Latest Post

3:39:00 AM ,
१९ माघ, काठमाडौं ।

एकीकृत माओवादीले शीर्ष तीन नेता उपत्याका बाहिर जाने निर्णय गरेको छ । पेरिसडाँडामा पत्रकार सम्मेलन गरी शीर्ष नेताको नेतृत्वमा ३ वटा मोर्चा बनाएर नेताहरु राजधानीबाट बाहिरिने निर्णय सार्वजनिक गरेको हो ।

एमा‌ओवादीले मध्य पूर्व र पश्चिम तीन कमाण्डको घोषणा गर्दै मध्य कमाण्डमा प्रचण्ड, पूर्वको कमाण्डमा नारायणकाजी र पश्चिमको बाबुराम भट्टराईले नेतृत्व गर्ने जनाएको छ ।


भोली तीन वटै कमण्डको बैठक बसेर कार्यक्रम तय गर्ने र नेताहरुले राजधानी छोड्ने जनाएको छ । पत्रकार सम्मेलनमा कांग्रेस एमालेले पेल्न मात्र खोजे वार्ता केवल देखावटी भएको आरोप प्रचण्डले बताए ।

उनले भनेः कांग्रेस एमालेले पेलेर जाने भए हामी राजधानी नफर्किने अवस्था आउन सक्छ । लोकतन्त्र र जनताको अधिकारका लागि हामी सडकमा जान लागेका हौं । विप्लव र वैद्यसँग नारा एउटै बनाएर जान सकिन्छ । कार्यक्रम एउटै हुन सक्दैन ।

एमाओवादीले सूचना डेस्कमा कृष्ण बहादुर महरा, टोपबहादुर र वर्षमान पुनलाई तोकेको छ भने प्रचार प्रसारमा दिनानाथ शर्मा, लिलामणि पोखरेल अग्नि सापकोटा तोकेको छ ।

७५ जिल्लामा आन्दोलनको कार्यक्रम ३० दलीय मोर्चाको कार्यक्रम हुने एमाओवादीले जनाएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

2:38:00 AM ,
धरान : दश वर्षसम्म साथ दिएको प्रेमीले धोका दिएको भन्दै यहाँ एक युवतीले आत्महत्या गरेकी छन् । दश वर्षसम्म प्रेम गरेर अर्कै केटीसँग विवाह गर्ने निधो गरेको खबर सुनेपछि धरान–१८ की प्रीति मुखियाले आत्महत्या गरेकी हुन् ।

धरान–१४ का सागर खड्काले लामो प्रेम गरेर प्रीतिलाई धोका दिएपछि उनले आत्महत्या गरेको भन्दै उनको परिवारले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको छ ।

दश वर्षदेखिको गहिरो प्रेमलाई खड्काले आउँदो वैशाखमा विवाहमा परिणत गर्ने आश्वासन दिएर अर्कै केटीसँग विवाह गर्ने निधो गरेपछि प्रीतिले गत बिहीबार आफ्नै घरमा ‘सुसाइड नोट’ लेखेर आत्माहत्या गरेकी थिइन् ।


आत्महत्या गर्नुअघि प्रीतिले आमाबुवालाई सम्बोधन गर्दै सुसाइड नोट लेखेकी थिइने । ‘म अब हेण्डल गर्न सक्दिन, म राति सुत्न पनि सक्दिनँ, त्यो मान्छेले गर्दा उसले मलाई छोड्यो । मलाइ युजमात्र गर्यो, उनको सुसाइड नोटमा लेखिएको छ, ‘मैले उसलाई विर्सन धेरै कोशिस गरँे तर सकिनँ । त्यसलाई पनि कहिल्यै राम्रो हुदैनँ । मलाई रुवाएर त्यसको भलो नहोस ।'

प्रितीले सुसाइड नोटमा सागरको नाम भने उल्लेख गरेकी छैनन् । प्रीतिका परिवारजनले आइतवार पत्रकार महासंघ सुनसरीको कार्यालय धरानमा पत्रकार सम्मेलन गरी सागरले प्रितीलाई दश वर्षदेखि प्रेम गरेर अन्तिममा अर्कै केटीसँग विवाह गर्ने निधो गरेर शारीरिक तथा मानसिक दिँदा आत्माहत्या प्रीतिले आत्माहत्या गरेको दाबी गरेका छन् ।

खड्कालाई प्रक्राउ गरी कारबाही गर्न प्रीतिका ठुलोबुवा प्रकाश मखियाले पत्रकार सम्मेलनमा माग गरेका छन् । प्रेम गरेर धोका दिनु सामाजिक अपराध भएकाले उनलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने परिवारजनको माग छ ।

सागरमाथि कारबाही माग गर्दै प्रीतिका परिवारले गरेको पत्रकार सम्मेलन
प्रीतिकी दिदी भावनाले बहिनीले आत्महत्या गरेको दिन पनि सागरले फोन गरी परिवारका अन्य सदस्यलाई धम्की दिएको आरोप लगाएकी छिन् । पत्रकार सम्मेलनमा खड्का र प्रीतिले सँगै खिचेका फोटो पनि सार्वजनिक गरिएको थियो ।

सागरले भने प्रीति सानै उमेरदेखि साथी भएपनि आफनो प्रेम सम्बन्ध नभएको बताएका छन् । ‘प्रीति मिल्ने साथी भएकाले उसको घरमा बेलाबेलामा जाने गरेको थिएँ’, सागरले भने, ‘प्रीतिले आत्माहत्या गरेपछि मेरो बदनाम गर्न परिवारका व्यक्ति सक्रिय छन् ।’

इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले आरोपित खड्काले प्रीतिको आत्महत्याको विषयमा प्रितीका परिवारका सदस्यलाई गाली गरी सार्वजनिक अपराध गरेकाले उनलाई सार्वजनिक अपराध ऐन अन्र्तगत मुद्धा दर्ता गरी कारबाही गर्ने बताए । उनले खड्का फरार रहेकाले खोजी गरिरहेको जानकारी दिएका छन् ।

1:41:00 AM ,
नैराबी, १८ माघ बदलाको भावना कति डरलाग्दो हुन्छ भन्ने कुरा एचआइभी संक्रमण फैलाउँदै हिँडेकी एक १९ वर्षीया किशोरी उदाहरण बनेकी छन् ।
कलेज पढ्दै गरेकी ती किशोरीले अहिलेसम्म तीन सयभन्दा बढी पुरुषलाई जानाजानी एचआइभी संक्रमित बनाइसकेको खुला रुपमा स्वीकार गर्दै वर्षको अन्त्यसम्म यो संख्या २ हजार पु¥याउने लक्ष्य रहेको समेत बताइन् ।
सामान्यतया एक पुरुष एक आकर्षक महिलासँग सुत्न लालायित नै हुन्छ । तर, एचआइभी संक्रमित भएको अवस्थामा १९ वर्षकै विद्यार्थी भए पनि उनीहरु पछाडि हट्छन् ।
केन्याको नाकुरुस्थित काबाराक युनिभर्सिटीमा अध्ययन गरिरहेकी उनले ३ सयभन्दा बढी पुरुषलाई एचआइभी सार्न सफल भएको स्वीकार गरिन् ।
केन्याको डेली पोस्टका अनुसार उनले पहिलोपटक सन् २०१३ सेप्टेम्बर २२ को रात यौन सम्पर्कको अनुभव लिएकी थिइन् ।
आफूभन्दा सिनियर विद्यार्थीले आफूलाई एचआइभी सारिदिएको बदला लिन उनी यस्तो कार्यमा लागेकी हुन् ।
नेपाल समचारपत्र दैनिकबाट भिडियो हेर्न तलको बाकस थिच्नुहोस

1:36:00 AM ,
कण्डम यौनजन्य रोग देखी एड्सजस्ता प्राणघातक रोगबाट बच्ने प्रभावकारी अस्थाई साधन हो।तर यसको उपयोगिता सुरक्षाका लागि मात्रै नभएर मनोरञ्जनका लागि पनि हो। नेपालका जस्ता विकाशशिल देशमा मानिसहरु खुलेर सेक्सका बारेमा खुरा गर्ने अफ्यट्यारो मान्ने
भएकाले तपाईलाई कुन चाहि कण्डम ठिक हुन्छ भन्ने थाहा नहुन् सक्छ किन भने बजारमा थरिथरिका कण्डम पाइन्छन् । कण्डम अनुसार त्यसको विशेषता समेत फरक फरक रहेका छन्।
यहाँ बजारमा उपलब्ध पाँच किसिममा कण्डमका बारेमा उल्लेख गरिएको छ।

१.फ्लेवर्ड कण्डमः
फ्लेवर्ड कण्डमहरु चकलेट,कफि,स्ट्रवेरी,मिन्ट, भेनिला जस्ता फ्लेवरमा पाइन्छन। यी कण्डमहरु ओरल सेक्सको लागि उपयुक्त मानिन्छन्। यदि तपाई यसलाइ भेजिनल सेक्सको लागि प्रयोग गर्न चाहनुहुन्छ भने सुगर फ्रि छ कि छैन पक्का गर्नुहोस अन्यता यिस्ट इंफेक्सन हुन सक्दछ ।




२ डटेड कण्डमः
अतिरिक्त मज्जाको लागि भनेर यो कण्डम प्रयोग गरिन्छ। यसको बाहिरी भागमा डट आकारको साना साना डट हुन्छन जसले सेक्सका दौरान थप घर्षण गराइलाई मज्जालाई दुइ गुना पारिनदिन् सक्दछ ।


३सुपर थिन कण्डम
यी किसिमका कण्डमहरु अत्यन्त पातला हुन्छन् र कण्डम नलगाएको महसुस गराउँदछन्। कण्डमको प्रयोग गर्न नचाहने व्यक्तिहरुलाइ यो कण्डम उपयुक्त हुन्छ। पातला नै भएपनि यौन रोग र गर्वधारणका हिसावले भने पक्का हुन्छन् ।

४.प्लेजर सेप्ड कण्डमः
यी किसिमका कण्डमहरुको टुप्पो लामो र नरम हुन्छ र सेक्सका दौरानले यसको फरक आकारले थप मज्जा दिन सक्दछ
‍
५.ग्लो इन डार्क कण्डमः
यी कण्डम प्याकेट बाट खोलेपछि रातमा समेत चम्किन्छन , यी कण्डमहरुमा तीन तह हुन्छ र सेक्सका लागि अत्यन्ते मज्जेदार मानिन्छ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

1:32:00 AM ,
१८ माघ, एजेन्सी ।

अमेरिकी टेलिभिजन सेलिब्रेटी किम कार्दाशिनसँग अमेरिकी राष्ट्रपति बराक ओबामाले भेट गरेका तस्विर सार्वजनिक भएका छन् । संसारमै सबै भन्दा बढी हेरिएको सेक्स भिडियो सार्वजनिक भएकी चर्चित सेलिब्रेटी किम र उनका पति केनीसँग ओबामाले हाँसेर पोज दिएको तस्विर ट्वीटरमा सार्वजनिक भएको हो ।



किमले ओबामाले आफ्नी छोरीलाई दिएको शुभकामना समेत पोष्ट गरेकी छिन् ।

यो तस्विर गत अक्टोबर महिनामा लिइएको भएपनि अहिले आएर सार्वजनिक भएको हो । केनी र किम एक कार्यक्रमका लागि ह्वाइटहाउस पुगेका थिए ।


किम र उनका पूर्व प्रेमीसँगको सेक्स भिडियो संसारमै सबै भन्दा बढी हेरिएको सेक्स टेपकोरुपमा चर्चित छ ।

12:50:00 AM ,
१८ माघ, काठमाडौं । यदि तपाई मोबाइल खरिद गर्दै हुनुहुन्छ भने भृकुटीमण्डप जानुहोस् । बुधबारदेखि भइरहेको क्यान इन्फोटेकमा आफुले रोजेको मोबाइल उपहारसहित विशेष छुटमा खरिद गर्न पाउनुहुने छ ।
मेलामा कम्पनीहरुले ग्राहक आकषिर्त गर्न मोबाइल सेटमा आकर्षक उपहार र विशेष छुट दिइरहेका छन् । कतिपय कम्पनीले नयाँ मोबाइल सार्वजनिक गरि विशेष मूल्यमा बिक्री गरिरहेका छन् ।
मोबाइल कम्पनीले दिएको छुट र उपहारले ग्राहकको ध्यान राम्रैसँग तान्न सफल भएको देखिन्छ । मेला अवलोकनका लागि पुग्ने अधिकांश मोबाइल स्टलमा झुम्मिने गरेका छन् ।
शुक्रबार र शनिबार विदाको दिन भएको हुँदा मोबाइलका स्टलहरुमा खुट्टो राख्ने ठाउँसमेत थिएन । आइतबार बिहान मेलास्थल पुग्दा अन्य स्टलहरुमा सुनसान देखिएपनि मोबाइलका स्टलहरुमा ग्राहकहरु देखिन्थे ।
पछिल्लो समय नेपालमा मोबाइलका पारखीहरु हृवात्तै बढेका छन् । सवा लाख रुपैयाँसम्मका मोबाइल खरिद गरेर चलाउने ग्राहकहरु यहाँ भेटिन्छन् । मोबाइल कम्पनीहरुले पनि ग्राहकको चाहाना बमोजिम अत्याधुनिक सुविधासहितका स्मार्टफोनहरु भित्राउने होडबाजीमा छन् ।
मेलामा सामसुङ, किभी, भिडियोकोन, कार्बन, कलर्स, पानासोनिक, हुवावे लगायतका ब्रान्डहरु प्रर्दशनी तथा बिक्रीमा राखिएको छ । जसमध्ये कलर्स र हुवावेले नयाँ स्मार्टफोन मेलामा सार्वजनिक गरेर बुकिङ लिइरहेका छन भने अन्य कम्पनीहरुले पुरानै फोनहरु छुटमा बिक्री गरिरहेका छन् ।
यस्ता छन् अफरहरु
सोनी अफरः १० प्रतिशत छुट
मेलामा सोनीले हरेक मोबाइल सेटमा १० प्रतिशतसम्म छुट दिएको छ । साथै, मोबाइल हेरिकन दुई हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म पर्ने हेडसेट उपहार दिएको छ ।
सबैभन्दा सस्तो एक्पेरिया ईवान (११ हजार) देखि महंगो एक्सपेरिया जेड थ्री (६५ हजार) सम्मका मोबाइल प्रर्दशनीमा राखेको सोनीले अवलोकनकर्ताको भिड लगाउन सफल भएको देखिन्छ ।
स्टलमा अवलोकनकर्ताको भिड लागेपनि बिक्री भने दैनिक १५/१६ वटामात्र मोबाइल बिक्री हुने गरेको स्टलकर्ताले बताए । सोनीले मेलामा नयाँ मोबाइल भने सार्वजनिक गरेको छैन ।
सामसुङ : ५ प्रतिशत ब्यालेन्स
सामसुङ मोबाइलले पनि मेलामा नयाँ मोबाइल तथा एसेसोरिजहरु सार्वजनिक गरेको छैन । पुरानै मोडलमा आकर्षक स्कीम दिएर कम्पनीले मोबाइल बिक्री गरिरहेको छ ।
मेलामा सबैभन्दा आकर्षण बनेको सामसुङ मोबाइलले हरेक मोबाइल सेटको खरिदमा २ प्रतिशत छुट दिएको छ । छुट लिन नचाहाने ग्राहकलाई मोबाइल मूल्यको ५ प्रतिशत व्यालेन्स ट्रान्सफर गरिदिने गरेको स्टलकर्ताले जानकारी दिए ।
साथै, कम्पनीले हरेक दिन ग्राहकहरुबीच लक्की ड्र गरेर १३ हजार ४ सय ९० रुपैयाँ पर्ने सामसुङ ग्यालेक्सी ‘कोर टु’ डिउस मोबाइल प्रदान गर्दै आएको छ । स्टलमा मोबाइलको बारेमा जानकारी लिने सर्वसाधारणको बाक्लो भिड देखिन्थ्यो ।
कलर्स मोबाइल : ३० प्रतिशत छुट
कलर्स मोबाइलले मेलालाई लक्षित गर्दै हरेक सेटको खरिदमा ३० प्रतिशत छुट र ४ जीबी र ८ जीबीको मेमोरीकार्ड सित्तैमा दिइरहेको छ । आकार्षक छुट दिएपछि स्टलमा सर्वसाधरणको बाक्लो भिड लाग्ने गरेको छ ।
आकर्षक छुट भएपनि बिक्री भने कलर्सको पनि उल्लेख्य छैन । दैनिक औषतमा ३० वटाजती सेटहरु बिक्री भइरहेको स्टलकर्ताले बताए । कलर्सले मेलामा एन्ड्रोइड र बार दुबै फोन बिक्रीमा राखेको छ ।
साथै, मेलामा कलर्सले विन्डोज फोनसमेत प्रर्दशनीमा राखेको छ । कम्पनीले मेलामा १६ हजार रुपैयाँमा उक्त फोनको बुकिङ लिइरहेको छ । पछि १८ हजार रुपैयाँ भन्दा बढी पर्ने स्टलकर्ताले बताए ।
यस फोनमा १.२ क्वार्डकोर प्रोसेसर, ४.७ इन्चको एचडी डिस्प्ले, ८ जीबी इन्टरनल मेमोरी पछाडि ८ मेगापिक्सेल क्यामेरा, अगाडि २ मेगापिक्सेल क्यामेरा लगायतका सुविधाहरु रहेका छन् ।
कलर्सले मेलमा ५ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्ने स्मार्टफोन र १८ सयदेखि ४ हजारसम्म पर्ने बारफोन प्रर्दशनी तथा बिक्रीमा राखेको छ ।
पानासोनिक : अफरै अफर
भर्खरैमात्र एन्ड्रोइड फोन बजारमा ल्याएको पानासोनिकले मेलामा तीनवटा मोडल प्रर्दशनीमा राखेको छ । कम्पनीले मेलामा हरेक सेटको खरिदमा ग्राहकलाई ५ प्रतिशत छुट, दुईवटा मुभी टिकट र रिचार्ज कार्ड उपलब्ध गराएको छ ।
मेलामा छुटसहित पी-६१ को मूल्य २१ हजार रुपैयाँ राखिएको छ । जुन खरिद गर्दा ग्राहकले टिकटसहित ५ सय रुपैयाँको रिचार्ज कार्ड पाउँछन् । त्यस्तै, २० हजार ६ सय पी-५१ खरिद गर्दा ४ सय रुपैयाँको रिचार्ज कार्ड र ७ हजार ५ सय रुपैयाँको टी-३१ खरिद गर्दा ३ सय रुपैयाँको रिचार्ज कार्ड पाइने छ ।
हुवावे किन्दा स्पिकर निःशुल्क
हुवावेले मेलामा जी-७ मोबाइल सार्वजनिक गरेको छ । जसको मूल्य क्यानमा दुई हजार छुट दिएर ३५ हजार रुपैयाँ तोकेको छ ।
यसमा एन्ड्रोइड ४.४.२ किटक्याट अपरेटिङ सिष्टम, १६ जीबी इन्टरनल मेमोरी, २ जीबी र्‍याम, पछाडि १३ मेगा पिक्सेल क्यामेरा, अगाडि ५ मेगापिक्सेल क्यामेरा, १.२ गीगाजहर्ज क्वार्डकोर प्रोसेर, ५.५ इन्चको डिस्प्ले लगायतका फिचरहरु रहेका छन् ।
हुवावेले हरेक मोबाइल खरिदमा आकर्षक उपहार दिएको छ । कम्पनीले १५ हजारभन्दा तलको मोबाइल खरिदकर्तालाई किरिङ र १५ हजारमाथिको मोबाइल खरिद गर्नेलाई ४ हजार पर्ने स्पीकर उपहार दिएको हो ।
साथै, हरेक मोबाइलको खरिदमा ५ देखि ३० प्रतिशतसम्म छुट उपलब्ध गराएको छ । कम्पनीले मेलामा ११ हजार देखि ७० हजार रुपैयाँसम्म पर्ने मोबाइल प्रर्दशनी तथा बिक्रीमा राखेको छ ।
कार्बन : पुरानोमा ५० प्रतिशत छुट
कार्बन मोबाइले मेलामा स्टल क्लियरेन्स गर्नका लागि पुरानो मोबाइलमा ५० प्रतिशत छुट दिएको जनाएको छ । नयाँ मोबाइलमा भने पाँच प्रतिशतमात्र छुट दिएको कम्पनीले जानकारी दियो ।
मेलामा कार्बनका ५ हजार रुपैयाँदेखि २८ हजार रुपैयाँसम्म पर्ने मोबाइलहरु प्रर्दशनी तथा बिक्रीमा राखिएको छ ।
भिडियोकोन : ३२ सयमा २६ सय बचत
भिडियोकोनले हरेक मोबाइलको खरिदमा १५ सय रुपैयाँ पर्ने भिडियोकोनकै हाते घडी उपलब्ध गराएको छ । साथै, कम्पनीले हरेक मोबाइलमा नेपाल टेलिकमको सिम निःशुल्क प्रदान गरेको छ ।
मेलामा ३२ सय रुपैयाँ पर्ने सीडीएमए सेटमा २६ सय बचत योजना ल्याएको छ । जसमा ३२ सय रुपैयाँ पर्ने उक्त सेट खरिद गर्दा ग्राहकले २ सय रुपैयाँको नेपाल टेलिकमको रिमकार्ड र २४ सय रुपैयाँ बराबरको टक टाइम पाउने छन् ।
यो योजनामा कम्पनीले हरेक महिना २ सयका दरले एक वर्षसम्म ब्यालेन्स उपलब्ध गराउने जनाएको छ ।
मेला सोमबारसम्म चल्ने
बुधबारदेखि सुरु भएको मेला सोमबारसम्म चल्ने अयोजक कम्प्यूटर एशोसियसन अफ नेपाल (क्यान)ले जनाएको छ । विगतका वर्षहरुमा जस्तो यसवर्ष सर्वसाधारणको उपस्थिती नरहेको बताइएको छ ।
मेलामा दर्शकको भिड लागेपनि बिक्री शुन्यजस्तै रहेको स्टलकर्ताहरुले गुनासो गरेका छन् । ग्राहकले आफुलाई आवश्यक सामाग्री खरिद गर्न क्यान इन्फोटेक कुरेर बस्न छाडिसकेको उनीहरुको भनाई छ ।
केही वर्ष अगाडिसम्म ग्राहकहरु छुट र उपहारका लागि सूचना प्रविधिजन्य वस्तुहरु किन्नुपरेमा क्यान इन्फोटेक कुरेर बस्ने गर्थे । कम्पनीहरुले पनि नयाँ प्रोडक्ट बिक्री सुरु गर्न मेला नै कुरेर बस्ने गरेको पाइन्थ्यो ।
अहिले विश्व बजारमा सार्वजनिक हुने बेलामा नेपालमा पनि सँगसँगै नयाँ उत्पादनको बिक्री सुभारम्भ गरिन थालेको छ । यसले पनि मेलामा सर्वसाधारणको आकर्षण विस्तारै घट्न थालेको सामसुङका स्टलकर्ताले बताए ।

12:29:00 AM ,
एजेन्सी ।

सलमान खानले कहिले सन्नी लियोनको सारी लगाएर त कहिले ज्याकलिनको सारी टोकेर चर्चा पाउँछन् । यस्तै एक नयाँ चर्चा थपिएको छ उनले मुम्बइमा आयोजित एक कार्यक्रममा दिपिका पादुकोणको स्कर्ट दाँतले टोकेपछि ।

मुम्बइमा आयोजित ६० औं फिल्म फेयर अवार्ड्स समारोहमा शनिबार राति सलमानले दिपिकाको स्कर्ट दाँतले टोकेका हुन् ।



यो तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । सलमानसँगै दपिकासँग बिद्या बालनका श्रीमान एवं प्रोड्युसर सिद्धार्थ मलहोत्रा र हास्य अभिनेता कपिल शर्मा पनि देखिएका छन् ।

सलमानसँग दिपकालै झुम्मेकि रात है भन्ने गीतमा नृत्य गरेकी थिइन् ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस

12:23:00 AM ,
February 01, 2015
 महाभारतमा पाण्डव नै त्यस्ता पाँच भाइ हुन् जसले एउटै महिलालाई आफ्ना श्रीमती बनाए । पौराणीक कथा महाभारतको घटना एक्काइसौँ शताब्दिसम्म आइपुग्दा पनि लागु छ तर निश्चित समुदायमा । एउटा यस्तो समूदाय छ जहाँ परिवारमा चाहे जतिसुकै दाजु–भाइ हुन्, उनीहरुले एउटै महिलालाई आफ्नो श्रीमतीको रुपमा स्विकार्ने गर्दछन् । यति मात्र होइन, महिलाले पनि सबै दाजु–भाइलाई आफ्नै श्रीमानको रुपमा हेर्ने गर्दछिन् ।
सबै दाजुभाइले एउटै महिलालाई श्रीमती बनाउने यो अचम्मको परम्परा भारतको हिमाञ्चल प्रदेशको किन्नौर क्षेत्रको हो । एउटै परिवारको सबै दाजुभाइलाई एक महिलासँग विवाह गराइदिने परम्परालाई यहाँका

स्थानीयहरुले पाण्डवको अज्ञातवाससँग जोड्ने गर्दछन् । उनीहरुको भनाई अनुसार पाण्डवहरुले यहाँ आफ्नो अज्ञातवास काटेका थिए जसका कारण यहाँका मानिसहरुले पाण्डवलाई पछ्याएका हुन् ।
 एउटै घरको छतमुनी बस्ने परिवारको सबै दाजुभाइ एउटै युवतीसँग परम्परा अनुसार विवाह गर्दछन् र विवाहित जीवन बिताउने गर्दछन् । यदि कुनै महिलाको एक श्रीमानको मृत्यु भयो भने ती महिलाले श्रीमानको मृत्युमा दुख मनाउ गर्न पाउने छैनन् । विवाहपछिको यिनीहरुको जीवन एउटा टोपीमा निर्भर हुन्छ । उदाहरणका लागि एउटा परिवारमा चार भाइ छन् र सबैको एउटा महिलासँग विवाह भएको छ भने विवाह पछि यदि कुनै पनि भाइ आफ्नी श्रीमतीसँग कोठामा छन् भने उनले कोठाको ढोकामा आफ्नो टोपी राखिदिने गर्दछन् । दाजु–भाइमा यति धेरै सम्मान हुन्छ कि जबसम्म टोपी कोठाको ढोकामा रहिरहन्छ तबसम्म अर्को भाइ त्यहाँ जाने गर्दैनन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

प्रेममा समर्पण, त्याग, इमान्दारिता तथा स्वार्थ र धोका भन्ने कुरा पनि के देशले फरक पार्छ र ? यो त मानिसको स्वभावमा भर पर्ने कुरा हो । एउटै देशका मानिस पनि कुनै प्रेममा सबैभन्दा धेरै इमान्दार हुनसक्छन् त कोही सबैभन्दा धेरै स्वार्थी र धोकेबाज । कुनै पुरुषप्रति महिलाको आकर्षण वा प्रेमभावको मापदण्ड पनि एउटै नहुन सक्छ । कोही महिलालाई एक प्रकारको व्यक्तित्व, स्वभाव र जिउडाल भएको पुरुष मन पर्छ भने अर्को महिलालाई अर्कै ।
loveएउटा देशमा एउटै स्वभाव, व्यक्तित्व, मनोभावना, रुपरंग भएका पुरुषहरु नहुने र महिलाहरुको रोजाइ पनि एउटै नहुने भएकाले कुन देशका पुरुषहरुलाई महिलाले बढि मन पराउँछन् भन्ने कुराको अड्कल काट्न गाह्रो हुन्छ । हालै भएको एक सर्भेक्षणले भने यो युरोपको कुन देशका पुरुषहरुलाई महिलाले प्रेमको लागि लायक ठान्छन् अर्थात् कुन देशका पुरुषहरु उत्तम प्रेमी हुन् ? भन्ने कुराको उत्तर खोजिदिएकेा छ ।
विवाह इतरको सम्बन्धको चाँजोपाँजो मिलाइदिने एक वेबसाइट AshleyMadison.com ले गरेको सर्भेक्षणले फ्रान्सका पुरुषहरु प्रेमका लागि महिलाहरुको पहिलो रोजाइमा परेका छन् । अर्थात् युरोपका अन्य देशको पुरुषहरुको तुलनामा समग्रमा फ्रेन्च पुरुषहरु सबैभन्दा बढि प्रेम गर्न लायक हुन्छन् ।
वेबसाइट प्रयोग गर्ने झण्डै १० हजार महिलाहरुमा गरिएको सर्भेक्षणका क्रममा हरेक सहभागी महिलालाई युरोपका हरेक देशका पुरुषहरुका प्रेम तथा यौन सम्बन्धि विभिन्न मामिलाका सम्बन्धमा मत दिन लगाइएको थियो । त्यसक्रममा युरोपेली पुरुषहरुको हँसिलो स्वभाव, व्यक्तित्व, रोमान्टिक छवि, सक्रियता तथा स्टामिना जस्ता मापदण्डहरुका आधारमा मूल्यांकन गराइयो ।
१० हजार महिलाहरुको मूल्यांकनबाट फ्रेन्च पुरुषहरु सबैभन्दा उत्तम, लायक तथा इमान्दार र सेक्सी ठहरिए । महिलाहरुको दोश्रो रोजाइमा स्पेनिस र स्विडेनका पुरुषहरु संयुक्त रुपमा छनोटमा परे ।
तेश्रो स्थान भने पोर्चुगलका पुरुषहरुले कब्जा गर्न सफल भए । चौथो स्थानमा इटालियन पुरुषहरु परे भने पाँचौँ रोजाइमा संयुक्त रुपमा बि्रटिस, जर्मन र डेनिस पुरुषहरु पर्न सफल भए ।
नेदरल्याण्ड तथा नर्वेका पुरुषहरु प्रेमको लागि लायकको सूचिमा छैटौँ स्थानमा परे । फिनल्याण्डका पुरुषहरु भने सातौँ स्थानमा परेका छन् । source pardesi khabar
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget