२०७२ फागुन २४ गते
२४ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा पार्टी सभापतिको चुनावमा पहिलो भएका छन् । तर, ११ भोटले सभापति बन्न भने चुकेका छन् । अब दोस्रो चरणको चुनाव हुनेछ ।
अब सोमबार हुने दोस्रो चरणको चुनावमा देउवा र उनका निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुनेछ ।
आइतबार भएको मतदानमा ३ हजार १४८ मत खसेको थियो । कांग्रेसको विधानमा सभापति हुन बुहमत (५० प्लस एक) आवश्यक पर्ने व्यवस्था भएकाले विजयी हुने १ हजार ५७५ मत चाहिन्थ्यो ।
तर, देउवाले १ हजार ५६४ मत ल्याए भने कार्यबाहक सभापति समेत रहेका पौडेलले १ हजार १५४ मत ल्याएकमा छन् । अर्का उम्मेदवार कृष्ण सिटौलाले भने ३२४ मत मात्र ल्याएका छन् ।
अब दोस्रो चरणको चुनावमा सिटौला उम्मेदवार हुने छैनन् ।
onlinekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.