भाङलाई आयुर्वेदमा कफ सोस्ने, पाचनवद्र्धक, तीक्ष्ण, उष्ण, पित्तकारक तथा अग्निवद्र्धक मानिन्छ ।
यो बलबद्र्धक, मेधाजनक, मोहकारक, मदकारक, रुचिकारक, उत्तेजक, लठ्याउने तथा कुष्ठनाशकसमेत हुन्छ ।
गाँजालाई पाचनवद्र्धक तथा शक्ति प्रदायक पनि मानिन्छ ।
औषधीय प्रयोग
भाङको पातलाई मसिनो गरी पिसेर सुँघ्दा टाउकाको अग्रभाग दुख्ने समस्या कम हुन्छ ।
भाङको पातको रस निधार तथा टाउकोमा मालिस गरे टाउको दुख्ने समस्या समाधान हुन्छ ।
भाङको पातको मनतातो रस कानमा २–३ थोपा हाल्दा कान दुख्ने समस्या ठीक हुन्छ ।
दमका रोगीले भुटेको १ सय २५ ग्रामजति भाङमा २ ग्राम मरिच तथा २ ग्राम मिस्री मिसाएर खाने हो भने दमका रोगीको श्वासको गति सामान्य हुन्छ ।
भाङको बीउको तेलको मसाज बाथ तथा गठिया रोगमा लाभदायक सिद्ध हुन्छ ।
एक चम्चा भुटेको भाङको चुर्ण तथा आधा चम्चा मह मिसाएर बिहान–बेलुका खाँदा श्वास–प्रश्वासको रोगीलाई लाभ हुन्छ ।
एक कचौरा भाङ घ्यूमा भुटेर त्यसमा एक/एक चम्चा मरिच तथा मिस्री मिसाई दिनमा ३–४ पटक सेवन गरे बाथ तथा गठिया रोगमा लाभ हुन्छ ।
भाङको चुर्णमा मह तथा घ्यू मिसाएर लामो समयसम्म मात्राअनुसार सेवन गरे सम्पूर्ण प्रकारको कुष्ठ रोगमा लाभ मिल्छ ।
भाङ तथा भाङको चुर्णलाई मात्राअनुसार सेवन गर्दा अनिन्द्रा हटेर जान्छ ।onlinedailypost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.