माघ १३, एजेन्सी । भारतमा एक बालिका टाउको नभएको अवस्थामा जन्मिएकी छिन् । उत्तर प्रदेशको अमरोह जिल्लाकी ३२ वर्षीय सविता रानीले यसै साता यस्तो अनौठो बच्चाको जन्म दिएकी हुन् । रानीले बिना कुनै शल्यक्रिया स्वभाविक ढंगले सो शिशु जन्माएकी हुन । बालिका जन्मेसँगै उनको अस्वभाविक अनुहारलाई लिएर सहरभरी चर्चाको पात्र बनेकी छिन् ।
अनौठो शिशु जन्मेको थाहा पाएपछि साई नर्सिङ होम क्लिनिकमा मानिसहरुको भीड लागेको थियो । तर जन्मेको दुई दिनपछि ती बालिकाको मुटुले काम गर्न छोडेको र उनको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ । ‘गर्भवती महिलाको गलत र अनियमित खाने बानीले यस्ता जटिलता उत्पन्न हुन्छन,’ साई नर्सिङ होमकी गाइनोलोजिष्ट डा कुसुम लताले बताए ।
‘त्यही भएर गर्भवती महिलालाई निरन्तर अस्पतालमा परीक्षण गर्न जोड दिन्छौ ताकी उनीहरुको अवस्थाबारे हामीले राम्रो जानाकारी राख्न सक्नेछौ र यस्ता असामान्य जन्मको अन्त्य हुनेछ, ’ डा. लताले थपे । ती बालिकाको आँखाहरु यति ठूला थिए की जन्मदै ढकनी खुलेका थिए र उनको टाउको उचित ढंगले बनेकै थिएन् । उनमा अन्य शिशुको जस्तै सामान्य गतिविधि नदेखिएको र हलचल नगरेको डेली मेलले जनाएको छ । त्यस्तो अवस्थामा आमालाई केही नहुनु र शिशु ९ महिनासम्म बाँच्नु नै चमत्कार भएको डा लताले बताए । यसअघि तीन सन्तानको स्वस्थ आमा रहेकी ती महिलालाई बच्चा जन्माउन अत्यधिक गाहो भएको र सुत्केरी हुने क्रममा अत्यधिक रगत बगेको बताइएको छ । कोखमा बालिकाको दिमाग राम्रोसँग बनिनसकेको तर मुटुमा केही समस्या नभएकोले ९ महिनासम्म बाँचेको चिकित्सकले बताए । अहिले ती महिलालाई अस्पतालबाट डिस्चार्ज गरिसकिएको र उनको अवस्था भने सामान्य रहेको प्राप्त समाचारमा जनाइएको छ ।
sherpastate
Post a Comment