रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भ्रष्ट भएको अमेरिकालाई धेरै वर्षदेखि थाहा रहेको


अमेरिकी अर्थ मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भ्रष्ट भएको अमेरिकालाई धेरै वर्षदेखि थाहा रहेको बीबीसीलाई बताएको छ।
अमेरिकी सरकारले पुटिनका सहयोगीहरुमाथि यसअघि नै प्रतिबन्ध लगाइसके पनि पहिलोपटक उसले सिधै रुसी राष्ट्रपति भ्रष्ट भएको आरोप लगाएको बताइएको छ।
तर पुटिनका प्रवक्ताले बीबीसीलाई भनेका छन्, विशुद्ध काल्पनिक भएकाले अमेरिकी अर्थ मन्त्रालयले उठाएका कुनै पनि प्रश्न वा विषयबारे जवाफ दिन आवश्यक छैन।
गत साता एउटा ब्रिटिस छानबिनले संभवतः पूर्व गुप्तचर अलेक्सान्डर लित्भिनेन्कोको हत्यालाई पुटिनले अनुमोदन गरेको हुन सक्ने जनाएको थियो।

लामो समयदेखि उनले आफ्नो वास्तविक सम्पत्ति कसरी ढाकछोप गर्ने भन्ने प्रशिक्षण लिएका छन् र त्यही अनुसार व्यवहार गरिरहेका छन्
एडम जुबिन, अधिकारी, अमेरिकी अर्थ मन्त्रालय
रुसी संघीय सुरक्षा सेवाका पूर्व एजेन्ट लित्भिनेन्को पुटिनका तीव्र आलोचक थिए।
सन् २००६ मा लण्डनमा रेडियोएक्टिभ पोलोनियम दिएर उनको हत्या गरिएको थियो।
अमेरिकी अर्थ मन्त्रालयअन्तर्गत आर्थिक प्रतिबन्ध हेर्ने एडम जुबिनले रुसी राष्ट्रपति भ्रष्ट भएको र अमेरिकी सरकारलाई यो धेरै वर्षअघिदेखि नै थाहा भएको बीबीसीलाई बताए।
उनले भने, “लामो समयदेखि उनले आफ्नो वास्तविक सम्पत्ति कसरी ढाकछोप गर्ने भन्ने प्रशिक्षण लिएका छन् र त्यही अनुसार व्यवहार गरिरहेका छन्।”
लगानी

आफ्ना साथी र नजिकका सहयोगीहरुलाई सम्पन्न बनाउँदै आएको र राज्यको सम्पत्ति प्रयोग गर्दा मित्रवत नदेखिनेहरुलाई पुटिनले पाखा लगाएको देखिएको जुबिनले बताए।
पुटिनको सम्पत्ति झण्डै ४० अर्ब डलर रहेको भन्ने सन् २००७ को सिआइएको एउटा प्रतिवेदनबारे भने जुबिनले कुनै प्रतिक्रिया दिएनन्।
अमेरिकी सरकारले सन् २०१४ मा रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनका कैयौँ अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको थियो र ऊर्जा क्षेत्रमा पुटिनले गोप्यरुपमा लगानी गरेको उसले जनाएको थियो।
यद्यपि त्यतिबेला अमेरिकाले सिधै पुटिन भ्रष्ट भएको आरोप लगाएको थिएन।
bbc news

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget