सभापति बनेपछि देउवा भन्छन्- मैले जितेको होइन्, पौडेल र सिटौलालाई सम्मान गर्छु

काठमाडौँ, २५ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफू निर्वाचनमा विजयी हुनुलाई जितभन्दा पनि जिम्मेवारी थपिएको बताउनुभएको छ ।
निर्वाचित भएपछि आज पहिलो पटक आफ्नो निजी निवास बुढानिलकण्ठमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले पार्टीको आन्तरिक निर्वाचनमा जित हार नहुने बताउनुभयो । उहाँले पार्टीका साथीहरुले यसपालि आफूलाई जिम्मेवारी दिएको बताउँदै भन्नुभयो, “पार्टीलाई एक गरेर मजबुत बनाउनाका साथै मुलुकका समस्या समाधानका लागि पहल गर्न मलाई जिम्मेवारी दिइएको हो ।”
काँग्रेसको अधिवेशनको दौरानमा गाउँदेखि जिल्ला र जिल्लादेखि केन्द्रसम्म सहज रुपमा आन्तरिक प्रजातन्त्रको अभ्यास भएको बताउँदै नेता देउवाले मुलुकका सबै पार्टीलाई मिलाएर अघि बढ्ने बताउनुभयो ।

अत्यन्तै शान्तिपूर्ण रुपमा निर्वाचन प्रक्रिया सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । अरु साथीको भावनाको पनि कदर पूरा वाचा गर्दै उहाँले भन्नुभयो, “उहाँहरु (निर्वाचनमा पराजित)को पनि मलाई सहयोग रहने विश्वास छ, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लगायत सबैलाई मिलाएर अघि बढ्नेछु, उहाँहरुको सम्मान र प्रतिष्ठा कायम राख्दै पार्टीमा अघि बढ्ने छु ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको महाधिवेशनपछि काँग्रेस पनि सरकारमा सहभागी हुन्छ भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले पार्टीमा अहिलेसम्म त्यसबारेमा कुनै छलफल नभएको बताउनुभयो । “प्रजातान्त्रिक पार्टी हो, मैले एक्लै भनेर केही हुँदैन” उहाँले भन्नुभयो ।
मुलुकका ठूला दल मिलेर सरकार सञ्चालन गरे मनपरी हुने काँग्रेसको धारणा रहेको बताउँदै उहाँले बहुदलीय प्रजातन्त्रमा नियन्त्रण र सन्तुलनका लागि पनि बलियो प्रतिपक्षी चाहिने काँग्रेसको धारणा रहेको जानकारी दिनुभयो । “बलियो प्रतिपक्षीबिनाको सरकार तानाशाही बन्न सक्छ” पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो ।
तराई-मधेसको असन्तुष्टिलाई कसरी समाधान गर्नुहुन्छ भन्ने जिज्ञासामा नेता देउवाले असहमतिमा रहेका पक्षसँग वार्ता गरेर सीमाङ्कन लगायत सबै विषयमा छलफल गरी समाधान गरिने विश्वास व्यक्त गर्नुभयो । रासस
dainiknepal

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget