काठमाडौ, पुस १० । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकमा देखिएको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले तराईमा आन्दोलनरत मधेसी मोर्चाका माग सम्बोधनका लागि सीमाङ्कन र संविधान संशोधन गर्न राजनीतिक दल अगाडि बढिरहेको जानकारी दिनुभयो । “संविधान संशोधन विधेयक पेस भइसकेको छ”– उहाँले भन्नुभयो– “केही दल त्यसमा असहमत भए पनि सहमति गरेरै समाधान खोज्न पहल गर्छु ।”
कार्यक्रममा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संविधान जारी भएपछि केही समस्या देखिएको बताउँदै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।
संविधान संशोधन र सीमाङ्कनको विषयमा वार्ता र संवादका माध्यमबाट समस्या हल गर्नुपर्ने उहाँको भनाइ थियो ।
आजदेखि सुरु भएको महाधिवशनको उद्घाटनसत्रमा वरिष्ठ नेता देउवा, नेता निधि, रमेश लेखक, नारायण प्रकाश साउद, नेकपा एमालेका युवा नेता रवीन्द्र अधिकारी, नेकपा माओवादी नेता राम विडारीले महाधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
नौ जना उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित
कार्यक्रममा नेपाल जेसिजले खेलकुद, साहित्य, आर्थिक विकास, सामाजिक न्याय, समाजोत्थान र पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने युवा व्यक्तित्वलाई सम्मानसमेत गरेको छ ।
सामाजिक न्यायको क्षेत्रमा योगदान पु¥याएको भन्दै नेपाल परिवार नियोजन सङ्घकी केन्द्रीय अध्यक्ष अमुसिंह सिजापती, पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने अन्नपूर्ण पोष्ट दैनिकका उपसम्पादक चूडामणि भट्टराई, समाजोत्थान क्षेत्रबाट दीक्षा रिमाल, देशको प्रतिष्ठा बढाएको भन्दै डा पप्पु रिजाल, कलाक्षेत्रबाट रोमा न्यौपाने, आर्थिक क्षेत्रबाट दिलीपकुमार आचार्य, खेलकुद विकास क्षेत्रबाट सुवास शाही र विरुभाइ बज्राचार्य र साहित्य क्षेत्रबाट जनकराज सापकोटालाई सम्मान गरिएको थियो । उहाँहरुलाई वरिष्ठ नेता देउवाले सम्मानपत्र प्रदान गर्नुभयो ।
etajakhabar
Post a Comment