मालपोत कार्यालयका किर्ते गरेर जग्गा बेच्ने गिरोह प्रहरी खोरमा

फोटो : हुदै नभएको जग्गाको किर्ते कागजात बनाएर बेचेको आरोपमा पक्राउ परेकाहरुलाई शनिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै प्रहरी। तस्बिर:क्रान्ति शाह
वीरगन्ज: हुदै नभएको जग्गा किर्ते कागज बनाएर बिक्री गर्ने गिरोहलाइ प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले गिरोहमा संलग्न एक महिला र मालपोत कार्यालयका एक कर्मचारीसहित चार जनालाई पक्रेको हो। प्रहरीले जिल्ला मालपोत कार्यालय पर्सामा कार्यत नायबसुब्बा ४७ वर्षिय मुरारी प्रसाद तिमिल्सीना, वीरगन्ज ८ माइस्थानका ३८ वर्षिय संदिप कुमार गुप्ता, उनकी श्रीमति इन्द्रावती कुमारी गुप्ता र माइस्थानकै ४२ वर्षीय राजेश कुमार गुप्तालाइ पक्राउ गरेको हो।

 इन्द्रावती कुमारीको नाममा वीरगन्जको गीता मन्दिर देखि पुर्वमा रहेको कित्ता नम्बर ५१ को एक धुर जग्गालाइ मालपोत कार्यालयबाट किर्ते कागजपत्रको आधारमा सात धुरको क्षेत्रफल बनाएर इन्द्रावती र उनका श्रीमान सन्दिपले गत बैशाख ७ गते ललितपुर उपमहानरपालिका वडा नम्बर २१ का सचेन्द्र महर्जनलाइ ८० लाख रुपैयामा बिक्री गरेका थिए।

महर्जनलाइ बिक्री गर्नु भन्दा पहिले पोहोर साल इन्द्रावती र उनका श्रीमान सन्दिपले उक्त फर्जि जग्गाको किर्ते कागजपत्र वीरगन्जमा रहेको प्राइम बैंकमा धितो राखेर ४० लाख रुपैया ऋण पनि निकालेका थिए। जग्गा खरिद बिक्री गर्ने क्रममा महजर्नले दिएको ८० लाख मध्ये ४० लाख रुपैया ऋण बैंकमा तिरेर इन्द्रावती र उनका श्रीमान सन्दिपले बैंकबाट जग्गा फुकुवा गराएर गत बैशाख ७ गते जिल्ला मालपोत कार्यालय पर्साबाटै महर्जनको नाममा पास गरिदिएका थिए।

इन्द्रावतीबाट खरिद गरिएको जग्गा बेच्नका लागि भनेर गत आइतवार वीरगन्ज आएका महर्जनले ग्राहकलाइ लिएर जग्गाको भएको स्थानमा नापजोख गर्न जादा असली जग्गाधनीले उनीहरुलाइ गाली गलौज गर्दै लखेटेपछि मात्र महजर्नले आफु ठगीएको थाहा पाएका थिए। एक करोड १२ लाखमा उक्त जग्गा बेच्न भनेर महर्जन ग्राहक लिएरै आइतवार वीरगन्ज आएका थिए, प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीले भने , ग्राहकलाइ लिएर जग्गाको नाजोख गर्न जादा असली जग्गाधनीले लखेटेपछि मात्र महर्जनले आफु ठगिएको थाहा पाए।

जिल्ला प्रहरी कार्यालय पर्सामा गत आइतवार महर्जनले दिएको उजुरीको आधारमा प्रहरीले चारै जनालाइ पक्राउ गरेर शनिवार सार्वजनिक गरेको हो ।
हुदै नभएको जग्गाको किर्ते कागज पत्र बनाउने कार्यमा संलग्न रहेकाले मालपोत कार्यालयका नायब सुब्बा तिमिल्सीना र गिरोहका मुख्य राजेशलाइ पनि पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए।

राजेशकै मुख्य योजनामा जग्गाको किर्ते कागजात बनाएको पाइएको भन्दै प्रहरी उपरिक्षक श्रेष्ठले भने, 'गिरोहको मुख्य नाइके राजेश नै हो , उसकै डिजाइनमा यो सबै फजी काम भएको हो।घटनामा जिल्ला मालपोत कार्यालय र नापी कार्यालयका अधिकृतहरुको पनि संलग्नता देखिएको छ , प्रहरी उपरिक्षक श्रेष्ठले भने 'हामी उनिहरुलाइ पनि नियन्त्रणमा लिने प्रयासमा छौं।

किर्ते कागजपत्र धितो राखेर ऋण दिने बैंकका कर्मचारीहरु पनि दोषी रहेको बताउदै प्रहरी उपरिक्षक श्रेष्ठले भने , बैंकका कर्मचारी पनि हाम्रो अनुसन्धानको घेरामा परेका छन्।अहिले पक्राउ परेका चारै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर उनिहरु विरुद्ध ठगी तथा किर्ते मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए।annapurnapost

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget