Latest Post

9:38:00 PM , ,
मलेसिया, १८ फागुन । मलेसियामा नेपालीबाट नै नेपाली लुटिने क्रम बढेको छ । आइतबार भएको एउटा घटनाले मलेसियामा रहेका सिंगो नेपाली समुदायलाई नै स्तब्ध बनाएको छ ।
मलेसियामा नेकपा एमाले निकट प्रवासी नेपाली मञ्चको बैठकमा भाग लिन आउँदै गरेका मञ्चका कार्यसमिति सदस्य निगम शाही आइतबार नेपालीकै योजनामा लुटिएका हुन् । दैलेख घर भएका शाही पोर्ट केलाङबाट केलाङ हुँदै गाडीमा राजधानी क्वालालम्पुर आउँदै थिए ।
‘पोर्ट केलाङदेखि केलाङसम्मको यात्रामा धादिङ घर बताउने एक जना नेपाली मसँगैको सिटमा बस्यो । उसले आफू यहाँ आएको पाँच बर्ष भए पनि बिरामी भएकाले सम्पूर्ण कमाई उपचारमा सकिएको र घरमा परिवारको अबस्था नराम्रो भएको बताउँथ्यो । केलाङ पुगेपछि उ र म बसबाट झ¥यौँ । हेर्दा बिरामी जस्तै लाग्ने र शरीरमा भएका कपडा पनि गरिबकै जस्ता हुनाले मलाई पनि दया लाग्यो,’ शाहीले घटना बारे सुनाए, ‘उसले केही खाने इच्छा देखाएपछि मैले केही खानुँ भन्दै खाना खाने पैसा दिएँ । म क्वालालम्पुरको बसतिर जान लाग्दा त्यो केटाले हातमा खानेकुरा बोकेर आयो । उसलाई मलाई पनि खान कर ग¥यो, तर मैले खाइन । उसले आधा खाएर फालिदियो । मैले आफू हतारमा भएकाले हिँड्ने कुरा गरेँ । उसले मसँग केही जरुरी कुरा गर्नुछ भन्दै पानी लिएर आउँछु भनेर हिँड्यो । तर, फर्केन । तर, एकछिनपछि अर्कै मान्छे आएर मलाई एकाएक छुरा देखाउँदै पैसा सबै निकाल्न लगायो । मैले दुई सय रिंगिट (करिब ६ हजार रुपैंया नेपाली) झिकेर दिएँ । अर्को खल्तीमा भएको मोबाइल निकाल्ने समयमा उसले छुरी अलि पर लगेको मौका पारेर मैले उसका हातमा हिर्काएँ । र, छुरा भुईँमा खस्यो । छुरालाई लात्तीले हानेर १०–१५ मिटर पर फालिदिएँ । लुटेर छुरी लिन गएको बेला म भागेँ । नजिकैको चाइनीजको पसलमा गएँ । त्यसपछि एउटा नेपाली होटल पनि भेटियो । उनैसँग गाडी भाडा मागेर घर फर्किएँ । धन्न ज्यान बच्यो ।’
शाहीले नेपालीकै योजनामा आफू लुटिए पनि मृत्युबाट पनि जोगिएको बताए । आफूमाथि लुट्ने योजनाकै साथ बेहोस पार्ने औषधि हालेर खाना खुवाउन खोजिएको हुन सक्ने आशंका गर्दै उनले त्यो नखाएका कारण थप घटना हुनबाट जोगिएको बताए । मलेसियामा वैदेशिक रोजगारीमा पुगेका नेपालीहरु लुटेराको आक्रमणमा पटक पटक पर्ने गरेका छन् ।
शाहीमाथि भएको लुटपाटको घटनाको प्रवासी नेपाली मञ्चका सचिव रमेशप्रसाद आचार्यले दुःख व्यक्त गर्दै मलेसियामा रहेका नेपालीको सुरक्षाका लागि नेपाली दूतावासको ध्यानाकर्षण गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

9:23:00 PM ,
सोमबार, फाल्गुण १८,
गायक राजेश पायल राईले आफ्नो चर्चित गीत ‘दर्शन नमस्ते’ नाम राखेर एक रेस्टुरेन्टको सुरुवात गरेका छन् । यसै साताबाट सुरु भएको सो रेस्टुरेन्टको उद्घाटन गर्न कला जगतका केही व्यक्ति र पत्रकारलाई बोलाएर गरे ।

नेपाली सुगम संगीतमा राज गरिरहेका राजेशको मनले खाएकी सिनेकर्मीको भने नायिका केकी अधिकारीले मात्रै प्रतिनिधित्व गरिन ।

धेरै चलचित्रमा गीत गाएका र चलचित्रकर्मीसँग निकट रहेका राजेशको रोजाइमा अभिनेत्री अधिकारी मात्र परिन् । रेस्टुरेन्टको उद्घाटनको रिबन र केक काट्नका लागि बोलाइएकी केकी एक्ली चलचित्रकर्मी मात्रै होइन, एक्ली युवती पनि भइन् ।

स्वभाविक रुपमा प्रश्न उठ्यो, ‘राजेशका निकट मानिने यत्रो अभिनेत्री र अभिनेता छन्, रोजाइमा केकी मात्रै किन ?’ अरुसँगको मित्रता टुट्ला भन्ने पीर नगरी राजेशले उत्तर दिए, ‘केकी मलाई मनपर्ने मान्छे हो ।’ खुशी हुँदै केकीले केक काटिन् र भनिन्,‘बहराइनमा सँगै कार्यक्रम गरेपछि उहाँबाट म प्रभावित भएँ ।

आगामी वर्षमा पनि केक काट्ने अवसर मैले नै पाउँ ।’ राजेशले मौका छाडेनन्, भनिहाले, ‘त्यसका लागि विहे मसँगै गर्नुपर्ने भयो ।’ माहोल ठट्टापूर्ण बन्यो तर राजेशको अनुहारले केकीप्रति आत्मीयता बढ्तै रहेको दर्शाउथ्यो ।

शनिवार साँझ कमलपोखरीस्थित ’दर्शन नमस्ते रेस्टुरेन्ट’को माहोल हेर्ने जोसुकैले अनुमान गर्न सक्थ्यो, राजेशले केकीलाई दिलमै ‘दर्शन नमस्ते’ त गरिसकेनन् ?

बहराइनमा भएको कार्यक्रमबाट यी दुई नेपाली फिल्मका चचिर्त अविवाहित सेलिब्रिटीको हित्तचित्त निकै मिलेको देखिन्छ । उनीहरुले त्यहाँ रहँदा खिचेका केही सेल्फीले पनि सम्बन्धको धागो जेलिन थालेको अनुमान गरिएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

9:08:00 PM ,
काठमाडौं । राजधानीको बसन्तपुरमा गाडीएको होलीको चिर लिंगो ढलेको छ । हरेक वर्ष होलि आउनुपुर्व उक्त चिर गाढ्ने चलन रहि आएको छ । होलीको चिर गाढेपछि होली सुरु भएको मानिन्छ । यो चिरलाई होली पर्वको प्रतिकका रुपमा लिने गरिन्छ ।
यो लिंगो होली नसकीदासम्म जस्ताको तस्तै रहनुपर्ने मान्यता रहि आएको छ । लिंगो ढलेपछि नराम्रो हुने त होइन भन्ने आशंका पैदा भएका छन् । तर, लिंगो ढलेपनि अर्को लिंगो गाड्न मिल्ने संस्कृतिविद्हरुले बताएका छन् ।
लगातारको वर्षका कारण जमिन कमजोर भएको र लिंगो हल्लीरहेको अवस्थामा गएराति ट्याक्सीले हान्दा लिंगो भाँचिन पुगेको हो ।
माटो कमजोर भएको अवस्थामा ट्याक्सिले हान्दा लिंगो ढलेको प्रत्यक्षदर्शीले बताएका छन् । लिंगो ढाल्ने ट्याक्सीचालक फरार रहेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

8:59:00 PM ,
काठमाडौं,फागुन १८ – कान्तिपुरका पछिल्ला राजा जयप्रकाश मल्ल जीवनको अन्तिम अवस्थामा पुग्न लाग्दा नेपालका राजा पृथ्विनारायण शाहले आफैं गएर शलिनतापूर्वक सोधेका थिए – महाराज,मौसूफको अन्तिम इच्छा के छ ?’,जयप्रकाश मल्लले एक्कासी उज्यालो अनुहार लगाउँदै भनेका थिए,‘मलाई छाता र जुत्ताको धोको छ ।’ यो कुरा तत्काल व्यवस्था गर्न पृथ्विनारायण शाहले भारदारहरुलाई निर्देशन दिए । भारदारहरुले भने,‘महाराज,छाता भनेको श्रीपेच हो,जुत्ता भनेको राज्य हो । जयप्रकाशको धोको भनेको यही हो ।’

अन्तिम अवस्थामा पनि कत्ति पनि लचक नभई पूर्वराजा जयप्रकाश मल्लले जसरी आफ्नो धोको प्रस्तुत गरेका थिए,अहिलेका पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारस शाहको घमन्ड पनि त्योभन्दा कम्ती छैन । पारस दुई महिनादेखि थाइल्यान्डको जेलमा छन् । पटके अपराधी भएका कारण उनलाई थाइल्यन्ड सरकारले दुर्गम क्षेत्रको जेलमा थुनेर राखेको छ । पारस नेपालका पूर्वयुवराज हुन् भन्ने थाइल्यान्ड सरकारलाई थाहा नभएको होइन । पूर्वयुवराज जस्तो उच्च प्रोफाइलको व्यक्ति भागेर लुक्न नसक्ने हुँदा तारेखमा छुट्ने प्रावधान थाइल्यान्डको कानुनमा छ । तर,यसका लागि सम्बन्धित देशका दूतावासले पूर्वयुवराज भएको प्रमाणित गरी अदालतमा पेस गरिदिनुपर्नेछ । तर,उक्त प्रमाणित कागज लिन दूतावास जान पारसको अन्तर्आत्माले मानेन । पूर्वयुवराज भएको प्रमाण बनाइदेऊ भन्दै नेपाली दूतावासका कर्मचारीलाई नमस्ते गर्नुभन्दा जेलमै सड्नु उचित हुने ठम्याइँमा पारस पुगे । सायद उनकी श्रीमती हिमानी शाह गत शिवरात्रीमा थाइल्यान्ड नगएको भए आफ्नै घमन्डका कारण पारस जेलमै सड्ने रहेछन् ।
हिमानीले शिवरात्रीको अवसरमा आफ्नै हातले तान्त्रिक बुटी लगाइदिनु र त्यसका डेढ साता नवित्दै पारस रिहाइ हुने कुरा संयोग मात्रै हो या ईश्वरीय शक्ति हो ? बुझ्न नसकिएको थाइल्यान्डमा रहेका पारसका साथीहरु बताउँछन् । निर्मल निवास स्रोतका अनुसार गत कात्तिकमा भारतको बंगालबाट आएक एक तान्त्रिकले लामो समय पूर्वराजासँग भेटवार्ता गरेका थिए । आजको तरुण साप्ताहिकमा खबर छ ।
-

8:52:00 PM 1 ,
काठमाडौं । मानव भनेको जन्म पछि मृत्युलाई अँगाल्ने प्राणी हो । मानव जस्तै संसारमा जिवजन्तुले पनि मृत्युलाई अँगाल्ने गर्छन् । तर विश्वमा यस्ता पनि घटना हुन्छन् की मान्छे मरेर पनि संसारमा फर्केका छन् ।

तपाई विश्वास लाग्न नसक्ला । तर पश्चिम युरोपमा एक युवक मृत्युबाट २ चोटी फर्केर संसारमा आएका छन् । सामाचार एजेन्सीका अनुसार स्कॉटहोम, इंगल्याण्ड का २२ वर्षिय एलायसन मरेर पनि २ चोटी संसारमा फर्केका प्राणी हुन् ।


विज्ञान जगतले पनि उनलाई मरेको भनि प्रमाणित गरेको थियो । तर त्यो झुटो सावित भएको छ । एक चोटी मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका एलायसन २ घण्टापछि संसारमा फर्केका थिए ।

दोस्रो चोटी औषधीको ओभरडोजले मृत्यु भएका एलायसन संसारमा फिर्ता आएका हुन् । उनको शवलाई दाहसंस्कार गर्न लैजाने बेलामा संसारमा फर्किएका थिए ।

उनले डाक्टरलाई पनि अच्चमित पारिदिएका छन् । डाक्टरलाई दिएको वयानमा उनले मरेको बेला केही थाहा हुँदैनन् । उनले भनेका छन्–‘मरेको बेला केही महसुस हुँदैन्, बस अध्यारो हुन्छ, तपाईहरुको दिमागमा केही कुरोको याद हुँदैन् ।’


२ घण्टाका लागि मृतयु भएका एलायसनले अध्यारो भएपछि यस्तो लाग्छ, तपाई कहिल्यै होशमा आउनुहुन्न भनेका छन् ।

डाक्टरको मद्दतले उनी दुइचोटी मृत्युबाट फर्कन सफल भएका छन् । उनले मृत्युलाई स्विकार गर्नु मानवको धर्म भएको बताएका छन् । त्यसको लागि मान्छे हासिखुसी जिवन विताउनुपर्छ ।
एजेन्सीको सहयोगमा भिडियो हेर्न तलको बाकस थिच्नुहोस

-डा.सुन्दरमणि दीक्षित
के हो स्वाइन फ्लु ? 
स्वाइन फ्लु एक प्रकारको स्वासप्रश्वाससम्बन्धी रोग हो । यो नयाँ र चर्चा गरिएजस्तो खतरनाक रोग होइन । इन्फ्लुएन्जा अर्थात एचवन एन वन नामक भाइरसका कारण यो रोग लाग्ने गर्छ । यो रोग १९१८ मा अमेरिकामा पहिलोपटक देखिएको हो । सिडिर यापिड भन्ने ठाउँमा आयोजना गरिएको सुंगुर मेलाबाट सो भाइरस संक्रमण भएको हो । सुरुमा सुंगुरहरुमा देखिएको यो संक्रमणबाट मानिसहरु पनि ग्रस्त भए । संसारभर फैलिएयो एनवन एनवन भाइरसका कारण संसारभर लाखौंको ज्यान गयो । रोग फैलिएको एक वर्षपछि एक एक जना पशु चिकित्सकले अनुसन्धानबाट पत्ता लगाए कि त्यो भाइरस एचवन एन वन थियो । त्यही एचवन एन वन नै स्वाइन फ्लु हो । उनले पत्ता लगाएकी स्वाइन फ्लुको मुख्य श्रोत चरा चुरुंगी हुन् । पछि यो सुंगुर हुँदै मानिसमा फैलियो । यो अचम्मको भाइरस हो ।
यस अर्थमा अचम्मको कि यो कहिले चरा, कहिले सुंगुर र कहिले मानिसमा घुमिरहन्छ । यो कहिले आफैं बिलाएर जान्छ । कहिले फेरि महामारीमा रुपमा आउँछ । चाख लाग्दो कुरा के छ भने गत वर्ष देखिएको एच वन एन वनमा पहिलोपटक १९१८ मा देखिएको ८ मध्ये ३ वटा जिन फेला परेको थियो ।
यसरी फैलन्छ स्वाइन फ्लु संक्रमण
यो संक्रमणले मानिस वा जनावरको स्वास नलीमा संक्रमण गर्छ । स्वाइन फ्लु सजिलै संक्रमण हुनसक्छ । यो हावा, सिंगान वा थुकबाट सर्न सक्छ । यो भाइरसबाट संक्रमित मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा एक जनाबाट अर्कोमा सर्ने गर्छ । संक्रमितहरुले प्रयोग गरेको साबुन, टाबेल, धारा, भाँडाकुँडा, ओछ्यान र कपडाबाट यो रोग सर्न सक्छ । यस्तै संक्रमितले छोएको घर, कार्यालय, गाडी वा जहाजको ढोकाबाट पनि यो फैलन सक्छ ।
स्वाइन फ्लुका लक्षण
स्वाइन फ्लु चिसो मौसममा बढी छिटो फैलन्छ । सुरुमा रुघा खोकजस्तै लक्षण यसमा देखिन्छ । त्यसपछि बिस्तारै ज्वरो आउने, घाँटी सुख्खा हुने, शरीर वा टाउको दुख्ने वा झाडापखाला लाग्ने हुन्छ । माथिका अलावा स्वास फेर्न असजिलो हुने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने वा पेट दुख्ने जस्ता लक्षण एकैसाथ देखिए भने तत्काल अस्पताल जानुपर्छ ।
कसका लागि बढी घातक
तपाईं हामीमध्ये धेरैलाई जीवनमा कुनै न कुनैबेला स्वाइन फ्लु भइसकेको हुन सक्छ । यो भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई सजिलै आक्रमण गर्छ । यो रोग खास गरी बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिलाका लागि बढी घातक हुन्छ । पर्याप्त खाने कुरा खान नपाउने वा पोषणयुक्त खानेकुराको अभाव भएका मानिसमा पनि यसले बढी असर गर्छ । दम वा निमोनियाका रोगीहरु,हेपाटाइटिस, एचआईभी र संक्रमितका लागि बढी घातक मानिन्छ ।
औषधि सबैतिर पाइन्छ
स्वाइन फुल्को औषधि संसारभर पाइन्छ । नेपालमा पनि औषधिको कमी छैन । सामान्य रुघाखोकी वा अन्य भाइरसले आक्रमण गर्दा प्रयोग हुने औषधि नै स्वाइन फ्लुका बिरामीका लागि चलाउन सकिन्छ । ओसेल्टामिभिर र जनामिभर जस्ता औषधि यो रोगका लागी बढी प्रभावकारी हुन सक्छन् । लक्षण देखिएको ४८ घण्टाभित्र औषधि सेवन गर्न सकिए स्वाइन फ्लु सजिलै नियन्त्रणमा ल्याउन सकिन्छ ।
किन आतंक फैलाउन काम हुँदैछ
स्वाइन फ्लु हिजो थियो, आज छ र भोलि पनि हुन सक्छ । सामान्य ज्वरो आएका बेला पनि स्वइन भएको हुन सक्छ । तर रोगप्रतिरोधात्मक क्षमता राम्रो भएको मानिसलाई छिट्टै निको हुन्छ । जब एकैपटक धेरै मानिसमा महामारीका रुपमा यो भाइरस फैलिन्छ तब हल्ला हुने गरेको छ । यसपटक पनि भएको त्यही हो । ज्वरो आएका धेरै मानिसलाई चेकअप गर्दा कसै न कसैमा यो हुन्छ नै । स्वाइन फ्लु संसारभर घुमिरहेको हुन्छ । कहिले फैलने रुपमा त कहिले नफैलने रुपमा यो आउँछ । अहिले अघि ठूलो रुपमा यो आएको छ । यसलाई आतंकमा रुपमा प्रचार गरिनु राम्रो कुरा होइन । यो कुनै आतंक पनि होइन । हामीले सतर्कता अपनाउन सक्यौं भने स्वाइन फ्लुको संक्रमण रोक्न कठिन छैन ।
सरकारले मात्र सक्दैन
नेपाल र भारतबीच खुला सीमाना छ । लाखौंको संख्यामा मानिसहरुको आवतजावत भइहेको हुन्छ । धेरैवटा नाका छन् । सरकारले नाकामा हेल्प डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गरिरहेको सुनिन्छ । तर यो तरिका प्रभावकारी हुन सक्दैन । किन भने कुनै निश्चित नाकाबाट मात्र मानिसहरुको आवतजावत हुँदैन । खुला बोर्डर भएको स्थानमा निश्चित ठाउँमा हेल्प डेस्क राखेर केही हुँदैन । यो विमानस्थलमा हेल्प डेक्स राखेर इबोला भाइरस चेक गरेको जस्तो होइन । स्वाइन फ्लु फैलन सक्ने क्षमता भएको रोग हो । त्यसैले सरकारले यसको संक्रमण रोक्न सक्दैन ।
बरु यसो गर्नुपर्छ 
सरकारले सहरका सरकारी र निजी अस्पताल, क्लिनिक र रिसर्च सेन्टरका साथै गाउँगाउँमा रहेका स्वास्थ्य चौकी र उपस्वास्थ्यचौकीहरुमा स्वाइन फ्लुको औषधि तयारी हालतमा राख्नु पर्छ । सबै अस्पताल वा स्वास्थ्य संस्थालाई सम्भावित महामारी नियन्त्रणका लागि आफ्नो स्थानबाट औषधि र उपकरणसहित उपचारका लागि आवश्यक तयारीका लागि निर्देशन दिनुपर्छ । नाकामा चेक गर्ने होइन । यसको औषधि सस्तो र सर्वसुलभ छ । औषधि सबैतिर पठाउन कुनै गाह्रो कुरा छैन । यत्ति कुरा हो कि सरकार त्यसका लागि गम्भीर हुनुपर्छ ।
दिनमा दुई चक्कीका दरले पाँच दिन खाए निको हुने रोगका लागि किन यत्रो हल्ला खल्ला गर्नुपर्छ ? बरु जनतालाई भन्नुपर्छ कि झाडापखाला, रुघा, खोकी लागेको छ भने तत्काल अस्पताल वा चिकित्सकको सम्पर्कमा जाऊ । नाकानाकामा चेक गरेर स्वाइन फ्ले निको पार्ने सपना नदेखे पनि हुन्छ ।
संक्रमण रोक्न 
मानिसहरुको बढी जमघट हुने स्थानमा सतर्कता अपनाउनुपर्छ । बस, प्लेन, स्कुल, क्याम्पस, हाटबजार र बन्द कोठामा हुने कार्यक्रमबाट स्वाइन फ्लु संक्रमण हुन सक्छ । ती स्थानमा आफू पहिल्यै सचेत हुनुपर्छ । जस्तो सामान्य नै भए पनि माक्स लगाउने र हाच्छ्युँ वा खोकी लाग्दा रुमालले मुख छोप्न सकियो भने मात्र पनि स्वाइन फ्लु संक्रमण धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । बरु सरकारले सार्वजनिक मिडिया मार्फत वा अरु कुनै माध्यमबाट सर्वसाधारणलाई केही अपिल गर्नुपर्छ । रोगको प्रकृति, अपनाउनुपर्ने सतकर्ता, रोकथामको उपाया, उपचार आदिबारे भन्नुपर्छ । अरु केही भन्न नसके पनि सरकारले हाच्छ्युँ आउँदा र खोक्दा मुख छोप्नुस् भन्ने हने भने पनि रोग नियन्त्रणका लागि प्रभावकारी हुन सक्छ ।
यसकारण डराउनुपर्दैन
अहिले स्वाइन फ्लु आतंक फैलाउने काम भइरहेको छ । मानिस मरेको समाचार सुन्दा सबैलाई डर लाग्नु स्वभाविकै हो । मानिस मरेको हल्ला चलेपछि डर लाग्नु स्वभाविकै हो । तर समयमै रोग पत्ता लगाउन र औषधि सेवन गर्न सकियो भने सजिलै निको हुन्छ । १९१८ मा यो रोग विश्वभर फैलिएको थियो । त्यतिबेला औषधि उपचार थिएन । चिकित्सक थिएन, रोग पत्ता लागेको थिएन । तर आज औषधि छ । सार्कका भिआईपी काठमाण्डु आउँदा औषधि र चिकित्सकको व्यवस्था गर्ने सरकारले स्वाइन फ्लुको औषधि उपलब्ध गराउन किन सक्दैन ? सर्तकता छाड्नु हँुदैन । आतंक मच्चाउने होइन । स्वाइन फ्लुबारेमा जनतालाई कुरा बुझाउन सरकार, सञ्चार माध्यम, सचेत नागरिक सबै लाग्नुपर्छ ।
स्रोत : काठमानडु टुडे बाट

8:32:00 AM ,
एक अध्ययनका अनुसार मदिरा पिउनु स्वास्थ्यका लागि ठीक मानिँदैन । तर, परिवर्तित समयका साथसाथ महिलाहरुपनि मदिरालाई आफ्नो प्रिय साथी मान्न थालिसकेका छन्। पार्टीहरुमा मदिरा पिउनुलाई आफ्नो स्टाटसको प्रतिक मान्न थालिसकेका छन् ।

त्यसैले महिलाहरु पनि आफ्ना साथीहरुसँग जमेर मदिरापानको मजा लिने गर्दछन्। अध्ययनका अनुसार मदिरापानपछि महिलाहरु आफ्ना साथीहरुसँग यौन जीवनमा विषयमा खुलेर कुरा गर्न थाल्छन् ।अध्ययनका अनुसार विवाहित महिलाहरुजब आफ्नासाथीहरुसँग डिनरमा जुट्छन् र थोरै मदिरापानको चुस्की लिएपछि आआफ्नो यौन जीवनका विषयमा विमर्श गर्न थाल्छन्।
यौन जीवनका विषयमा छलफल गर्दै महिलाहरु यौन आनन्द लिने तरिकाका विषयमा पनि कुरा गर्न पछि पर्दैनन् । जुन महिला आफ्नो यौन जीवनबाट सन्तुष्ट हुँदैनन् उनीहरु आफ्नो यौन जीवनका कमीकमजोरी आफ्ना साथीहरुसँग बाँड्छन् ।
साथै महिलाहरु यो कुरा पनि आपसमा बाँड्छन् कि उनीहरुलाई यौनमा कुन प्रकारको आनन्द आउँछ । अध्ययनकर्ताहरुका  अनुसार महिलाहरु मदिरापान गरेपछि आफ्नो यौन जीवनमा विषयमा खुलेर कुरा गर्न थाल्छन् । एजेन्सी
भिडियो हेर्न तल क्लिक गर्नुहोस:

7:41:00 AM ,
अनुहार मानिसको सवैभन्दा पहिले देखीने भाग हो, मानिसको सुन्दरताको एउटा प्रमुख कडीको रुपमा पनि अनुहारलाई लिन सकिन्छ् । तर अनुहार राम्रो पार्न व्युटी पार्लर नै धाउन पर्ने वा कुनै कस्मेटिक सर्जरी नै भने गरिहाल्नु पर्दैन् । हामीले मिलाएर खानेकुरा प्रयोग गरेमा पनि त्यसले अनुहारको सुन्दरतालाई बढाउने कार्य गर्दछ ।

राम्रो अनुहारको लागी नछुटाइ प्रयोग गर्नु पर्ने कुरा यस्ता छन्..

१.कागती पानीः कागती सहजै पाइन्छ । ।कागती पानीको नियमित सेवनले अनुहारका पोरलाई सानो पार्दछ भने चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ। यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ। पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ ।

२ अण्डाः अण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन्।
अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ ।

३.महः मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ।
महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।

४.स्ट्रवेरिजः स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ ।स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ। यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ ।

५.केराः
महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ ।

7:34:00 AM ,
विमानमा सवार गर्ने गर्नु भएको छ भने तपाइँलाई थाहा होला विमान चढेपछि तपाइँलाई फोन अफ गर्न लगाइन्छ । विमानमा फोन लगायतका उपकरण प्रयोग गर्न पाइँदैन जस्को बाहिरी नेटवर्क सँग सम्बन्ध छ ।

तर के विमानमा फोन अन भयो भने विमानमा अन्य विद्युतीय प्रणालीमा असर गर्छ ? होइन भने किन लगाइन्छ विमानमा ?

एक यात्रु अनुभव सुनाउँछन् -'म एक पटक बेलायतको हिथ्रो विमानस्थलबाट विमानमा चढेको बेला फोन अफ गर्ने आग्रह गरियो तर मैले उनीहरुलाई झुक्क्यार खल्तीमा आइफोन राखें अफ नगरी । मैले गलत गरेको कुरा अहिले खोल्दैछु । मलाई मेरो काम सम्बन्धि महत्वपूर्व सन्देश हेरिरहनु पर्ने भएकाले मैले फोन अफ गरिन तर उनीहरुले चाल पाएनन् । अनि मलाई के थाहा थियो भने एक फोनले उडिरहेको विमानलाई दुर्घटना गराउने वा जमिनमा पछारिने अवस्थामा पुर्‍याउन सक्दैन ।'

 हालै गरिएको एक सर्वेक्षणले हरेक १० मध्ये ४ अमेरिकी हवाइ यात्रुले विमान यात्राको समयमा फोन अफ गर्दैनन् भन्ने तथ्य बाहिर ल्याएको छ । संसारभरी नै ३००० मिटर अर्थात १० हजार फिट भन्दा मुनी उड्ने विमानमा मोबाइल वा अन्य नेटवर्कमा आधारित उपकरण बन्द गर्नै पर्छ । यो बाध्यकारी नियममा पर्छ । नियम अनुसार कुनै पनि यात्रुले फ्लाइट मोडमा समेत फोन राख्न पाउँदैन ।


फ्लाइट मोडमा समेत फोनले पनि विमानको अन्य प्रणालीमा असर गर्ने बताइन्छ । यद्यपी उचाइमा विमान उडिरहँदा ल्यापटप वा म्यूजिक प्लेयर भने प्रयोग गर्न पाइन्छ ।

हामीलाई अहिले सम्म भनिएको कुरा के हो भने मोबाइल वा अन्य उपकरणमा आउने सिग्नलले विमानको इलेक्ट्रोनिक प्रणालीमा असर गर्छ र विमान खतरामा पर्छ । खासमा यो सिद्धान्त इन्टरनेटसँग जोडिएका विभिन्न ग्याजेट्स वा मोबाइल नेटवर्क रेडियो तरंगको प्रयोग गर्छ र विमान पनि जमिनबाट सूचना प्राप्त गर्नका लागि सयौं यस्तै इलेक्ट्रोनिक प्रणालीमा आधारित हुन्छ जसलाई एभिएनिक्स भनिन्छ । यसले ककपिटमा भएका ब्यक्तिहरुबीच सञ्चारको काम गर्छ ।
सिग्नलमा अवरोध

यो कुरा केवल मोबाइल सँग मात्र जोडिएको विषय होइन । यसमा किन्डल्स, आइप्याड, ल्यापटप, हातले खेलिने भिडियो गेम लगायतका उपकरणले पनि रेडियो तरंग छोड्छन् । यस्ता उपकरणको फ्रिक्वेन्सी विमानको एभिएसनिक्समा प्रभाव पार्ने स्तरमा भयो भने यस्ले राडारसँगको सम्बन्ध र अन्य प्रणालीमा असर गर्ने बताइन्छ ।

अहिले सम्म कुनै पनि विमान विमानमा फोन चलाएको कारण वा अन्य उपकरण चलाएका कारण दुर्घटनामा परेको इतिहास छैन । तर यो पनि विमान दुर्घटनाका कारण मध्ये हुन सक्छ । अहिले सम्मको प्रविधीले विमानमा समस्या ल्याउन यस्ता उपकरणको कति भूमिका हुन्छ भन्ने पत्ता लगाउन पनि सक्दैन । यस्ता कहानी धेरै छन् जसले विमानमा उपकरणहरु चलाउँदा विमानमा असर पर्छ भन्ने पुष्टी गर्छ ।


सन् २०१३ मा प्रकाशित एक रिपोर्टका अनुसार अमेरिकी विमान सुरक्षा प्रणालीका अनुसार ५० यस्ता घटना भएका छन् जहाँ विमानभित्र यात्रुले उपकरण चलाएका कारण विमानको सूचना प्रणालीमा असर परेको थियो । अधिकाँश अवस्थामा विमानको कम्पासमा असर परेको थियो ।

सन् २००६ सम्मको रेकर्डमा १२५ यस्ता घटना भएका थिए जसमा उपकरणकै कारण विमानको सिग्नलमा समस्या भएको थियो । र ७७ घटना जोखिमपूर्ण नै थिए । त्यस्तै सन् २००३ र २००९ मा पनि यस्ता घटना सार्वजनिक भएका थिए । खासमा विमानको प्रणाली ट्रान्समिसनको एक प्रक्रियामा आधारित हुन्छ । जुन मोबाइल लगायतका उपकरणहरुको इलेक्ट्रोनिक नेटवर्क जस्तै हुन्छ ।

विमानमा प्रयोग भएको सुचना प्रणाली र यस्ता उपकरणको सूचना प्रणालीको सिग्नल एकै खालको हुने हुँदा यसले गर्ने असरबारे स्पष्ट डाटा निकाल्न समेत कठिन हुन्छ । त्यसै कारण नै विमानमा फोन अफ गर्न लगाइन्छ ।

एजेन्सीको सहयोगमा ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस:

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget