कृषि विकास बैंकका चार कर्मचारीविरुद्ध यौनशोषण र जबर्जस्ती करणी गरेको किटानी जाहेरी


काठमाडौं – कृषि विकास बैंक पुतलीसडक कार्यालयका कार्यालय प्रमुख गेहनाथ पौडेल, तत्कालीन उपप्रमुख तथा हाल केन्द्रीय कार्यालयमा सरुवा भएका स्थानेश्वर पन्थी, सोही शाखाका अधिकृत रमेश कुमार भट्टराई र ड्राइभर भाइचा महर्जनले एक जना ऋणी महिलालाई लामो समयदेखि संगठित रुपमा यौनशोषण गरेको खुलासा भएको छ ।

पर्सा जिल्ला विरुवा गुठी गाविस–२ स्थायी ठेगाना भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ साबिक मूलपानी गाविस वडा नं. ४ बस्ने टीकामाया गोलेले यही पुस ७ गते मंगलबार महानगरीय प्रहरीपरिसर टेकु, काठमाडौंमा उनीहरुविरुद्ध किटानी जाहेरी दर्ता गराएपछि उक्त कुराको खुलासाा भएको हो । गोलेले जोरपाटी–७ मा सुरज कार्पेट उद्योग सञ्चालन गरेकी छिन् र सोही कार्पेट उद्योगका लागि कर्जा लिने क्रममा तीन वर्षअघि उनीहरुसँग भेट भएको थियो । कर्जा थप्ने क्रममा योजनाबद्ध रुपमा उनीहरुले गोलेलाई यौनशोषण र करणीको निरन्तर श्रृङ्खला चलाएका थिए ।

गोलेले गत ७ गते प्रहरीमा मानव बेचबिखन, ओसारपसार तथा वेश्यावृत्ति गरेको आरोप लगाएकी छन् ।

उनको उजुरीमा भनिएको छ, ‘म जाहेरवाली सामान्य सहीछापसम्म मात्रै गर्नसक्ने अनपढ ग्रामीण महिला हुँ, मैले विगत केही वर्षदेखि काठमाडौं मूलपानी गाउँमा रहेको घरमा घरेलु गलैंचा बुन्ने काम सुरु गरी सोको निम्ति कच्चापदार्थ स्थानीय बजारबाट खरिद गरी आफैंले तानमा बसी बुनी त्यसलाई स्थानीय बजारमा बेच्ने कार्य गर्दछु । मेरा पति पनि पढेका छैनन्, ज्याला मजदुरीको काम गर्नुहुन्छ ।’

उनले आप्mनो उजुरीमा उल्लेख गरेकी छन्, ‘मैले २०६६ सालमा व्यापार व्यवसाय बढाउन तथा घरसमेत निर्माण गर्न कृषि विकास बैंक पुतलीसडक रामशाहपथ शाखाबाट कर्जा लिई बैंकको नियमअनुसार तिर्दै आइरहेकी थिएँ, सोही क्रममा बैंकका कर्मचारी रमेश भट्टराईसँग चिनजान भएको थियो, कर्जा निरीक्षणको सिलसिलामा रमेश भट्टराई मेरो घरमा आउने जाने गर्थे, परिवारमा समेत घुलमिल हुनुभएको थियो’, उनले अगाडि लेखेकी छिन्, ‘उक्त कर्जा मैले आधाभन्दा बढी चुक्ता गरिसकेको अवस्थामा निज रमेशले राम्रो सीप भएको मान्छे कारोबार बढाऊ, राम्रो आम्दानी हुन्छ, म हाकिमसँग कुरा गरिदिन्छु भनी निजको विश्वासमा परी थप कर्जाको निमित्त २०७० सालमा केही कागजमा सही गराएका थिए, सोको दुई दिनमै थप भनी १९ लाख रकम दिएका थिए, उक्त कर्जाको सावाँ तथा ब्याज समेत गलैंचा व्यापारबाट तिरी आएको अवस्थामा अन्यायी रमेश भट्टराईले मलाई मेरो लागि ४० लाख ऋण तिम्रो धितोबाट निकालिदेऊ, मसँग राम्रो काम आएको छ, ढुकुटी हो, सोको सावाँ तथा ब्याज र तिम्रो ब्याजसमेत म आफैं तिरी तिम्रो घरजग्गा फुकुवा गरिदिन्छु भनी विश्वासमा परी थप ४० लाख कर्जा मेरो नामबाट निकाली उक्त बैंकबाट नै सो रकम लिई निजले चलाएकोमा निजले उल्लिखित वचनबमोजिम सोको सावाँ र ब्याज नतिरी मेरो घरजग्गा लिलाममा जानलाग्दा निजलाई सम्पर्क गरी तपाईंले चलाएको ऋणको सावाँ र ब्याज तिरिदिनुहोस्, म पनि मेरो ऋण तिरी घरजग्गा फुकुवा गर्छु भनी भन्दा ठीक छ, म व्यवहार मिलाउँछु, तिमी वसुन्धराचोकमा आऊ त्यहाँ नै सरसल्लाह गरौंला भनी बोलाएबमोजिम म निजलाई भेट्न उक्त वसुन्धरा चोकमा जाँदा निजका साथमा अन्य एक व्यक्ति पनि आएका थिए । निजले स्थानेश्वर सर हो, कर्जाको हाकिम साब हो, सबै मिल्छ, तिमी कुरा गर्दै गर भनी काम छ, म आउँछु भनी मलाई त्यहाँ छाडी गए भने अन्यायी स्थानेश्वरले हामी किन एक्लै बस्ने, जाऊँ कतै चिसो खाएर बसौं भनी भन्दा म तपाईंलाई चिन्दैन, त्यो दाइ अहिले आइहाल्छ, पर्खिबसौं भन्दा नमानी निकै कर (जिद्दी) गरी आप्mनो मोटरसाइकलमा बस्न लगाई एकैछिनमा पुगिन्छ भन्दै एकाएक जंगलको बीचमा रहेको रेष्टुरेण्टजस्तो देखिने होटल लजमा लगी रोकी सरासर कोठामा लिई गयो र चिसो खाई बसौं भनी त्यहाँ बसाएर चिसो देऊ भन्दै होटलका व्यक्तिलाई खबर गरे । तत्पश्चात् अन्यायी (स्थानेश्वर)ले मलाई तिम्रो दाइ (रमेश भट्टराई)ले सबै कुरा गरेको छ, म कृषि विकास बैंकको ऋण शाखाको हाकिम हुँ, तिम्रो सबै काम तुरुन्तै हुन्छ, चिन्ता लिनुपर्दैन भन्दै यौनसम्पर्कका निम्ति प्रस्ताव गर्नुभयो ।’
उनले जाहेरीमा भनेकी छिन्, ‘मैले सो कुराको तत्कालै प्रतिवाद गरेँ, चिसो पेयमा खै के मिसाएको रहेछ, म लठ्ठ भएँ, निजले तिम्रो दाइले सबै भनेको छ, उसको सल्लाहमा तिमीलाई यहाँ बोलाएको हो, केको सती सावित्री बन्छौं ? भन्दै ढोकाको चुकुल लगाई होटलमा आएर बसेपछि तिम्रो कुरा कसले पत्याउँछ भन्दै बलपूर्वक जबर्जस्ती मेरा कपडा खोली, आप्mना कपडा खोली मसँग मेरा इच्छाविरुद्ध जबर्जस्ती यौनसम्पर्क गरेपछि वसुन्धरामा ल्याई छाडिदिए । सो अवस्थामा म एक्लै घर फर्की आएँ ।’ आजको आर्थिक दैनिकमा खबर छ ।
ratopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget