चालकरहित विमानबाट आक्रमण, छको मृत्यु

काबुल : अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा अमेरिकासँग आवद्ध सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा छ जना इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारीको मृत्यु भएको छ ।

अफगानस्तिानको प्रतिरक्षा मन्त्रालयले मङ्गलबार सो जानकारी दिएको छ । आचिन जिल्लाको बरो कली गाउँ र बआन्दार इलाकामा लुकेर बसेका आइएस आतङ्ककारीलाई लक्ष्यगरी संयुक्त सेनाले चालकरहित विमानले आक्रमण गरेको सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।


पाकिस्तानको सीमा क्षेत्रमा रहेको अफगानिस्तानको पहाडी जिल्ला आचिनमा आइएस लडाकू र अफगान सुरक्षाबलबीच गत दुई महिनायतादेखि नै झडप जारी रहेको छ । यस हवाई आक्रमणको आइएस समूहले भने केही टिप्पणी गरेको छैन। रासस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget