काठमाडौं, १३ माघ । शनिबार राति भएको नेपालको नयाँ संविधानको पहिलो संशोधनको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।
बुधबार राष्ट्रसंघका महासचिव बान कि मुनले नेपालको संविधानमा भएको संशोधनको स्वागत गरेका हुन् । उनले यो कार्यले नाकाबन्दी खुल्ने विश्वास व्यक्त गरेका छन् ।
महासचिव बानको भनाई उद्धृत गर्दै उनका प्रवक्ताले भने- ‘उहाँ (बान)ले नेपालको संविधानमा भएको संशोधनको स्वागत गर्नुभएको छ । संवैधानिक व्यवस्थामा भएको मतभेदहरु हटाउन महत्वपूर्ण कदम भन्नुभएको छ ।’
प्रवक्ताका अनुसार महासचिव बानले सबै पक्षलाई लचिलो हुन र वार्ता र सम्वादबाट सहमति खोज्न आग्रह गरेका छन् । ‘बानले आन्दोलनरत पक्षलाई तत्काल वार्तामा बस्न जोड दिनुभएको छ । र राज्यपक्षलाई पनि सम्वेदनशील बन्न आग्रह गर्नुभएको छ,’ प्रवक्ताले पत्रकार सम्मेलनमा भने ।
यो सकारात्मक कार्यले सीमा नाकाहरुबाट आपूर्ति सहज बनाउने बानले आशा व्यक्त गरेको प्रवक्ताले बताए ।
मधेस आन्दोलनका माग पुरा गर्ने भन्दै गएको शनिवार राति संसदले नयाँ संविधानका दुई बुँदामा संशोधन गरेको थियो ।
संशोधनको भारत र चीनले स्वागत गरिसकेका छन् ।
onlinesajhapatrika
Post a Comment