काठमाण्डु, २५ फागुन– बुधबार खण्डग्रास सुर्य ग्रहण लाग्ने भएको छ । ज्योतिषहरुका अनुसार यो ग्रहण बिहान ५ बजेर ५६ मिनेटदेखि लाग्ने बताइएको छ । काठमाण्डुको आकाशबाट भने यसलाई सुर्य उदाएपश्चात एक घण्टाभन्दा बढी अर्थात ७ बजेर २ मिनेट सम्म हेर्न सकिने बताइएको छ ।
यसको पूर्ण अंश अर्थात आँखाले देख्ननै सकिने अवस्था भने बिहान ६ बजेर १९ मिनेटबाट सुरु हुने, ६ बजेर २८ मिनेटमा मध्य र ७ बजेर २ मिनेट जाँदा मोक्ष अर्थात अन्त हुने ज्योतिषहरुले बताएका छन् । ज्योतिषहरुका अनुसार सुर्य ग्रहण लाग्दा चन्द्रमा पूर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दै हुने बताइएको छ ।
ज्योतिषहरुका अनुसार राशीफल अनुसार यसरी हेर्न सकिन्छ सुर्य ग्रहण :
ग्रहण लाग्द चन्द्रमा पुर्वभाद्रपदा नक्षत्र कुम्भ राशीमा भ्रमण गर्दैहुनेछ। जसलाई आधार बनाएर फल बताउदा पुर्वभाद्रपदा नक्षत्र एवम कुम्भ राशी भएका व्यक्तीहरुलाई अती कस्ट पुग्ने भन्न सकिन्छ। यस्तो समयमा दान दक्षिणा, इस्वर आराधना गर्नु पर्छ।
अन्य राशीहरुका लागि भने मेषलाई लाभ, बृषलाई सुख, मिथुनलाई मान नाश , कर्कटलाई कस्ट, सिहलाई स्त्रिपिडा, कन्यालाई सुख, तुलालाई चिन्ता, बृश्चिकलाई व्याथा, धनुलाई श्रीप्राप्ती, मकरलाई क्षति, कुम्भलाई घात र मिनराशीलाई व्यय फल प्राप्त हुने हुन्छ। धार्मिकमान्यता अनुसार ग्रहणको समयमा मैथुन, भोजन गर्नु हुँदैन। त्यस्तै सुत्नु एवम गर्भवती महिला बाहिर निस्कनु हुँदैन।
यो ग्रहण जल तत्वराशिमा परेको छ। सम्हिता ज्योतिष अशुभ मान्दछ। जसको फल भुकम्प, सुनामी आउने देखी प्रसिद्ध व्यक्तीको हत्या एवम मृत्यु। हुन सक्ने बताउछ । हाम्रोमा पनि ग्रहण देखिने इन्डोनेसिया एवम प्रसान्त एसियामा सुनामी र भुकम्पको खतरा ४ महिना सम्म रहिरहने देखिन्छ।
त्यस्तै ग्रहणको मास फललाई केलाउँदा शक्ति राष्ट्र र राजनीतिक टकराव देखिने पनि ज्योतिषहरुको आंकलन छ । उल्लेखित विषयमा भनिएअनुसार ग्रहण हेर्दा भने आफ्नो दृष्टि गुम्ने खतरालाई मध्यनजर गर्दै दूरविन लगायतका यन्त्रहरु प्रयोग गर्न सके निकै राम्रो हुनसक्छ । जसले शारीरिक पीडालाई समेत कम गरिदिन्छ र रोगहरुको समेत निदान गरिदिन सक्छ ।
kathmandutoday
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.