अबको तीन घण्टामा देउवाको हातमा काँग्रेस
काठमाण्डु, २४ फागुन– नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि दोश्रो चरणमा भएको निर्वाचनको परिणाम आजै आउने भएको छ ।
आइतबार भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि बढी मत ल्याउने दुई उम्मेदवारबीच सोमबार पुनः मतादन भएको हो ।
निर्वाचन समिति सभापति राधेश्याम अधिकारीले मतगणना सुरु भएको तीन घण्टामा परिणाम आइसक्ने जानकारी दिए । उनले ८ बजेपछि मतगणना सुरु हुने र ११ बजेसम्म परिणाम आइसक्ने बताए । सभापतिमा शेरबहादुर देउवाले बाजी मार्ने लगभग पक्काजस्तै छ ।
आइतबारको निर्वाचनमा १५ सय ६५ मत ल्याएका देउवाको जितका लागि ११ मत अपुग भएको थियो । पौडेलले भने ११ सय ६० मत पाएका थिए ।
kathmandutoday
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.