बाबुरामले मधेसी नेतालाई भने, ‘आन्दोलन फिर्ता लिने काम नगर्नुस’

काठमाण्डु, १० पुस– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति निर्माण अभियानका संयोजक बाबुराम भट्टराईले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेतालाई तत्काल आन्दोलन फिर्ता नलिन आग्रह गरेका छन् ।

मधेसी बुद्धिजिवी र नागरिक अगुवा समेतको उपस्थितिमा शुक्रबार मधेसी मोर्चाका नेतासँग भएको छलफलमा भट्टराईले प्रदेश सिमांकनमा सहमति नभएसम्म आन्दोलनबाट पछि नहट्न उनले आग्रह गरेका हुन् ।
प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीलेले घुँडा नटेकेसम्म लत्रिएर सहमति गर्न नहुने उनको भनाइ थियो ।
‘मधेसी आन्दोलन भएको चार महिला बित्यो, ५० जनाभन्दा बढीको ज्यान जाँदासमेत ठूला दलले आन्दोलनलाई गम्भीरतापूर्वक लिएका छैनन्’, भट्टराईले भने, ‘उधारोमा सम्झौता गरेर मधेसी जनतालाई धोका नदिनुस् ।’
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget