काठमाडौं १० पुस । राज्य–सरकारले आन्दोलनरत पक्षको भावना बुझ्न नसकेको भन्दै भैंसीलाई ज्ञापन पत्र बुझाइने भएको छ । मधेशीहरु जति आवाज उठाएपनि सरकार भैंसी जस्तै नसुनेको जस्तो गरेकोले भैंसीलाई ज्ञापन पत्र बुझाउन लागिएको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले हुलाकी न्यूजलाई बताए ।
झाकाअनुसार संघीय समावेशी मधेशी गठबन्धनले पुस १२ गते आइतबार मधेशका सबै जिल्लाहरुमा भैंसीलाई ज्ञापन पत्र बुझाउने छ । सोही दिन भैंसी जुलुस पनि प्रदर्शन हुने झाले बताए ।
यता गठबन्धनले जारी गरेको विज्ञप्तिमा पुस १४ गते आन्दोलनरत विभिन्न पक्षसँग छलफल गरी महागठबन्धन निर्माण गरिने जनाइएको छ ।
फाईल फोटो
संघीय समावेशी मधेशी गठबन्धन
मिति : २०७२/०९/१०
पे्रश–विज्ञप्ति
गठबन्धनको २०७२ पौष ९ र १० गते विराटनगरमा बसेको बैठकले आमहड्ताल र नाकाबन्दी गर्ने कार्यक्रमलाई निरन्तरता दिदै तपसिलमा उल्लेख भए बमोजिम २ दिने कार्यक्रम सार्वजनिक गरेको छ । हिजो ९ गते विराटनगरमा गठबन्धनद्धारा आयोजित विरोध सभाको कार्यक्रम समापन पश्चात मोर्चाका कार्यकर्ताद्धारा निकालिएको मसाल जुलुस माथी लाठी चार्ज र ढुङ्गामुडा गरेर हाम्रो मञ्च र साउण्डसिष्टमहरु समेत तोडफोड र क्षति गरेको र पत्रकार अवधेश झालाई निर्घात कुटपिट गरेको घटना प्रति बैठकले घोर भत्सर्ना गरेको छ र क्षति र तोडफोड भएको सरसमानको क्षतिपुर्ति गराउन जोडदार माग गर्दछ । साथै शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनद्धारा यस प्रकारको क्रुर व्यवहार र दमनले लोकतन्त्रलाई नै धरापमा पारेको बैठकले ठहर गरेको छ । यसर्थ यस्ता लोकतन्त्र विरोधी तत्वहरुलाई कारवाहीको दायरा भित्र ल्याउनु पर्दछ ।
नेपाल सरकारद्धारा संविधान संशोधन सम्बन्धी विधेयकको निर्णय अधुरो, अ–स्पष्ट र हाम्रो ९ बुंदे मागलाई समेत सम्बोधन गर्न नसक्ने भएको ठहर गरेको छ । त्यसर्थ यस निर्णयको आधारमा आन्दोलन फिर्ता गर्न सकिदैन बरु संसदमा दर्ता गरिएको विधेयक फिर्ता लिई आन्दोलनरत सबै पक्षहरुको सहमतिको आधारमा पुनः सबै मागहरुलाई समेटी वार्ताको माध्यमबाट विधेयक दर्ता गराउन बैठकले माग गरेको छ ।
तपसिल
१) २०७२ पौष १२ गते मधेशका सबै जिल्लाहरुमा भैसीं जुलुस प्रदर्शन गरि, भैसींलाई ज्ञापनपत्र बुझाई कोण सभा गर्ने ।
२) २०७२ पौष १४ गते मधेशमा आन्दोलनरत विभिन्न पक्षहरुलाई एकै थलोमा ल्याई नागरिक समाज र पत्रकारहरुको अगुवाईमा वृहत मधेशी महागठबन्धन निर्माण अभियानको लागि दबाबमुलक अन्तरक्रिया कायर््क्रम गर्ने । धन्यवाद ।
शरत्सिंह भण्डारी
अध्यक्ष
रामसपा अनिल कुमार झा
अध्यक्ष
नेसपा राजकिशोर यादव
अध्यक्ष
गणतान्त्रिक फोरम जय प्रकाश गुप्ता
संयोजक
तमरा अभियान
हुलाकी न्यूज,
Post a Comment