आन्दोलन पनि रोकिदैन, वीरगञ्ज नाका पनि खुल्दैन : उपेन्द्र

विराटनगर : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वीरगञ्ज नाका नखुल्ने बताएका छन्।

मधेशी मोर्चाको माग पूरा नभएकोले वीरगञ्ज नाकाको धर्ना जारी रहने र नाका पनि नखुल्ने बताएका हुन्। उनले भने,‘देशका सबै नाका खुलेकै छन् तर सरकार भने कालोबजारीमा लागेकाले अहिले अभाव भएको छ । सरकारले नै कालोबजारीलाई प्रश्रय दिएको छ।’मधेशी मोर्चाको माग पूरा नभएसम्म वीरगञ्जको नाका नखुल्ने यादवको भनाई थियो ।


विराटनगर तीनटिलोयिास्थित आफ्नै निवासमा मंगलबार पत्रकार सम्मेलन गरी यादवले भने,‘संविधान संशोधन प्रक्रियालाई भारतले सकारात्मक भनेपनि नेपाली जनताले सकारात्मक भनेका छैनन् । जनताले नभनी  अरुले सकारात्मक भनेर हुन्छ र ?’ संशोधनले मोर्चाको माग पूरा नगरेको जिकिर गर्दै यादवले यसप्रति आफूहरुको समर्थन नरहेको बताए ।

मेर्चाको आन्दोलन जारी रहने बताउँदै यादवले पञ्चायतकालमा चलेको आन्दोलनको दृष्टान्त प्रस्तुत गर्दै भने,‘पञ्चायतकालमा पनि तीस वर्षसम्म कहिले उत्कर्षमा कहिले कमजोर अवस्थामा आन्दोलन चलेको थियो, मधेशमा पनि चलिरहन्छन् ।’

संसदमा आफ्नै पाराले संविधान संशोधन गरेर सरकारले मोर्चाको माग पूरा गर्ने एउटा अवसर भने गुमाएको बताउँदै यादवले वार्तामा नयाँ नयाँ प्रतिनिधि पठाएर सरकार आफैले भाँडेको आरोप लगाउँदै भने,‘कहिले प्रधानमन्त्री आफैं आवेसमा आउने र अस्वभाविक व्यवहार प्रदर्शन गर्दा  पनि वार्ता भाँडिन पुग्यो ।’

राज्य जनताको आन्दोलन दमन गर्न उद्धत रहेको बताउँदै त्यसको पछिल्लो प्रकरण रंगेली घटना भएको पनि बताए ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget