मुख र घाँटीको क्यान्सरका लागि धुम्रपान, अत्याधिक मदिरापान र गरीबीको मुख्य कारण मान्ने स्थापित धारणा छ । युरोपको नौं देशमा १९६२ क्यान्सर रोगीमा अध्ययन गरिएको थियो ।
बिस्सका उप निर्देशक प्रोफेसर वाल्फग्यांग ऐरेनले अध्ययनको नतिजालाई महत्वपूर्ण भनेका छन् । उनले भनेका छन् अहिलेसम्म यो थाहा थिएन कि दाँतको बिग्रदो कारणले मुख र घाँटीमा क्यान्सरको ज्ञात कारणहरु धुम्रपान, मदिरा र गरीबीभन्दा अलग छ ।’ मुखको खराव अवस्थाको सम्वन्ध ती सबैमा मानिससँग हुन्छ, जसको पूरै वा कम दाँत छ वा गिँजाबाट रत्तश्राव हुन्छ ।’
ग्लोसगो विश्वविद्यालयका डेक्टल स्कुलका वरिष्ठ प्राध्यापक डेविड कानवे नक्कली दातको प्रयोग वा सबै दाँत झरेको छ भन्दैमा दन्त चिकित्सकको जानु आवश्यक छैन भन्नु गलत हुने बताए । अध्ययनकर्ताहरुका अनुसार माउथवाश र क्यान्सरको सम्वन्धबारे थप शोधको आश्वयकता छ ।
news24nepal
Post a Comment