बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा नेपाली प्राध्यापक

काठमाडौं, १५ माघ-
दिवाकर आचार्य बेलायतको प्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापक पदमा नियुक्त भएका छन् ।

नेपाल  दक्षिण एसियाली अध्ययन तथा अनुसन्धानको क्षेत्रमा अत्यन्त प्रतिष्ठापूर्ण मानिने अक्सफोर्ड विश्वविद्यालयको पूर्वीय धर्म तथा नीतिसम्बन्धी विभागमा नियुक्त आचार्य सो विश्वविद्यालयमा प्राध्यापक पदमा नियुक्ति पाउने सम्भवतस् पहिलो नेपाली हुन् ।

प्रतिष्ठित यो पदमा पहिलो प्राध्यापकका रुपमा भरातका पूर्वराष्ट्रपति सर्वपल्ली राधाकृष्णन सन् १९३६ मा नियुक्त भएका थिए भने त्यसपछि विभिन्न तीन जना विद्धानहरुले यो पदमा रही सेवा गरेका थिए। प्राध्यापक आचार्य यो पदमा नियुक्ति पाउने पाँचौ व्यक्ति हुन् ।

सन् २००६ देखि जापानको क्योटो विश्वविद्यालयमा प्राध्यापनरत आचार्य प्रतिष्ठित ‘जर्नल अफ इन्डियन फिलोसोफी’का सम्पादक समेत हुन् । आजको नेपाल समाचारपत्रमा समाचार छ ।
etajakhabar

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget