नेपालको विषयमा भारतलाई चिनियाँ विदेशमन्त्रीको चेतावनी ‘नेपाल तिमीहरुले खेल्ने मैदान होइन

काठमाण्डु, ११ पुस– चिनियाँ विदेशमन्त्री वाङ यीले आकारका आधारमा सानोठूलो नभनी नेपाललाई समान हैसियतको व्यवहार गर्न भारतलाई आग्रह गरेका छन् । परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तापछि बेइजिङमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्रीले ‘स्थिर नेपाल’ चीन र भारत दुवैको हितमा रहेको बताए । ‘चीन यो विश्वास गर्छ कि चीन र नेपाल आकारका हिसाबले सानाठूला होलान् तर उनीहरू समान छन् ।
चीनले नेपाललाई इमानदारीपूर्वक सधैं समान व्यवहार गर्दै आएको छ । हामी यो आशा गर्छौं कि भारतले पनि चीनले लिएको नीतिजस्तै गरी नेपाललाई समान व्यवहार गरोस्,’ विदेशमन्त्री वाङले भने । स्थिर नेपालले मात्र चीन र भारतको दुवै हित पूरा गर्नसक्ने चिनियाँ विदेशमन्त्रीले बताए । ‘अर्को शब्दमा म यो भन्न चाहन्छु कि चीन र भारतका लागि नेपाल एउटा पारस्परिक लाभका लागि सहकार्य गर्ने महत्वपूर्ण स्थान हो ।
भारत र चीनका लागि नेपाल बक्सिङ एरिना (लडाँइको मैदान ) होइन,’ विदेशमन्त्री वाङले भने । चीन र भारतबीच नेपालमा आफ्नो प्रभाव बढाउन प्रतिस्पर्धा भइरहेको हो भन्ने प्रश्नमा वाङले यस्तो बनाएका हुन् । अन्नपूर्ण पोस्ट्बाट
kathmandutoday

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget