सुगर र प्रेसर बढेपछि होटलमा अाराम लिदै महतो

सुगर र प्रेसर बढेपछि होटलमा अाराम लिदै महतो
लहान–सदभावना अध्यक्ष राजेन्द्र महतो बुद्यबाार रतmचाप बढेर ओच्छ्यान परेका छन्। मंगलबार लहानमा मधेसी मोर्चाले आयोजना गरेको मधेस बलिदानी दिवस सम्बोधन गर्न आएका महतो लहानको मारुती होटलमा आराम गर्दैछन्। बुधबार कार्यकर्ता र समर्थकसंग भेटघाटकै क्रममा अचानक उनलाई स्वस्थ्यमा समस्या देखिएको हो।

लहानस्थित डिभाईन अस्पतालका डा.चन्द्रशेखर यादवले महतोको रक्तचाप जाँच गर्दा १८०-१०० देखिएको बताए। सुगर पनि समान्यभन्दा बढी देखिएको डा. यादवले बताए। उनको रक्तचाप र सुगर दुबै समान्यभन्दा धेरै बढेको देखिएपछि औषधी खाएर पूर्ण आराम गर्न सल्लाह दिएको डा. यादवले बताए।

चिकित्सकले महतोलाई तनावमा नरहन, दौडधुप कम गर्न, खानपान नियमित गर्न, पूर्ण आराम गर्न सल्लाह दिएको उनका सहयोगीले बताए। तर, उनी उपचारबाट फर्केकै दिनदेखि दौडधुप सुरु गरेपछि स्वास्थ्य असहज बनेको उपचारमा संलग्न चिकित्सक डा. यादवले बताए। टाउँको भारी हुने, धमिलो देख्ने, असहज र कमजोरी महसुस हुने जस्ता समस्या छ।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget