बंगलादेशी क्लबलाई हराउँदै झापा ११ सेमिफाइनलमा



१२ माघ, पोखरा । झापा-११ पनि पोखरामा जारी आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा झापाले गाजीरचाट स्पोर्टिङ्ग क्लब बंगलादेशबिरुद्ध ४-१ को सहज जित हात पारेको छ । यससँगै सेमिफाइनल समीकरण पुरा भएको छ ।
आयोजक सहारासँगै त्रिभूवन आर्मी र मनाङ मस्र्याङ्दी क्लब यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । झापाले अब विहीबार फाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लवको सामना गर्नेछ ।
खेलमा झापाले पहिलो हाफमा तीन गोल गरेको थियो भने भने दोश्रो हाफमा एक गोल थप्यो । गाजिरचाटले भने दोश्रो हाफमा सान्त्वना गोल मात्रै गर्‍यो ।
एक पक्षीय देखिएको खेलमा झापाले छैटौं मिनेटमै अग्रता लिएको थियो । झापाका योगेश गुरुङको क्रसमा कर्ण लिम्बुले हेडर गोल गर्दै अग्रता दिलाए । १४ औं मिनेटमा योगेशकै पासमा गणेश खड्काले गोल गर्दै अग्रता दोब्बर पारे ।
२८ औं मिनेटमा नरेन्द्रमणी लिम्बुले गोल गर्दै पहिलो हाफमा झापालाई ३-० को अग्रता दिलाए ।
गाजिरचाटले दोश्रो हाफमा भने सधारिएको खेल प्रदर्शन गर्‍यो । दोश्रो मिनेटमै गोल गर्दै खेलमा फर्किने आश देखायो । गाजिरचाटका डिफेन्डर मनिकले ओभरल्यापमा गएर गोल गर्दै गोल अन्तर घटाए ।
त्यसपछि पनि केही राम्रा अवसर सिर्जना गरेको थियो । बंगलादेशको राष्ट्रिय टिमका खेलाडी अरुप कोमर र ईमोन बाबु तथा १९ वर्ष मुनिका ६ जना खेलाडी गाजिरचाटले मैदानमा उतारेपनि उत्कृष्ट प्रदर्शन भने गर्न सकेन ।
खेलको ७४ औं मिनेटमा कर्णले व्यक्तिगत दोश्रो गोल गरे र झापा ११ लाई ४-१ को शानदार जित दिलाएका छन् । कर्ण लिम्बु म्यान अफ दी म्याच घोषित भए ।
झापा ११ का प्रशिक्षक भगिरथ आले ‘मामा’ले विपक्षी राम्रो भएपनि आफूहरुको खेल नबुझ्दा सहज जित हात परेको बताए । उनले मनाङसँगको सेमीफाइनल खेल फाइनल जस्तै हुने र उक्त खेल आफ्नो टिमले जित्ने दाबी गरे ।
बुधबारदेखि सेमीफाइनल खेल शुरु हुनेछ । पहिलो सेमीफाइनलमा बुधबार आयोजक सहारा क्लव पोखरा र त्रिभूवन आर्मी क्लब भिड्नेछन् ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget