
उत्तरी छिमेकी चीनले यदि नयाँ दिल्लीले काठमाडौंलाई समकक्षी ठान्छ भने नेपाल, भारत र चीनबीचको ‘बक्सिङ एरिना’ बन्न नहुने बताएको छ। शुक्रबार परराष्ट्र मन्त्री कमल थापासँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्री वाङ यीले नेपाल भारत र चीनबीचको बक्सिङ एरिना बन्न नहुने बताएका हुन्। ‘देशबीचको समानताको आधार आकारमात्र नहुने कुरामा चीन विश्वस्त छ’, मन्त्री यीले भने ‘जसरी नेपाल र चीनले एकअर्कालाई समानताको व्यवहार गर्छन् भारतले पनि नेपालसम्बन्धी त्यस्तै नीति अंगिकार गर्नेपर्छ।’
उनले विकसित र स्थायित्व भएको नेपालले नै भारत र चीनका चासोको रक्षा गर्ने उल्लेख गर्दै भने, ‘नेपाल हामी दुबै देशका लागि फाइदा हुने ठाउँ हो, यो भारत र चीनको बक्सिङ एरिना होइन।’
यीले चीन भारत र नेपाल उही हिमाल र नदीले जोडिएका छिमेकी भएकाले सबैका उस्ताउस्तै चासो रहेको बताए। ‘त्यसैले हामीले त्रिदेशीय आर्थिक करिडोरको प्रस्ताव गरेका हौं’, उनले भने।
चीन र नेपालबीच शुक्रबार पेट्रोलियम पदार्थ किन्ने लगायत आठ बुँदे सहमति भएको थियो।setopati
Post a Comment