दिल्लीमा राजदुतलाई भोज दिएइपछि मधेसी मोर्चामा रुवाबासी, बालुवाटारमा उत्सव

दिल्लीमा राजदुतलाई भोज दिएइपछि मधेसी मोर्चामा रुवाबासी, बालुवाटारमा उत्सव
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको २० मिनेट लामो टेलिफोन संवाद पछिको प्रधानमन्त्रीको हाउभाउ र बोली बचनले अबको केही दिनभित्रै नेपालमा ढुवानी व्यवस्था सहज हुने अनुमान र लख काट्न मुस्कील हुँदैन ।
अनि प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटार बसाई लम्बने संकेत प्राप्त भएपछि बालुवाटारमा एक किसिमको उत्सव नै मनाइएको स्रोतहरु बताउँछन् । तर, बालुवाटारमा खुसीयाली मनाइरहेका बेला आन्दोलनरत मधेसी मोर्चामा भने रुवाबासी सूरु भएको छ । मधेस केन्द्रित दलको मागअनुसार संविधानस संशोधन प्रक्रिया अघि बढेको भन्दै भारतले स्वागत गरेको मात्रै छैन, भारतीय विदेश सचिव एस जयशंकरले राजदुत दिपकुमार उपाध्यायलाई बोलाएर भोज नै खुवाएका छन् ।
भारत सरकारले ढुवानी अवरोधलगायत द्विदेशीय समस्या सक्दो चाँडो समाधान हुने प्रयास स्वरुप दुवै तर्फ काम भैरहेको बताएर मोर्चालाई थप दुःखी बनाइदिएको छ । यती मात्रै हैन भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीलाई फोन गरेर कुराकानी गरेको तीन मिनेटमै तीनथरी ट्वीट गरेर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले राम्रो संकेत दिएको बताएका छन् । यसबाट मोर्चाका नेताहरुलाई पसिना छुटीसकेको छ । सीमा नाका अबरोध गरेको नाटक गरिरहेको मोर्चालाई अब भारतले ढुवानी व्यवस्था सहज बनाइदिए आन्दोलन तुहीने डर छ ।
मधेसी दल र आन्दोलनको मर्मअनुसार परिमार्जनसहित संविधान संशोधन आउन लागेको अवस्था स्वागतयोग्य रहेको भन्दै भारतीय संस्थापनले यो समस्या सक्दो चाँडो हल होस् भन्ने दिशामा काम गरिरहेको छ । यसरी भारतीय सरकारले यस अघि नेपाल सरकारले बनाएको चार बुँदे रोडम्यापमा अघि बढ्न आग्रह गर्दा भाउ खोजेको मोर्चालाई अहिले त्यो भाउ महंगो सावित हुन लागेको छ ।
यस कारण पनि मोर्चाका नेताहरुका बीचमा वाद विवाद बढ्न थालेको छ । यतीसम्म की अस्पताल भर्ना भएका राजेन्द्र महतोले नाटक गरेको भन्दै संघीय समाजवादी फोरमका उपेन्द्र यादव उनकै कुरा काट्दै हिडिरहेका छन् । महन्थ ठाकुरको पारा पनि उस्तै भएको छ । अब भारतीय पक्षले नाका सहज भएको औपचारिक घोषणा गर्न मात्रै बाँकी छ भने विरगञ्ज नाका पनि लगभग सुचारु हुन थालीसकेको छ ।
यस्तो अवस्थामा मोर्चाले १९ गते केही सकारात्मक निर्णय गर्ने तयारी गरेको छ । तर, निकै विवादीत अवस्थामा । अहिले मोर्चाभित्रै ग्लानीको आगो दन्कीन थालेको छ भने सुरक्षीत अवतरणकालागि मोर्चाका नेताहरु आतुर भैसकेका छन् । नेपाल सन्देशबाट
purbelinews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget