‘मदन आश्रितलाई किन मारे भन्दा इण्डियाले भनेजस्तो मानेनन्, अलिकति जोरी खोजेजस्तो भएकोले मारिदिए,' उनले भने, ‘वीरेन्द्रलाई किन नाश गरे भन्दा माओवादीलाई दबाउ भनेका थिए।'
उनले माओवादीलाई दबाउन नमान्दा वीरेन्द्रको वंशनाश गरिएको ठोकुवा गर्दै नेपालमा सुगौली सन्धीयता वैदेशिक हस्तक्षेप लगातार चलिरहेको बताए। उनले दाजुभाईको झगडामा टेकेर भारतले फाइदा लिन नियोजित रुपमा नाकाबन्दी गरेको बताए। उनले नेपालका स्रोत साधन, सुरक्षा र जमिनमा एकाधिकार कायम गर्नु भारतको गोप्य स्वार्थ भएको समेत आरोप लगाए।
बादलले अहिलेको संविधानमा आरक्षणलाई नै अधिकारका रुपमा परिभाषित गरिएको आरोप लगाउँदै जनताको हातमा सत्ता नआएको जिकिर गरे। उनले वर्तमान संविधानले केही उपलब्धी भने ल्याएको र अझै केही उपलब्धी पाउन बाँकी रहेको बताए।
कार्यक्रममा बोल्दै संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिंगदेनले बाह्य हस्तक्षेपको कुरा गर्नु अघि आन्तरिक उपनिवेश अन्त्य हुनुपर्ने बताए। उनले जुन देशको आधाभन्दा बढी बजेट विदेशी सहयोगमा बन्छ, त्यो देशले हस्तक्षेप भयो भनेर गुनासो गर्नुको अर्थ नहुने बताए। उनले भारत र चीनले आउँदो ५० वर्षसम्म नेपाललाई छुन नसक्ने बताउँदै भने, ‘खाली नेता बिक्न सक्छन्, तर भारत र चीनले नेपाललाई सियो जत्तिले पनि हिर्काउन सक्दैन।' उनले नेपालमा आर्थिक राष्ट्रवादको आवश्यकता रहेको बताउँदै स्वायत्त राज्यलाई फल्न फूल्न नदिइ राष्ट्रवाद दह्रो नहुने बताए।
कार्यक्रममा बोल्दै नेकपा एमालेका कोशी अञ्चल प्रमुख जीवन घिमिरेले मधेसमा भइरहेको आन्दोलन नेपालीको नभइ भाञ्जा र ज्वाईहरुको आन्दोलन भएको बताए। उनले २०६३ सालमा दिइएका अंगीकृत नागरिकता छानविन गर्न र नेपाल–भारत सीमा बन्द गर्न माग गरे। उनले भारत र बंगलादेश बिचमा झै नेपाल–भारतमा परिचय पत्रको व्यवस्था गर्नुपर्ने बताए।
यता एमाओवादीका प्रल्हाद बुढाथोकीले आन्तरिक राष्ट्रवादलाई पहिला मजबुत गराउनुपर्ने बताए। उनले संविधानमा रहेका कमि कमजोरीको आधारमा विदेशीले खेलेको बताउँदै आत्मनिर्भरताको लडाई लड्नुपर्ने बताए। उनले संविधान र आजका उपलब्धीहरुलाई अवमूल्यन गर्न नहुने धारणा राखेका थिए। बुढाथोकीले माओवादी आन्दोलन सम्झौतामार्फत् टुंगिएकोले सबै उपलब्धी हाँसिल गर्न नसकेको र अझै लड्न बाँकी रहेको बताए।
कार्यक्रममा बोल्दै वक्ताहरुले वाम एकतामा समेत जोड दिएका थिए। कार्यक्रम माओत्सेतुङको १२३ औं जन्मजयन्तीको अवसरमा नेकपा (माओवादी)ले आयोजना गरेको थियो।setopati
Post a Comment