Latest Post

काठमाडौं ।

नेपालमाथि नाकाबन्दी लगाएको भारत समेत असुरक्षित नरहेको भन्दै भारतीय मिडियाले सनसनीपूर्ण रिपोर्ट प्रसारण गरेको छ ।

भारतको चर्चित समाचार च्यानल एविपीले प्रसारण गरेको रिपोर्टमा नेपालमा उत्पन्न अवस्थाले भारतलाई नेपाललाई भन्दा पनि बढी खतरा रहेको दावी गरिएको छ ।



सन् १९९९ मा इण्डियन एयरलाइन्सको विमान त्रिभुवन विमानस्थलबाट अपहरण गरेर अफगानिस्तान लगिएको घटनाबाट शुरु गरिएको उक्त रिपोर्टमा अशान्त नेपाल भारतका लागि घातक हुने विश्लेषण गरिएको छ ।nepaliheadlines

काठमाडौं, १६ मंसिर । नेपालका लागि भारतीय राजदूत रञ्जीत राय आकस्मिक रुपमा स्वदेश गएका छन् । राजदूत राय मंगलबार साँझ अचानक स्वदेश गएका हुन् ।
व्यवस्थापिका सांसदको बैठकमा भारतीय राजदूत रञ्जीत रायलाई नेपालबाट देश निकाला गर्नुपर्ने मागसहित सांसदहरूले नाराबाजी गरे लगत्तै राजदूत राय नयाँदिल्ली प्रस्थान गरेका हुन् । स्रोतका अनुसार नेपाल र भारतबीच बिग्रदै गएको सम्बन्धका विषयमा बिफ्रिङ् गर्न राजदूत राय नयाँदिल्ली गएका हुन् ।
नेपालमा नाकाबन्दी लगाएर ओचित बनेको भारतीय पक्षलाई नेपाली जनताहरूले खुब आलोचना गरेका छन् ।
भारतीय पक्षले विशेष गरेर मधेसी मोर्चाको आन्दोलनलाई उचालेर नेपाली राजनीतिमा हस्तक्षेप गरेको आरोप छ ।
भारतीय र भारतीय राजदूत रायको नेपालमा जमेर आलोचना भइरहेका बेला राय अचानक नयाँदिल्ली प्रस्थान गर्नुलाई महत्वका साथ लिइएको छ ।
भारतीय राजदूत अकस्मात नयाँदिल्ली प्रस्थान गरेको विषयलाई लैनचौरले गुपचुप राखेको छ । यस विषयमा लैनचौरले औपचारिक रुपमा केही पनि भनेको छैन ।
dainiknepal

सीमावर्ती भारतको सुनौलीका सुरक्षाकर्मीले बिना कारण निर्घात कुटपिट गरेपछि घाइते नेपाली ट्रक चालकहरू। सीमावर्ती भारतको सुनौलीका सुरक्षाकर्मीले बिना कारण निर्घात कुटपिट गरेपछि घाइते नेपाली ट्रक चा माधव/कान्तिपुर

नेपाल आउने गाडीसँग चर्को पैसा असुल्दै भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारी
मंसिर १६, २०७२- नाकाबन्दीपछि सुनौली नाका हुँदै नेपाल आउने गाडीसँग भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले चर्को रूपमा पैसा असुल्न थालेका छन्। पैसा खुवाएका गाडीलाई भारतीय सुरक्षाकर्मीले एस्कर्टिङ गरी पास गराइदिने गरेको पीडित चालकहरूले बताएका छन्। घूस दिएका गाडी पास भएर पालो मिचेको विषयमा प्रश्न गर्दा ११ नेपाली ट्रक चालकलाई भारतीय सुरक्षाकर्मीले निर्घात कुटपिटसमेत गरेका छन्। घूस नखुवाएका गाडी हप्तौंदेखि सडक किनारामै थन्कन बाध्य छन्।

लाइनमा रहने क्रममा भारतीय प्रहरीले आफूसँग पैसा मागेको चालकहरूले बताएका छन्। ‘हामीसँग उनीहरूले यदि गाडी अगाडि बढाउनु छ भने प्रतिगाडी १० हजार भारतीय रुपैयाँका दरले पैसा मागेका थिए,’ ना४ख २४५१ का चालक काजी अधिकारीले भने, ‘पैसा खुवाएका गाडी उही दिन पास हुन्छन्, नखुवाएका गाडीका मजदुर कुटाइखान बाध्य भयौं।’ भारतीय सुरक्षाकर्मीको कुटाइले उनको हात नचल्ने अवस्थामा पुगेको छ।

अगाडिको गाडी पास भएपछि खाली स्थानमा ल्याउन ४० हजार रुपैयाँसम्म नेपाली आयातकर्ताले घूस खुवाउने गरेकाले अहिले बिनापैसा कुनै पनि गाडी पास नहुने गरेको नेपालमा भन्सार क्लियरिङ एजेन्टहरू बताउँछन्। उनीहरूका अनुसार गाडी पास गराउन भारतीय विभिन्न निकायलाई कोटा निर्धारण हुने गरेको छ। धेरै दिनसम्म गाडीसहितको सामान रोकिएपछि नेपाली आयातकर्ताले पैसा खुवाउँदै गाडी छुटाउन थालेका छन्। सुनौली नाकाबाट नेपाल आउनुपर्ने गाडी महिनौंदेखि सिमानादेखि करिब ३५ किमि पर कोल्हुईसम्म दोहोरो लाइन छ।

सुरक्षाकर्मीको कुटाइबाट चालक अधिकारीसहित ना५ख ५८०७ का चालक सुरेश लामा, ना५ख २३७६ का सन्तोष गुरुङ, ना४ख ९५९६ का पदमबहादुर श्रेष्ठ, ना३ख ४६८८ का गुणराज लामा, ना४ख २६७८ का गणेश लामा, ना४ख ७६३३ का किरण गोले, ना३ख ८६६ का संयोग थापा, ननी उप्रेतीलगायत ११ जना ट्रक चालक घाइते भएका छन्। कुटपिटबाट ४ चालकको हातमा गम्भीर चोट लागेको छ। केही आफ्नो गाडीसमेत चलाउनसमेत नसक्ने अवस्थामा छन् भने अन्य सामान्य घाइते छन्।

‘२ सातादेखि लाइनमा क्रमैसँग रहेका
हाम्रा गाडीलाई उछिनेर केही गाडीले पालो मिचेपछि हामीले किन यस्तो भयो भन्दै सोध्नसाथ त्यहाँ तैनाथ पुलिसले हामीमाथि लाठी बर्साउन थाले,’ चालक संयोग थापाले कान्तिपुरसँग भने, ‘उनीहरूले हामीलाई कुटपिटमात्रै होइन, अपशब्दसमेत प्रयोग गर्दै गालीगलौजसमेत गरे।’

चालक सुरेश लामाले आफूसँग भएको २ हजार ५ सय भारु पनि भारतीय प्रहरीले लिएको गुनासो गरे। पीडितका अनुसार कुटाइ खाएपछि उनको गाडी सिमाना नजिकै पुर्‍याइदिने भनी भारतीय प्रहरीले २ हजार र गाडीको ब्लुबुक मागे। तर, बिहानसम्म पनि गाडी जहाँको त्यहीँ रह्यो। किन गाडी नलगेको भन्दै प्रश्न गर्दा उनले उल्टै गाली खानुपर्‍यो। ब्लुबुकसमेत नदिएपछि फेरि ५ सय भारु दिएर फिर्ता लिनुपरेको उनले बताए।

उनीहरू सामान लोड गरेको भारतीय ट्रान्सपोर्ट कम्पनीको गोदामदेखि नेपाल आउन २ सातादेखि लाइनमा थिए। आफूहरूमाथि बिनाकारण भारतीय सुरक्षाकर्मीले कुटपिट गरी घाइते बनाएको भन्दै ७ जनाले मंगलबार बिहान नेपालको सीमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयमा आएर कारबाहीका लागि लिखित निवेदन दिएका छन्।

 बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय विक्रम शाहीले पीडित चालक गुनासो लिएर आएपछि तत्कालै सीमावर्ती सुनौली थानाका इन्चार्जसमक्ष लगेर कुरा गर्दा उनले चालकबीचको आपसी झगडा भएको जवाफ दिएको बताए। नेपाल प्रहरीले भारतीय प्रहरीसँग छलफल गरेपछि घाइतेलाई उपचार खर्च दिन सहमत भएको प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङले बताए।

एजेन्सी । भिजेको चना स्वास्थ्यका साथै सुन्दरताका लागि पनि एकदमै फाइदाजनक रहेको पाइएको छ । तर, आयुर्वेदमा यसलाई यौनशक्ति बढाउने अमूल्य औषधि पनि मानिन्छ । यसका साथै यसका धेरै फाइदा छन् ।
नपुंसकता समाप्त : आयुर्वेद डाक्टरका अनुसार रातभर भिजेको चनाको पानी पिउँदा शरीरमा घटिरहेको वीर्य फेरि उत्पादन हुन्छ र शरीर हस्टपुष्ठ हुन्छ । भिजेको चनाको पानीमा मह मिलाएर पिउनुभयो भने त वर्षाैदेखिको नपुंसकता समाप्त हुन्छ ।
वीर्य बढाउँछः यदि शरीर कमजोर हुनुका साथै वीर्यमा पनि कमी आएको छ भने चनालाई माटाको भाडोमा राति भिजाएर राख्नुस् । विहान यसलाई पानीबाट निकालेर चपाई–चपाई खानुस् र यसको पानी पनि पिउनुस् । दुई हप्तासम्म यसरी चना र पानी खाए वीर्य ह्वात्तै बढ्छ । पुरुषत्वसँग जोडिएका सबै समस्या समाधान हुन्छ ।
शरीर तन्दुरुस्त हुन्छः एक कटौरीमा भिजेको वा सुकेको चनालाई हरेक विहान पाँच वटा बदामसँग चपाएर खानुस् । यसले शरीर बोलियो र यौनशक्ति पनि बढ्छ । भिजेको चनालाई दूधसँग खाँदा शरीरिका मांसपेसीहरु र पुठ्ठा तन्दुरुन्त हुन्छन् ।
मैथुन–शक्ति बढ्छः भिजेको चना विहान र बेलुका चपाएर खाइसकेपछि यदि मह मिलाएर दूध पिउनुभएमा तयसले मैथुन–शक्ति बढ्छ र नंपुसकता अन्त्य हुन्छ ।
पाठेघरको समस्या ठिक हुन्छ: विहान–विहान आगोमा सेकेको चना पिसेर त्यसमा चिनी मिलाउनुस् । यसको साथै एक गिलास गाईको दूध र एक चम्चा घ्यूको सेवन गर्नुस् । यसले महिलाहरुको पाठेघरको समस्या ठिक हुन्छ ।
dainiknepal
काठमाडौं, १६ मंसिर । सामाजिक सञ्जाल फेसबुकका संस्थापक एवं मालिक मार्क जुकरबर्गले आफूले छोरी पाएको घोषणा गरेका छन्, छोरीको नाम म्याक्स राखिएको छ ।
यसका साथै जुकरबर्गले अर्काे घोषणा पनि गरेका छन्- ‘म आफ्नो धनसम्पत्ति आफ्नो जिन्दगीबाटै दान गर्नेछु किनकि मेरी छोरीका लागि विश्वमा एउटा ठूलो ठाउँ बनाउन सकू ।’
आफ्नो फेसबुक पेजमा जुकरबर्गले लेखेका छन्– म र मेरी पत्नी प्रिसिला आफ्नो जीवनकालमै कम्पनीमा आफ्नो हिस्साको ९९ सम्पत्ति दान गर्नेछौं । हिसाब किताब गर्दा यो रकम ४५ अरब डलर हुनेछ ।
यस्तो गर्दा सबै बालबालिकाका लागि विश्वलाई योग्य बनाउनमा आफ्नो तर्फबाट थोरै योगदान हुने मार्कको विश्वास छ । यो घोषणासँगै उनले आफ्नी छोरीका लागि एउटा चिठ्ठी समेत लखेका छन् । मार्कको यो पूण्य कर्मलाई लिएर विश्वका स्टार सेलिब्रेटीदेखि लिएर राजनीज्ञहरुले प्रशंसा गरेका छन् । जुकरबर्गले चाँडै दान गर्ने सम्पत्ति सार्वजनिक गर्दैछन् ।
dainiknepal

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको ‘सिकार गर्न’ नेकपा एमाले सत्ताले नयाँ चाल चालेको छ । कार्कीको नियुक्तिविरुद्द सुरुमै उत्रिएका एमाले सम्बद्ध शक्तिले संसदीय समितिमा बोलाएर कार्कीको मानमर्दन एवं तेजोबध गर्ने, संसद्मा महाअभियोगको प्रस्ताव ल्याउने र नयाँ संविधानमा पनर्नियुक्तिको प्रावधान राख्नेलगायत अनेक प्रयत्न गरेको थियो । त्यसबाहेक न्यायाधीशलाई प्रभावमा पारेर नियुक्ति नदिने स्टे अर्डर गराउने र राष्ट्रपतिद्वारा सपथ नखुवाइने सम्मका प्रयास पनि भएका थिए । नयाँ संविधानमा लोकमानसिंह कार्कीलाई हेरेर अख्तियारको अधिकार र कार्यक्षेत्र साँघुरो बनाउने तथा संसदीय समितिको अंकुशमा राख्ने प्रावधान राखिएको छ । त्यतिले नपुगेर एमालेसंवद्द एक वकिललाई पुनरावलोकन निम्ति आवेदन दिन लगाउने कार्यमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ तथा एमालेसंबद्ध वकिलहरु शम्भु थापा, अग्नी खरेल, हरिकृष्ण कार्की र टीकाराम भट्टराईको विशेष तत्परता रहेको बुझिएको छ ।

स्मरणीय छ, अभिवक्ता शम्भु थापाले लोकमानको नियुक्तिविरुद्द एकप्रकारले अभियान नै चलाएका थिए । केशव बराललाई प्रमुख आयुक्त बनाउने पक्षमा रहेको एमाले लोकमानसिंह कार्कीको नियुक्ति रोक्न भरमग्दुर प्रयत्न गरेको थियो । सर्वोच्च अदालतमा कार्कीको नियुक्तिविरुद्द एक निवेदन पारेपछि न्यायाधीश सुशीलका कार्कीको एकल इजलासले नियुक्ति नदिन स्टे अर्डर गरेको थियो । आजको घटना र विचार साप्ताहिकले खबर लेखेको छ ।लोकमानसिंह कार्कीलाई घेराबन्दी गर्न सात आयुक्तको ठूलो झुन्ड बनाउनेहरु अहिले कार्कीलाई हटाउन अदालतको सहयोग लिन खोज्दै छन् । निवेदक ओमप्रकाशको निवेदन दर्ता भए पनि पुनरावलोकन गर्ने–नगर्ने कुराको आदेश सर्वोच्च अदालतबाट भइसकेको छैन । तर, एमालेसंबद्ध वकिल तथा अन्य नेताहरु भने अदालतबाट पुनरावलोकनको पक्षमा आदेश हुन्छ भन्नेमा विश्वस्त छन् । पुनरावलोकन भएमा लोकमानसिंहलाई सिकार गर्न सकिने उनीहरुको ठहर छ ।
ratopati

काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सत्ता साझेदार दलका सांसदलाई नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ–तीनदिन यता मोरङमा रहेका महतोले मंगलबार डायनिया बजारमा आयोजित सभालाई सम्बोधन गर्दै भने, ‘कांग्रेस, एमाले र एमओवादीका सांसद जहाँ भेटिन्छन् त्यही पक्रनुस्, धोखाधडी र बेइमानी गरेकोबारे हिसाबकिताब माग्नुस् ।’



उनले कांग्रेस, एमाले र एमाओवादीका सांसदहरुको घर घेराहाल्नसमेत कार्यकर्तालाई उक्साएका छन् । महतोले भने, ‘कांग्रेस, एमाले र एमाओवादीका सांसद घरमा छन् भने घर घेरेर बाहिर निकाल्नुस्, घरमा छैनन् भने खोजेर पक्रेर ल्याउनुस्, टीकाचन्दन लगाएर, हात्तिघोडा केकेमा हुन्छ, बजार घुमाउनुस् अनि धोखाधडी र बेइमानीबारे हिसाबकिताब लिनुस् ।’



उनले जारी आन्दोलन वारपारको आन्दोलन भएकोले घरघरबाट लाठी लिएर निस्कन आग्रह गरे । ‘अभि नही तो कभि नही’ महतोले भने, ‘अब हरेक घरघरबाट बुढा, जवान र महिला हातहातमा लाठी लिएर बाहिर निस्कनुपर्छ । अनिमात्र खोसिएको मधेसको भूमि र अधिकार फिर्ता हुन्छ ।’



पहाडिया र मधेसिया भन्ने शब्द प्रयोग गर्दै १ घण्टाभन्दा बढी समयसम्म अत्यन्तै उत्तेजक भाषण गरेका महतोले सहभागी मधेसी मोर्चाका कार्यकर्तालाई भने, ‘यहीबाट मत लिएर सांसद भएका, कांग्रेस, एमाले र एमाओवादीका सांसदसित हिसाबकिताब माग्ने बेला आएको छ । उनीहरुलाई खोजीखोजी हिसाबकिताब माग्नुस् ।’

काठमाडौं, मंसिर १६ । भारतको चेन्नइमा आएको भीषण वर्षापछिको बाढीमा परी कम्तिमा ५६ जनाको मृत्यु भएको छ । बाढीमा परी सयौं विस्थापित भएका छन् । भीषण वर्षाका कारण चेन्नईको जनजीवन अस्तव्यस्त भएको छ ।
बाढीमा परेकाहरुको उद्दारका लागि सरकारले सेना, नौसेना र राष्ट्रिय विपद् बल परिचालन गरेको छ । चेन्नईको विमानस्थल डुवानमा परेपछि मंगलबार साँझदेखि बन्द गरिएको छ ।
वर्षाका कारण रेल र बस सेवासमेत प्रभावित भएका छन् । शिक्षा विभागले शहरका विद्यालय तथा क्याम्पससमेत बन्दको घोषणा गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले भीषणा वर्षाका कारण चेन्नईमा विद्युत् सेवासमेत बन्द भएको जनाएका छन् । मौसम विभागले आगामी ४८ घण्टासम्म पानी पर्ने अनुमान गरेको छ । (एजेन्सी)
imagekhabar

बझाङ, १६ मंसिर । जबरजस्ती करणीको मुद्दामा कारागार बसेका माझीगाउँ गाविस मेल्तडी घर भएका भरत रावलले मंगलबार आफूलाई मनपरेकी युवती गाउँबाट बोलाएर कारागारभित्रै विवाह गरेका छन्।
माझीगाउँ गाविस २ घर भएकी पूजा थापासहित दुलही र दुलाहा पक्षका आफन्त आएर भरत र पूजाको कारागारमा बिहे गरिएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘छोरा भरतसँग पूजाको प्रेम सम्बन्ध रहेछ’, दुलाहाका बुबा मोहनबहादुर रावलले भने, ‘फोन गरेर हामीलाई विवाहको कर्मकाण्ड गरिदिनुपर्‍यो भनेर बोलाइयो । हाम्रो संस्कारअनुसार विवाह गरिदियौं ।’
साना दुई भाइ साथमा लिएर सदरमुकाम आएकी पूजालाई आफन्तले कारागारमा लगेपछि जेलभित्रबाट भरतलाई बाहिर निकालियो र आधा घन्टामा विवाह सकियो ।
विवाह भएपछि भरतलाई पुनः जेलभित्र र दुलहीलाई बाहिर ल्याइएको थियो ।
कारागारमा भएको विवाहमा कैदी भरतले पूजाको शिरमा सिन्दुर र औंलामा औंठी लगाइदिए ।
टीकाटालो गरी ब्राह्मणले विवाह सकिएको संकेत गर्दा आफन्तले ताली बजाएका थिए ।
विवाह भई हात मिलाएर बिछोड हुँदा दुलाहादुलही दुवैका आँखा रसाए।
८ वर्षदेखि जेलमा रहेका ३० वर्षीय भरतसँग भेट्न यसअघि पनि पूजा कारागार आउने गर्थिन् ।
कारागारका जेलर राजेन्द्रबहादुर बोहराले भने, ‘उनीहरूको गाउँमा पनि चिनजान रहेछ। मन मिलेर बिहे भयो।’
केही भेटघाट र केही फोनबाट भरत र पूजाको माया गाढा भएको थियो ।
भरतको घरमा पनि बुबाआमा बूढाबूढी भएकाले कामको समस्या हुँदा विवाह गरेको उनले बताए ।
विवाहका उपलक्ष्यमा भरतका बुबाले कैदीलाई मिठाइ, फलफूल र प्रसाद दिएका थिए ।
१९ वर्षकी पूजाले श्रीमान् कारागारबाट नछुटुन्जेल घरको कामकाज गर्ने बताइन् ।
२ वर्षपछि भरतको कैद भुक्तान हुनेछ । पूजा र भरत सामान्य साक्षर हुन् ।
dainiknepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget