भारतमाथि विदेशमन्त्रालयमै प्रश्न – नेपाल टुक्र्याउन चाहनेलाई किन स्वागत गरेको ?

काठमाडौं – भारतले नेपालमा पृथकतावादी आन्दोलन गरिरहेका केही व्यक्तिलाई निमन्त्रणा गरेर नेपालमा विरोधाभास सन्देश दिन नखोजेको स्पष्ट पारेको छ । नेपालका सबै राजनीतिक दलका नेतासँग सम्पर्कमा रहेको उल्लेख गर्दै भारतले कुनै एकको पक्ष नलिएको समेत दाबी गरेको छ ।




बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले भने, ‘हाीले कुनै विरोधाभाषपूर्ण सन्देश दिएका छैनौं । नेपालमा कुनै एकको पक्ष लिएका पनि छैनौं ।’

पत्रकार सम्मेलनमा तपाईंले नेपालमा भएको संविधान संशोधनको स्वागत गर्नुभयो र केही नेपाली नेतालाई भारतमा स्वागत गर्नुभयो जसमा नेपालमा पृथकतावादी आन्दोलन गरिरहेका व्यक्तिसमेत छन्, किन विरोधाभासपूर्ण सन्देश दिन खोजिएको ? भन्ने प्रश्न गर्दा प्रवक्ता स्वरुप चलाखीपूर्ण उत्तर दिएर पन्छिए । उनले नेपालमा पृथकतावादी आन्दोलन गरिरहेका व्यक्ति र तिनको भारत भ्रमणका सवालमा एक शब्द पनि बोलेनन् । आजको नागरिक दैनिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget