उनले कांग्रेस, एमाले र एमाओवादीका सांसदहरुको घर घेराहाल्नसमेत कार्यकर्तालाई उक्साएका छन् । महतोले भने, ‘कांग्रेस, एमाले र एमाओवादीका सांसद घरमा छन् भने घर घेरेर बाहिर निकाल्नुस्, घरमा छैनन् भने खोजेर पक्रेर ल्याउनुस्, टीकाचन्दन लगाएर, हात्तिघोडा केकेमा हुन्छ, बजार घुमाउनुस् अनि धोखाधडी र बेइमानीबारे हिसाबकिताब लिनुस् ।’
उनले जारी आन्दोलन वारपारको आन्दोलन भएकोले घरघरबाट लाठी लिएर निस्कन आग्रह गरे । ‘अभि नही तो कभि नही’ महतोले भने, ‘अब हरेक घरघरबाट बुढा, जवान र महिला हातहातमा लाठी लिएर बाहिर निस्कनुपर्छ । अनिमात्र खोसिएको मधेसको भूमि र अधिकार फिर्ता हुन्छ ।’
पहाडिया र मधेसिया भन्ने शब्द प्रयोग गर्दै १ घण्टाभन्दा बढी समयसम्म अत्यन्तै उत्तेजक भाषण गरेका महतोले सहभागी मधेसी मोर्चाका कार्यकर्तालाई भने, ‘यहीबाट मत लिएर सांसद भएका, कांग्रेस, एमाले र एमाओवादीका सांसदसित हिसाबकिताब माग्ने बेला आएको छ । उनीहरुलाई खोजीखोजी हिसाबकिताब माग्नुस् ।’
Post a Comment