१३ माघ, काठमाडौं । नेपाल र भारतबिच बहुचर्चित उर्जा व्यापार सम्झौता -पीटीए) भएको लामो समयपछि विद्युत व्यापार कार्यान्वयन गर्न दुई देशले सक्रियता बढाएका छन् । पीटीए भएपछि पहिलो पटक ४ मंसिर २०७१ मा नयाँ दिल्लीमा नेपाल-भारत विद्युत व्यापार सम्झौता कार्यान्वयन गर्ने प्रयोजनका लागि गठित द्विपक्षीय सचिव र सहसचिवस्तरिय बैठक बसे पनि त्यसपछि बस्न नसकेपछि बल्ल सक्रियता बढेको समाचार राजधानी दैनिकले छापेको छ ।
नेपाल-भारतबिच ४ कात्तिक २०७१ मा पीटीए भएको थियो । एकातिर नेपालले भारतलाई अर्बौँको बिजुली बेच्न सक्ने र अर्कोतिर भारतबाट विद्युत आयात गरेर एक बर्षमै लोडसेडिङ हटाउने चर्चा चलिरहेका बेला विद्युत व्यापार कार्यान्वयनका लागि ६/६ महिनामा बस्नुपर्ने पीटीएमै उल्लेखित सचिवस्तरीय र सहसचिवस्तरीय बैठक एक बर्ष बितिसक्दा पनि बस्न सकेको थिएन ।
onlinekhabar
Post a Comment