Latest Post

7:52:00 AM ,
१८ माघ, कालिकोट।

जिल्लाको मुम्रा गाविस ८ किउरी घर भए की २१ वर्षीया सरिता सिम्खाडाले एक महिलाले आफुलाई वेच्न लगेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन । पलाता क्षेत्रमा पर्ने राम्नाकोट गाविसकी २५ वर्षिया जानकी शाहीले वेचविखन गर्ने प्रयास गरेको आरोपमा आईतवार जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएकी हुन ।

चेलिवेटी वेचविखनका आरोपी शाही विरुद्ध पीडित सिम्खाडाले आफूलाई धनि केटा सँग विवाह गरिदिने प्रलोभन देखाएर कठमाण्डौ पुगाई वेच्न खोजेको भन्दै उजुरी दिएको बताईन ।


पीडक शाहीले टिका लगाएको भाईसँग विवाह गरिदिन्छु काठमाण्डौमा घर छ भन्दै काठमाण्डौ पुगाएर एकजना नाम ठेगान नखुलेको भारतिय नागरिकलाई ३ लाख दिन भनेपछि केटाले कम दिने भन्दा कुरा नमिलेर फिर्ता भएको पीडितले वताइन ।

पुस ७ गते काठमाण्डौ पुगेको र पछि भाग्न सफल भएर जिल्लामा पुगी उजुरी दिएको उनले वताइन । यसका वारेमा कालिकोटका प्रहरी प्रमुख डिएस्पी लक्ष्मण गरुङ्गले उजुरी आएपछि घटनाका वारेमा अनुसन्धान भइरहेको र पीडकलाई समेत जिल्लामा झिकाईने वताए । हाल जानकी शाही काठ्माण्डौँमा रहेकी पीडितले बताईन ।

विभिन्न घटनाका मुद्दा जिल्ला प्रहरी कार्यालयमा आउने गरे पनि मानव वेचविखनको पहिलो मुद्दा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विवाहको आसपासन दिएर मलाई वेच्ने प्रयास गर्ने दलाललाई हदै सम्मको कानुनी कार्वाही नभए म वाच्नुको अर्थ नभएको पिडित सिम्खाडाले वताईन ।

कालिकोटवाट काठमाण्डौँ राम्रो केटासंग विहे गर्छु भन्दै फगाएर लिएको र वाटोमा आफन्तको मोवाईलमा कल आउन सक्छ भन्दै फोन समेत आफन्तलाई गर्न नदिएको उनले बताईन । उनलाई फकाएर ल्याउने जानकी शाही काठमाण्डौको नयाँ वानेश्वरमा रहेको सृष्टि ओभर सिज ईन्ट्रप्राईजेज प्रा.ली. म्यानपावर कम्पनीमा काम गर्दै आएकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा पिडितले उजुरी दिए पनि दर्ता भएको छैन । अनुसन्धानका क्रममा भएकाले मुद्दा दर्ता नभएको डिएस्पी गुरुङले बताए । यो भन्दा पहिलोका मुद्दा हतार हतारमा दर्ता भए पनि यो मुद्दा भने दर्ता नभएको नाम नवताउने सर्तमा एक प्रहरी जवानले वताए । यी किशोरीलाई दलाल गरेर वेचविखन गर्ने ठुलो गृहो हन सक्ने प्रहरीले अनुमान गरेको छ ।

7:39:00 AM ,
एजेन्सी ।

बलिउडका अभिनेता अर्जुन कपुर आफ्नो पछिल्लो अभिब्यक्तिका कारण चर्चा र विवादमा परेका छन् । उनले हालै जारी एक भिडियोमा दिएको अभिब्यक्तिले उनलाई चर्चा र विवादमा तानेको हो ।




एआईबी नकआउट शोमा अर्जुनले आफूसँग थुप्रै विकल्प भएका कारण जोसुकैसँग पनि सेक्स गर्न सक्ने बताएका छन् । उनले यस्तो अभिब्यक्ति दिएको भिडियो यतिबेला भाइरल बनेको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

5:27:00 AM ,
जनताको मतले निर्वाचित नेताहरुले जनमतलाई ख्याल नगरेको आरोप कमलनयनाचार्य (मुक्तिनाथ बाबा)ले लगाएका छन्।

सुनसरीको इटहरीमा पत्रकारहरुसँग कुरा गर्दै उनले संविधानमा गल्तीवश धर्म निरपेक्ष भन्ने शब्द पारिएको बताउँदै ८५ प्रतिशत हिन्दू भएको ठाउँमा धर्म निरपेक्ष नसुहाउने बताए।

उनले नेताहरुले जनताको मन दुःखाएको ठोकुवा गरे। 'सबैभन्दा ठूलो दान मत र विचारको दान हो,' उनले भने, 'हामीसँग भोट दिएर हामीलाई नै चोट दिए।' जनतालाई जनार्दनको रुपमा लिने हो भने जनसहभागितामा आधारित कार्यहरु गर्न समेत सुझाए।

उनले आफूहरु निरिह भएको नभइ नेताहरु सच्चिएलान् भनेर पर्खेर बसेको समेत बताए। आफूहरुले चाहेमा तीन घण्टामा देश ठप्प पार्न सक्ने चेतावनी दिँदै उनले नेताहरु सुध्रन्छन् कि भनेर पर्खेको बताए।

'हामी मुक्तिनाथ परिवारका सदस्यहरुले चाह्यौं भने तीन घण्टामै देश ठप्प पार्न सक्छौं,' उनले भने, 'तर बनाउन केही नबनाउने, सियोसम्म ल्याउनुपर्यो भने भारतको भर पर्नुपर्ने अवस्थामा बन्द गरेर बहादुर भइदैन।' उनले मानिसहरुमा आफू हिन्दू भएकोमा चेतना र गर्व जागिरहेको समेत जिकिर गरे।

हिन्दूहरु त्यागको प्रतीक हुने हुँदा आफूले धर्मै नमान्ने नेतालाई पनि नजिक राख्न चाहेको बताउँदै हरेक मानिसलाई सुध्रने मौका दिनुपर्ने बताए। 'महात्माहरुको आँखाको हेराई र हातको स्पर्शले मात्र पनि बद्लाव आउँछ,' उनले भने, फूलको संगत गरेकैले कमिलाले साधु, महात्मा, राजाको शिरमा पुग्ने मौका पाएको बताउँदै।

उनले नेपालमा सन्त महात्माहरुको अनिकाल परेको बताउँदै। आफूसहित थोरैको संख्यामा मात्र सन्त महात्मा रहेको बताए। 'एउटा त मुक्तिनाथ बाबा तपाइहरुको अगाडी जो बोलिरहेका छन्,' उनले भने, 'अरु केही मेरा मित्रहरु हुनुहुन्छ, तर सन्तहरुको संख्या अत्यन्त न्युन छ।'

उनले पर्वत, बागलुङ, मुस्ताङ र म्याग्दीमा स्थानिय गाईको संरक्षणका लागि गौशाला निर्माण अभियानलाई तीव्रता दिएको बताउँदै फागुनमा ठूलो यज्ञ गर्न लागेको र त्यो समयमा विपरित ध्रुवहरु एक हुनेगरी चमत्कार हुने समेत ठोकुवा गरे। उनले१०८ फिट अग्लो तामाको विश्वशान्ती कलश निमार्णाधिन रहेको समेत जानकारी दिए।


प्रकाशित मिति: आइतबार, माघ १८, २०७१ १७:१०:०१ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

5:22:00 AM ,
म विवाहित पुरुष हुँ । अहिले मेरो एउटा एक वर्षीय छोरा छ । हाल हामी कुनै पनि साधन प्रयोग नगरी बाहिर विर्य स्खलन गरेर यौनसम्पर्क गर्छौं । हामी अब अर्को एउटा सन्तान चाहन्छौं । कुनै पनि स्थायी बन्ध्याकरण गर्दा शरीरमा नकारात्मक असर पर्छ भन्छिन् । सत्य के हो ? के कुनै पनि साधन प्रयोग नगरी र बन्ध्याकरण नगरी यौनसम्पर्क गर्न सकिन्छ ?


बन्ध्याकरणले असर गर्छ कि ?

कुनै पनि व्यक्ति उसको यौन तथा प्रजनन अङ्गमा हुने वा गरिने कुनै पनि कुराप्रति निकै सजग हुन्छ । त्यसमा पनि यस्तो शल्यक्रियाको कुरा गर्दा चासो, चिन्ता मात्र होइन, एक किसिमको भयले सताउनु पनि स्वभाविक हो । त्यसमा पनि पुरुष बन्ध्याकरण अर्थात् भ्यासेक्टोमीको कुरा गर्दा त्यस्तो भय अलि बढी नै पाइन्छ । बन्ध्याकरण गर्न लागेका प्राय: सबैजसो व्यक्तिलाई यस्ता प्रश्नहरूले सताउँछन् । चिकित्सकले वा परामर्शदाताले पनि यसले पार्ने सम्भ्ाावित असरहरूका बारेमा बताउँदैनन् । मनमा भएका अनेक प्रश्नका सम्बन्धमा साथीभाइसँग जानकारी लिएको भरमा चित्त बुझाउनुपर्ने बाध्यता हुन्छ, तर वास्तविकता के हो भन्ने कुरा धेरैलाई जानकारी हुँदैन र त्यही कुरा एक व्यक्तिवाट अर्को व्यक्तिमा सर्दै जान्छ । कतिपय व्यक्ति मिथ्या कुरालाई नै यथार्थ हो भन्ने मान्छन् । सम्भवत: त्यसैले होला, यो शल्यक्रियाका सम्बन्धमा समाजमा मित्थ्या धारणा विद्यमान छ । बन्ध्याकरण गराउने व्यक्तिमा भएका यौन जिज्ञासाहरूका वास्तविकता के हुन् त एकपल्ट नियालेर हेर्ने प्रयास गरौं ।

बन्ध्याकरणलाई खसी पारेको भनिए पनि यथार्थ त्यो होइन । गर्भ रहनका लागि पुरुषको वीर्यमा भएका शुक्रकीटको मिलन हुनु आवश्यक छ । पुरुष बन्ध्याकरण एउटा सामान्य शल्यक्रिया हो । यो शल्यक्रियामा पुरुषमा भएका दुवै शुक्रवाहिनी नलीलाई काटिन्छ, जसले गर्दा अण्डकोषबाट उत्पादित शुक्रकीट वीर्यमा मिसिएर निस्कन पाउँदैन । शुक्रकीट नभएपछि गर्भ रहने कुरै भएन । यौन उत्तेजना स्नायु प्रणाली तथा यौन अङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो । यौन परिकल्पना, भावना तथा सोचाइहरू विशेष गरेर मस्तिष्कबाटै प्रस्फुटन हुन्छन् । यौनाङ्ग, स्तन वा छालाजस्ता विभिन्न स्रोतबाट प्राप्त उत्तेजना मस्तिष्कमै एकीकृत गरिन्छ तथा बुझिन्छ र यसको अभावमा मानव यौन प्रतिक्रिया चक्र पूरा हुँदैन । बन्ध्याकरण गर्दा यी कार्य प्रणालीलाई कुनै किसिमको नकारात्मक असर पर्दैन । त्यसैले यौनसम्बन्धी व्यग्रता तथा भावनाहरू यथावत् नै रहन्छन् ।

यौनेच्छालाई प्रभावित गर्ने महत्वपूर्ण रागरस (हर्मोन) टेस्टेस्टेरोन हो । यसलाई पुरुष यौन रागरस भनिन्छ । यो रागरस अण्डकोषबाट उत्पादन हुन्छ । यो रागरसले यौनेच्छामा प्रत्यक्ष रूपमा प्रभाव पार्छ । शुक्रकीटवाहिनी नलीलाई छानेर मात्र काटिने र बन्द गरिने हुनाले अण्डकोषको कार्य सम्पादन गर्न यो शल्यक्रियाले कुनै नकारात्मक असर पार्दैन ।

 त्यसैगरी धेरैमा लिङ्ग उत्तेजित नहोला भन्ने चासो र चिन्ता हुन्छ । लिङ्ग उत्तेजित हुँदा लिङ्गमा भएका विशेष तन्तुमा रगत भरिन्छ र यो कडा, मोटो र ठाडो हुन्छ । बन्ध्याकरण गरिँदा त्यसको नजिक भएका स्नायु तथा रक्तनसालाई कुनै किसिमको चोट नपुगोस् भनेर विशेष ध्यान पुर्‍याइन्छ । यो शल्यक्रिया गर्दा लिङ्गको स्नायु तथा रक्तनसा वा लिङ्गलाई कुनै चोट वा खराबी पुग्दैन । त्यसैले लिङ्गमा रगत भरिने प्रक्रियामा कुनै अवरोध उत्पन्न गर्दैन । त्यसैले लिङ्गको उत्तेजनामा कुनै किसिमको नकारात्मक असर पर्दैन, अर्थात् रमाइलोसँग यौनसम्पर्क राख्न सकिन्छ । शल्यक्रियाको सामान्य असर हुने भए धेरैजसो व्यक्तिले हप्ता दिनपछि नै यौनसम्पर्कमार्फत आनन्द प्राप्त गर्न सक्छन् । यसमा पुरुषत्व हराउने भय हुँदैन । वीर्य पनि राम्रैसँग निस्कन्छ, त्यसमा शूक्रकीट नहुने मात्र हो । यस अर्थमा गर्भ निरोधका लागि बन्ध्याकरणका सम्बन्धमा सोच्नु उत्तम हुन्छ ।

साधन प्रयोग नगरी यौनसम्पर्क राख्न सकिन्छ ?

मानवले गर्भनिरोधका साधनको विकास गर्नुभन्दा पहिले देखि र अहिलेसम्म गर्भ निरोधका साधन प्रयोग नगरी यौनसम्पर्क गरिरहेका छन् । यो गर्नै नसकिने कुरा होईन । यसरी कुनै साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना धेरै हुन्छ ।

यसरी आधुनिक साधन प्रयोग नगरी यौनसम्पर्क गर्नुपर्दा केही प्राकृतिक उपाय नभएका भने होइनन् । तपाईंले प्रयोग गरिरहनुभएको बाह्य स्खलन एउटा महत्वपूर्ण उपाय हो । त्यसैगरी क्यालेन्डर विधि अर्को उपाय हो । अहिले यसलाई Standard Days Method मा मालाको प्रयोगरी बढी प्रभावकारी बनाउने प्रयास भएको छ । पाठेघरको श्राव जाँच्ने वा तापक्रम हेर्ने जस्ता विधिको चर्चा गरिए पनि त्यसको अवलम्बन भने सजिलो छैन । यसलाई राम्रोसँग अवलम्बन गर्न सकिएन वा नसकिने स्थितिले गर्भ रहने सम्भावना वृद्धि हुन्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

5:09:00 AM ,
यदि तपाईंको छाला स्वस्थ देखिन्छ भने तपाईंले आफ्नो उमेरलाई निकै सजलोसँग लुकाउन सक्नुहुन्छ । तर तपाईंको छालाबाट चमक गायब हुन्छ भने तपाईं चाँडै नै बुढि देखिन सुरु गर्नुहुन्छ । त्यसकारण तपाईंले आफ्नो छालामा निकै ध्यान दिनुपर्ने हुन्छ । बजारमा पाइने क्रिमले अनुहारको चमक फिर्ता आउने सोच्नु भएको छ भने तपाईं गलत हुनुहुन्छ ।

 अनुहारको चमकलाई राखिरहन सधैँ प्राकृतिक उपचारको सहारा लिन जरुरी छ । यहाँ हामी तपाईंलाई एन्टी एजिङ मास्क बनाउने तरिकाको बारेमा बताउँदै छ जसलाई तपाईंले आफ्नो किचनमा सजिलै पाउन सक्नुहुन्छ ।

महः अनुहारलाई पहिले धुनुहोस्, फेरि केहि थोपा महलाई अनुहारमा लगाउनुहोस् । यसलाई केहि मिनेटसम्म यत्तिकै छोडिदिनुहोस् र फेरि अनुहारलाई धुनुहोस् । महले अनुहारलाई कोमल बनाइराख्छ र छालालाई सफा राख्न मद्दत गर्दछ ।

जैतून तेलः हरेक रात सुत्नुभन्दा पहिले अनुहारमा केहि थोपा जैतुनको तेलले मालिस गर्दा यसले अनुहारको नरमपनलाई कायम राख्न मद्दत गर्दछ । यदि तपाईं चाहनुहुन्छ भने नुहाउने पानीमा पनि केहि थोपा जैतुनको तेल हाल्न सक्नुहुन्छ । यसले छालामा जमेको कालो छालालाई निकाल्न मद्दत गर्दछ ।
भिटामिन सीः


अनुहारमा चमक बढाउनका लागि भिटामिन सी निकै प्रभावशाली हुने गर्दछ । यसका लागि तपाईंले दैनिक कागती पानी पिउनसक्नुहुन्छ अथवा अनुहारमा थोरै कागतीको रस लगाउन सक्नुहुन्छ । यो भित्र– बाहिर दुबै रुपमा राम्रो हुने गर्दछ । तपाईं यसलाई कुनै पनि एन्टी एजिङ मास्कमा हालेर प्रयोग गर्न सक्नुहुन्छ ।



ओखरः यदि तपाईंलाई आफ्नो छालाको टेक्सचर ठिक गर्नु छ भने ओखरको प्रयोग गर्न सक्नुहुन्छ । ओखरलाई कुटेर त्यसमा दही र केहि थोपा बदामको तेल हाल्नुहोस् र लगाउनुहोस् । यसले अनुहार सहि हुने गर्दछ ।

अण्डाः
यदि तपाईंलाई आइल फ्रि लुक चाहिएको छ भने अनुहारमा अण्डा लगाउनुहोस् । त्यसपछि अनुहारलाई मनतातो पानीले धुनुहोस् । यसले तपाईंको अनुहारमा भएको ठूलो पोर्स पनि बन्द हुने गर्दछ ।

  भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोस होला !

यहुदी मुलुक इजरायलसँग मुस्लिम मुलुक लेवनानको कति धेरै दुस्मनी छ भन्ने कुरा सुन्दरीको सेल्फी काण्डले छर्लंगै पारेको छ । ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा भाग लिन गएकी लेबनानी सुन्दरीले शत्रु राष्ट्र इजरायलकी सुन्दरीसँग सेल्फी खिचेपछि अहिले लेबनानमा हंगाना मच्चिएको छ ।
शत्रुराष्ट्रकी सुन्दरी सँग मुसुक्क हाँसेर सेल्फी खिच्ने मिस लेबनान स्याली ग्रेगलाई बर्खास्त गर्न र मिस लेबनानको उपाधि खोस्न धेरै लेबनानी जनताले माग गरेका छन् ।
आगामी जनबरी २५ मा हुने ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा भाग लिन अमेरिका पुगेका मिस इजरायल डोरोन म्याटालन र मिस लेबनान स्याली ग्रेगले मियामीमा भेट गरि मुस्कुराएर सँगै सेल्फी खिचाएका थिए । लेबनानी सुन्दरीसँगको सेल्फी तस्वीरलाई मिस इजरायल डोरोनले इन्स्टाग्राममा पोष्ट गरेपछि लेबनानी जनताहरु आगो भएका हुन् ।
लेबनान र इजरायलबीच लामो समयदेखि वैमनश्यता रहँदै आएको छ । प्राविधिक रुपमा यी दुइ देशहरु अहिलेपनि युद्धमै रहेका भएपनि सन् २००६ देखि सीमा क्षेत्रमा भिडन्त भने भएको छैन । इजरायल पुग्ने लेबनानीहरुलाई इजरायलले जेलमा हाल्ने गरेको छ भने लेबनानले सबै इजरायली वस्तुलाई लेबनानमा प्रतिबन्ध लगाएको छ ।
शत्रु राष्ट्रकी प्रतियोगीसँग सम्बन्ध राखेको हुँदा मिस लेबनान ग्रेगीले आफ्नो राष्ट्रिय सुन्दरीको ताज गुमाएको भन्दै धेरै लेबनानीहरुले सोसल मिडियामा आक्रोस पोखिरहेका न्युयोर्क पोष्टले उल्लेख गरेको छ ।
तर ग्रेगीले भने इजरायली सुन्दरी म्याटालनले आफुलाई सँगै तस्वीर खिचाउनका लागि कर गरेर तस्वीर खिचेको र पछि त्यसलाई अनलाइनमा राखेर आफुलाई धोका दिएको भन्दै इन्टाग्राममार्फत प्रष्टिकरण दिएकी छिन् ।
आफु अमेरिका आएको दिनदेखि नै मिस इजरायलसँग बोलचाल नगर्न तथा तस्वीर नखिच्नका लागि निकै सतर्क हुँदै आएको र उनले निकै कर गरेको ग्रेगीको दाबी छ । आफुले जापान, स्लोभानिया लगायतका देशका सुन्दरीसँग तस्वीर खिचाइरहेको बेलामा मिस इजरायल फुत्त आएर आफुलाई छक्काएर फोटो खिचेको र सोसल मिडियामा अपलोड गरेको उनको जिकिर छ ।
source:onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

3:54:00 AM ,
काठमाडौं,माघ १८ – नेताहरुको स्वास्थ्य प्रत्यक्ष रुपमा देशको स्वास्थ्यसित पनि जोडिएको हुन्छ । स्वस्थ नेताले नै देश र समाजलाई सक्रिय नेतृत्व प्रदान गर्न सक्छन । त्यसैले नेताहरुको स्थास्थ्यसित जोडिएका विषयहरु ठूला समाचार बन्ने गर्छन् । यद्यपि,स्वास्थ्यको मामलामा नेपालका नेताहरु त्यति सबल छैनन् । धेरैजसो नेताहरु कुनै न कुनै रोगबाट ग्रसित छन् ।


राष्ट्रपति डा. रामवरण यादवलाई उमेरजन्य आँखा र दाँतको समस्या छ । केही समयअघि सुगर बढे पनि नियमित वाक गरेर सन्तुलनमा ल्याएको उनका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले जानकारी दिए ।
प्रधानमन्त्री सुशील कोइरालालाई नौ वर्षअघि जिब्रोको क्यान्सर भएको थियो । अमेरिकामा उपचार गरेपछि रोग निको भएको जानकारी जनसम्पर्क सल्लाहाकार मृदुला कोइरालाले दिइन् । केही समयअघि फोक्सोमा क्यान्सर भएको थाहा पाएपछि उपचारका लागि अमेरिका गएका उनको उक्त क्यान्सर पनि निको भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली समकक्षी नेतामध्ये सबैभन्दा रोगी मानिन्छन् । विशेषतः मृर्गौलासम्बन्धी रोगबाट उनी पीडित छन् । उनको दुवै मृर्गौला फेल भएको छ । आठ वर्षअघि नै मृर्गौला प्रत्यारोपण गरेका यिनलाई वेलावेलामा हुने इन्फेक्सनले सताइरहन्छ । नियमित औषधि सेवन गरिरहेका ओलीलाई केही महिनाअघि मेनेन्जाइटिस पनि भएको थियो ।
एमाओवादी अध्यक्ष प्रचण्ड मधुमेह र उच्च रक्तचापबाट पीडित छन् । उनले यी दवै रोगको नियमित औषधि सेवन गरिरहेका छन् । औषधिसँगै समस्यालाई कम गर्न उनी प्रत्येक बिहान कम्तीमा आधा घन्टा व्याडमिन्टन खेल्छन् । उनको नियमित स्थास्थ्य परीक्षण सिभिल अस्पतालका डाक्टर दामोदर गजुरेलले गर्छन् । प्रचण्डका अनुसार केही समस्या परे वीर,गंगालाल,ग्रिनसिटी अस्पतालका डाक्टरहरुले पनि हेर्छन् ।
कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवालाई ७–८ वर्षदेखि ब्लडप्रेसर समस्या छ । त्यसैले उनी नियमित औषधि सेवन गर्दै आइरहेका छन् । एमाले बरिष्ठ नेता झलनाथ खनालाई युरिनरीसम्बन्धी समस्या छ । उनी केही महिनाअघि यसकै उपचारका लागि अमेरिका गएका थिए । पूर्वप्रधानमनत्री तथा एमाओवादी नेता बाबुराम भट्टराई पनि उच्च रक्तचापको समस्याले ग्रसित छन् । उनले रक्तचापको औषधि नियमित सेवन गर्दै आएका छन् । उपप्रधान तथा गृहमन्त्री एवं एमाले उपाध्यक्ष वामदेव गौतम समकालीन नेताहरुमा स्वस्थ नेतामा गनिन्छन् । पछिल्ला दिनमा उनमा पनि प्रेसरको समस्या देखिएको छ । एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपाललाई छातीको समस्या छ । चिसोको समयमा घाँटी र छाती दुख्नेबाहेक उनमा अरु खासै समस्या छैन । नयाँ पत्रिका लेख्छ – एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठमा थाइराइड र नशाको समस्या छ भने कांग्रेस उपसभापति रामचन्द्र पौडेलमा ब्लडप्रेसरको समस्या छ । उनी केही वर्षदेखि औषधि सेवन गर्दै आइरहेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

3:50:00 AM ,
एजेन्सी ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चर्चा जति सुकै भएपनि उनको परिवारको विषयमा भने धेरै कुरा बाहिर आएको छैन । उनले परिवारका कुरा सके सम्म सार्वजनिक मिडियाबाट टाढै राख्छन् ।




तर पुटिन विरोध एक ब्लगरले पुटिनकी छोरीको तस्विर सार्वजनिक गरेपछि रुसमा हंगामा भएको छ । अहिले सम्म सार्वजनिकरुपमा नचिनिएकी पुटिनकी छोरीको तस्विर उनका विरोधीले फेसबुकमा सार्वजनिक गरेका हुन् ।

पुतिन विरोधी ब्लगर एलेक्सी नवालनीले सार्वजनिक गरेको पुटिनकी छोरीको तस्विरले यतिबेला हेडलाइन बनाएको छ ।


२८ वर्षीया पुटिनकी छोरी मस्को स्टेट युनिभर्सिटीसँग मिलेर काम गर्ने एक संगठनको प्रमुख भएको बताइएको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

3:46:00 AM ,
एकपटक सोच्नुहोस्, अफिसमा हाकिमले तपाईंलाई
कुनै नयाँ प्रोजेक्ट दिँदा त्यसलाई तपाईंले
तोकिएको समयभित्रै राम्रोसँग पूरा गरेर बुझाउनु
हुन्छ ।

तर जब बोनस बाँड्ने समय आउँछ, तब
तपाईंको हाकिमले तपाईंले गर्नुभएको गल्तीहरु
सम्झने गर्दछन् र तपाईंलाई थोरैमात्र तलब दिने गर्दछन्
।
यस्तो घटना सुन्दा तपाईंलाई कस्तो अनुभव भयो ?
एक नयाँ अनुसन्धानका अनुसार
यस्तो घटना विशेषतः पुरुषहरुले भन्दा महिलाले
बढि सामना गर्नुपर्छ । यो अनुसन्धानले महिला र
पुरुषहरुबिच हुने तलबको ठूलो खाडललाई
व्याख्या गरेको छ ।
समाजशास्त्रका प्राफेसर किम ए. विडेन र
योङ्जो चाले महिला र पुरुषलाई दिइने तलब
अहिलेसम्म पनि परिवर्तन हुन नसकेको बताएका छन् ।
उनीहरु भन्छन्, ‘महिलाहरु भन्दा पुरुषहरु धेरैबेरसम्म
अफिसमा बस्ने हुँदा उनीहरुले बोनस पनि धेरै पाउने
गर्दछन् ।’
आफ्नो अनुसन्धानलाई प्रमाणित गर्न यी प्रोफेसर
द्वयले सेन्सर जनगणना ब्यूरो र श्रम तथ्याङ्क
ब्यूरो वर्तमान वर्तमान जनसंख्या सर्वेक्षणको विगत
३० वर्षदेखिको परिणामको अनुसन्धान गरेका थिए ।
सन् १९७९ मा महिलाले पुरुषको तलबको ७० प्रतिशत
मात्र तलब पाउने उनीहरुले पत्ता लगाएका थिए ।
यसका साथै सन् १९९१ मा ७५ प्रतिशत र सन् १९९०
देखि २००९ सम्म ७६ प्रतिशत तलब पाउने
गरेको पाइएको छ ।
धेरै काम गर्नेको तथ्याङ्क
पनि त्यहिबेलादेखि उकालो लाग्न
थालेको उनीहरुले निष्कर्ष निकालेका छन् । सन्
१९८० तथ्याङ्क अनुसार १३ प्रतिशत पुरुष र ३ प्रतिशत
महिलाले अफिसमा हप्तामा ५०
घण्टाभन्टा बढि समय बस्न थालेका थिए भने सन्
२००० देखि भने १३ प्रतिशत पुरुष र ७ प्रतिशत
महिला हप्तामा ५०
घण्टाभन्दा बढि अफिसमा बस्न थालेका थिए ।
मानवशास्त्रीहरुको बुझाई अनुसार
अफिसमा स्टाफहरु धेरैबेरसम्म बसोस् भन्ने प्रत्येक
मालिकको इच्छा हुन्छ । यद्यपी,
यसका लागि कम्पनी क्षतीपूर्ती पनि दिन इच्छुक
हुन्छ जसका कारण महिलाहरुभन्दा पुरुषहरु बढि तलब
थाप्ने गर्दछन् ।
यहाँ एउटा प्रश्न उठ्छः पुरुषहरुभन्दा महिलाहरु
अफिसमा धेरैबेरसम्म किन बस्न चाहँदैनन् ?
अनुसन्धानकर्ताहरुको बिचारमा यस्तो हुनुमा समाज
जिम्मेवार छ । उनीहरु भन्छन्, ‘समाजले अझै
पनि महिलाहरुलाई घरको काम गर्न र
छोराछोरी हुर्काउन जिम्मेवार
भएको ब्याख्या गर्दछ । ’ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget