस्ती–बस्ती र घर–घरमा छिरेर स्थानीय बासिन्दाहरुलाई सडकमा ल्याइ सफा गर्न लगाई आफू पनि सफा गर्दै हिडे । उनीहरुको यो क्रम यतिमै सिमित हुने छैन । उनीहरु त ९ गतेबाट १६ गतेसम्म नवलपरासी, भरतपुर, मकवानपुर, बारा, रौतहट, सिराहा, सप्तरी, सुनसरी, मोरङ हुँदै झापासम्म सञ्चालन हुने पूर्व पश्चिम राजमार्ग सरसफाइ अभियानमा नै सहभागी भएका छन् । नेपाल सरकारले नै आयोजना गरेको उक्त्त राजमार्ग सरसफाइ कार्यक्रम मेचीमा गएर १६ गते बिर्सजन हुनेछ ।

नेपाल सरकारका सरसफाई दूत भएपछि धुर्मुस–सुन्तलीले आफूलाई पदीय मर्यादा भन्दा पनि झाडुवालको रुपमा प्रस्तुत गर्दै आएका छन् । उनीहरु भन्छन् – 'यो जिम्मेवारी गमक्क पर्नलाई नभई केही गरेर देखाउनलाई हो, हामी केही गरेर देखाउँछौं ।' यो अवसरलाई धेरै भन्दा धेरै सदुपयोग गर्ने उनीहरुको चाहना छ । देशै भरी सरसफाई अभियान चलाएर जनतालाई जागरुक बनाउने निक्कै ठूलो र चुनौतीपूर्ण अभियान छ उनीहरुको । नेपाल सरकार र सम्बन्धित निकायको लापरबाहीलाई चुनौती पनि दिनुछ उनीहरुलाई, त्यसैले निक्कै लामो समयदेखि भोक, तिर्खा, भात, पानी, घर परिवार नभनी निरन्तर सरसफाइमा छन् उनीहरु ।

यस भन्दा अगाडि काभ्रेमा २० वटा घर निर्माण गरी भूकम्प पीडित पहरी परिवारलाई घर हस्तान्तरण गरेका धुर्मुस–सुन्तलीले रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रे जिल्लामा सरसफाई अभियान चलाइ सकेका छन् । उनीहरु यो अभियानलाई देशैभर पुर्याउने लक्ष्यसाथ अघि बढी रहेका छन् ।
aajakokhaba
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget