कुटाइ खाएर यस्तो भयो राजेन्द्र महतोको हालत (तस्बिरसहित)

काठमाण्डु, ११ पुस– विराटनगरस्थित रानी भन्सारमा धर्नामा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएका छन् ।

नेपाल प्रहरीले दशगजाबाट हट्न बारम्बार आग्रह गर्दा नहटेपछि बल प्रयोग गरिएको थियो । सो क्रममा प्रदर्शनकारीसँगै महतो पनि घाइते भएका छन् ।

प्रहरीसँगको झडपपछि भारतीय भूमिमा गएर नेपाली भूमिमा ढुंगा हान्न थालेपछि भारतीय सीमा सुरक्षा बल एसएसबीलेसमेत आन्दोलनकारीलाई उताबाट लखेटेको थियो ।

झडपका क्रममा महतोको टाउको र घुडामा चोट लागेको छ । उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको र हाल अस्पतालमा भर्ना गरिएको बुझिएको छ ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget