अमेरिकी हवाई आक्रमणमा १५० भन्दा बढीको मृत्यु
वासिङ्गटन, सोमालियामा अल कायदासँग आवद्ध सेबाब लडाकू समूहको एक शिविरमा गत शनिबार भएको अमेरिकी हवाई आक्रमणमा १५० भन्दा बढी सो समूहका लडाकू मारिएका छन् ।
ती सेबाब लडाकूहरुले अमेरिकासँगआवद्ध र क्षेत्रीय सुरक्षाबललाई आक्रमण गर्ने योजना बनाइरहेका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सोमबार जानकारी दिएको छ ।
यद्यपि अमेरिकी सैनिकले सोमालियामा अल कायदासँग आवद्ध लडाकूविरुद्ध नियमित रुपमा हवाई आक्रमण गर्दै आएको छ ।
न्यु अमेरिकी फाउन्डेसनकाअनुसार यो पछिल्लो हवाई आक्रमणमा ११३ देखि १३६ लडाकू मारिएका छन् । पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभिस्का अनुसार गत शनिबार रासो शिविरमा मारिएका लडाकूहरुले विदेशी र क्षेत्रीय सुरक्षाबलाई लक्ष्यगरी भीषण आक्रमणको तयारी गरिरहेका थिए ।
मानवरहित सो विमान आक्रमण मोगादिसुबाट १२० किलोमिटर उत्तरमा भएको थियो । रासस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.