बंगबन्धुको फाइनलमा बहराइनका हरेक आक्रमणलाई असफल पार्ने गोलकिपर विकेश कुथुबारे ६ तथ्य

काठमाडौँ : नेपालको राष्ट्रिय टिमको पहिलो रोजाइको गोलकिपर हुन् किरण चेम्जोङ। तर शुक्रबार बंगबन्धु गोल्डकपको फाइनलमा भने किरण चेम्जोङको अनुपस्थितिमा गोलपोस्टमा रक्षाको जिम्मेवारी सम्हाले विकेश कुथुले। नेपालको गोलकिपिङ कोच उपेन्द्रमान सिंहले कुथुलाई फाइनलका लागि रोजेका हुन्। फाइनल खेलमा नेपालको पोस्टमा कुनै पनि गोल गर्नबाट रोकेका कुथुले उत्कृष्ट बचाउ गरेक थिए। खेलको पहिलो हाफ अघि बहराइनले पाएको फ्रिकिक र खेलको ६० औँ मिनेटमा कुथुले उत्कृष्ट बचाउ गर्दै बहराइनलाई गोल गर्नबाट रोकेका थिए।   २३ वर्षअघि बंगबन्धुमै साफ च्याम्पियनसिपको फाइनलमा भारतलाई हराउँदा गोलकिपर रहेका उपेन्द्रमान सिंहले कुथुलाई मैदानमा प्रथम रोजाइमा उतारेका हुन्।
पढ्नुस् कुथुबारे ६ तथ्य-
१) कुथुले साफ च्याम्पियनसिप प्रतियोगिताको तयारी खेलमा बंगलादेशविरुद्ध बंगबन्धुको मैदानमा नै पहिलोपटक डेब्यु गरेका थिए।



२) सोह्र वटा ए डिभिजन लिगका टोलीले प्रतिष्पर्धा गरेको २०६९ को एनसेल कपमा मध्यपुर युथ एशोसिएसनबाट खेलका कुथुले उत्कृष्ट गोलकिपर बनेका थिए।

३) कुथु हाल त्रिभुवन आर्मी क्लबसँग आबद्ध रहेका छन्। उनी पहिला ए डिभिजन टिम सरस्वती र मध्यपुर युथ एसोसिएसन तथा हिमालयन शेर्पा क्लबसँग समेत आवद्ध भएर खेलेका थिए।

४) विकेश कुथु सिन्धुपाल्चोकमा जन्मिएका हुन्। उनको उचाई ५ फिट ९ इन्छ छ। उनले यसअघि अण्डर २२ टिमबाट नेपालको प्रतिनिधित्व गरिसकेका थिए।

५) कुथु हावामा उडेको बल नियन्त्रणका लागि माहिर मानिन्छन्। कुथुलाई अण्डर १९ टिममै हुँदा गोलकिपिङ कोच रहेका मृगेन्द्र मिश्रले कुथुलाई प्रशिक्षणमा सहयोग गर्दै आएका थिए।

६) कुथु यसै वर्ष भएको राष्ट्रिय लिगमा सबैभन्दा कम गोल खाने किपर हुन्।
zoomnp
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget