तीन घन्टा वार्तापछि उपेन्द्रले भने-ठूलो उपलब्धी भनेको कुराकानी गर्दै जाने

११ पुस, काठमाडौं । नेपाली कांग्रेस, एमाओवादी र मधेसी मोर्चाबीच वार्ता भएको छ । कांग्रेस र मधेसी मोर्चाबीच भएको वार्तामा एमाओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी भएपछि त्रिपक्षीयमा परिणत भएको थियो ।
कांग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको वार्तापछि नेताहरुले वार्ता सकारात्मक भनेपनि ठोस सहमति भइससकेको छैन ।
बैठकपछि मधेसी मोर्चाका नेता उपेन्द्र यादवले भने-तीन घन्टा वार्ता भयो । ठूलो उपलब्धी भनेको कुराकानी गर्दै जाने ।’
मधेस आन्दोलनले उठाएका मुद्दाहरु सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए । साथै सदनको अवरोध पनि कायमै रहने यादवको भनाइ छ ।
एमाओवादी अध्यक्ष प्रचण्डलेे भने सकारात्मक कुराकानी भएको र भोलि एमालेसहितको बैठक बस्ने बताए । कांग्रेस प्रवक्ता दिपेन्द्र बडूले पनि संविधान संशोधनबारे छलफल भएको र भोलि फेरि वार्ता हुने जानकारी दिए ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget