दिल्लीबाट काठमाडौं उड्न तयार जहाजमा बम !

दिल्लीबाट काठमाडौं उड्न तयार जहाजमा बम !
काठमाडाैं-नयाँ दिल्लीबाट काठमाडौं उड्ने तयारीमा रहेका जहाजमा बम भएको हल्ला फैलिएपछि उडानमा ढिलाइ भएको छ। अज्ञात व्यक्तिले जेट एयरलाइन्स र एयर इन्डियाका जहाजमा बम भएको फोन मार्फत जानकारी दिएपछि उडान रोकिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

बम रहेका भनिएका जहाजमा बम डिस्पोजल टोली खटाइएको छ।

सोमबार पनि काठमाडाैं उड्न लागेको जहाजमा बम भएको हल्ला चलेपछि उडान रोकिएको थियो। मंगलबार भारतको गणतन्त्र दिवस लक्षित गरेर अातंकवादी समूहले त्रास फैलाउन यस्ता हल्ला चलाउने गरेका अधिकारीहरूले जनाएका छन्। गणतन्त्र दिवसका सन्दर्भमा हिंसा र अातंक फैलाउने गतिबिधि हुनसक्ने संभावना ध्यानमा राख्दै भारतको राजधानी दिल्ली लगायत प्रमुख सहरहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget