आइएससँग लड्न भारतमा १५ हजार हिन्दू सेना तयार

आइएससँग लड्न भारतमा १५ हजार हिन्दू सेना तयार
मेरठ–दिल्लीको बाहिरी इलाका र उत्तराखण्डको सीमासम्म हिन्दू स्वाभिमान सेनाले तालिम दिएर आफ्नो आफ्नो धर्म र सेना विस्तार गर्दै इस्लामिक स्टेटको विरुद्ध लड्ने तयारी गरेको छ। हिन्दू स्वाभिमान सेनाले आतंकवादी संगठन इस्लामिक स्टेटले २०२० सम्ममा पश्चिमी उत्तर प्रदेशलाई आफ्नो कब्जामा लिने जनाउँदै त्यो भन्दा पहिला नै १५ हजार सेना सुरक्षाको लागि तैनाथ गर्ने दाबी गरेको छ।

भारतीय संचारमाध्यमका अनुसार हिन्दू सेनाले यही हप्ता विभिन्न इलाको भ्रमण गरेको थियो। हिन्दू सेनाले दिल्लीको बाहिरी इलाका र उत्तरखण्डको सीमाको साम्प्रदायिक रुपले निकै संवेदनशील भएको निष्कर्षसमेत निकालेको संचारमाध्यमले उल्लेख गरेका छन्। हिन्दू सेनाले लिष्टमा बच्चामा पनि सामेल रहेको र उनीहरुसबैलाई तरबार र बन्दुक चलाउने शिक्षा दिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

गाजियाबाद जिल्लाको डासनास्थित एक मन्दिरमा यो संगठनको केन्द्रीय कार्यलय रहेको छ भने संगठनका सबै पदाधिकारीलाई सोही ठाउँमा भेटिने गरेको छ। संगठनका नेताले आफ्नो संगठनको आकार लगातार बढिरहेको दाबी गरेका छन्। उनीहरुका अनुसार हिन्दू सेनाका ५० वटा तालिम केन्द्र रहेका छन जसलाई गोप्य राखिएको छ। केही तालिम केन्द्रभने खुला रुपमा संचालन गरिएको संचारमाध्यमले उल्लेख गरेका छन्। खुला तालिम केन्द्रमा हिन्दू सेनाले पुरुष, महिला, युवा तथा युवतीलाई खुल्ला रुपमा तालिम दिने गरेका छन्।

मेरठ सहरमा तीन तालिम केन्द्र छन भने मुजफ्फरनगरमा पाँच तालिक केन्द्र संचालनमा रहेका छन्। विश्व हिन्दू परिषद र दुर्गा वाहिनी बाहेक हिन्दू स्वाभिमानका नेता चतन शर्माले आफूहरुको लक्ष्य युवालाई आतंकवादी संगठनका विरुद्ध लड्न तालिम दिनु रहेको बताए। उनले आफ्नो संगठनमा ८ देश ३० वर्षका युवा रहेको बताए। उनले सुरुको ६ महिना मानसिक प्रशिक्षण, गीताको छन्द सिकाउने गरेको बताए। 'हिन्दूलाई मृत्युदेखि डर लाग्दैन,' उनले भने,'किन भने मृत्युपछि मानिसले पुन जन्म लिन्छ। हाम्रो संगठनका युवा निडर छन्।'
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget