राजेन्द्र महतो बीपी प्रतिष्ठानमा भर्ना,अवस्था खतरामुक्त

सुनसरी, पुस १३ । विराटनगरको जोगवनी नाका ठप्प पार्न धर्नामा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आइतबार राति धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ ।
विराटनगरको गोल्डेन अस्पतालले रेफर गरेका महतोलाई प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना नगरी सिधै आईसीयू हुँदै अहिले पेइङ वार्डमा राखेर उपचार भैरहेको छ ।
टाउको, हात र खुट्टाका  भिभिन्न भागमा चोट लागेका महतोको प्रतिष्ठानको न्युरो सर्जन र अर्थोपेडिक्स चिकित्सकले उपचार गरिरहेका छन् ।
महतोले शान्तिपूर्ण धर्नामा बसेको अबस्थामा प्रहरीले लाठि प्रहार गरी आक्रमण गरी घाइते बनाएको बताए । उनी खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget