हतियार सहित नेपाल छिर्नु भूल भएको एसएसबीद्वारा स्वीकार ​

नयाँ दिल्ली : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अनुमतिविना हतियारसहित नेपाल छिर्नु त्रुटीपूर्ण रहेको स्वीकार गरेको छ। एसएसबी महानिर्देशक बी डी शर्माले सीमा सुरक्षा बल नेपाली सीमाभित्र समातिनुलाई दुर्भाग्यपूर्ण भन्दै आफ्नोतर्फबाट गल्ती भएको स्वीकार गरेको नवभारत टाइम्सले लेखेको छ।


गत मंसिर दोस्रो साता हतियारसहित एसएसबीका जवानहरु नेपालभित्र समातिएका थिए। केही घन्टा सशस्त्र प्रहरी नियन्त्रणमा राखिएको उनीहरुलाई पछि सीमा सुरक्षा बलका अधिकारीले फिर्ता लगेका थिए।

सीमा सुरक्षा बलको ५२ औं स्थापना दिवशमा उनले नेपाल सीमामा स्थिति सामान्य रहेको ब्रिफसमेत गरेका छन्। बिहारको रक्सौल बाहेक अधिकांश सीमा क्षेत्रमा स्थिति सामान्य रहेको उनले जानकारी दिए। उनका अनुसार अझै पनि २ हजार सवारी नेपाल जानका लागि सीमामा तैनाथ छन्। पहिले यसरी रहेका गाडीको संख्या ४ हजार ५ सयभन्दा बढी थिए।

'यो एउटा खराब घटना थियो। मेरो हिसाबले पनि घटना गलत थियो। हाम्रोतर्फबाट केही गल्ती भएकै हो। नेपालको सम्प्रुभताको सम्मान गर्दै हामीले घटनाको अनुसन्धान आदेश दिएका छौं। मैले आफ्ना जवानहरुलाई नेपालका सशस्त्र प्रहरीको अनुमति नलिइ कुनै पनि हालतमा अर्कोतिर नजाउन्,' उनले भने।

महानिर्देशक शर्माले १ सय ७ हजार ५१ किलोमिटर लामो सीमामा कहिलेकाही मानवीय त्रुटी हुने स्वीकार गर्दै दुई देशको सीमा अझै पनि प्रस्ट रेखांकन नभएको जनाएका छन्। सीमा क्षेत्रमा हरेक व्यक्तिको सुरक्षा जाँच गर्न असम्भव रहेको बताउँदै उनले नन कम्ब्याटेन्टहरु परिचालन गरिरहेको जानकारीसमेत दिए।sajhapatrika
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget