महतोले भनेः संशोधनले शान्तिपूर्ण आन्दोलनप्रति जनविश्वास नगुमोस्
लहान–प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताबीच बलुवाटारमा वार्ता सुरु हुनु अगाडि प्रधानमन्त्री केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच फोन सम्वाद भएको छ।
रक्तचाप बढेर लहानस्थित मारुती होटलको कोठा नम्बर १८८ मा आराम गरिरहेका महतोको स्वास्थ्य अवस्था बुझ्न बिहीबार विहान फोन गरेका प्रधानमन्त्री ओली र दाहालसँग महतोले भने,'सशोधन प्रस्तावको मिलन बिन्दुको सहमति शान्तिपूर्ण आन्दोलनलाई सम्मान गर्ने खालको होस्।'
महतोसँग फोनसम्वाद पछि प्रमुख तीन दल र मधेसी मोर्चाबीच बालुवाटारमा संसदमा दर्ता संविधान संशोधन प्रस्ताव मध्ये मोर्चाको मागसँग अधिकतम मेल खाने प्रस्ताव छनोट गर्ने र यही संशोधन प्रस्ताव पारितका लागि सहमति कायम गर्ने विषयमा केन्द्रित रहेपनि वार्ता निष्कर्षमा पुग्न सकेन।
'फोन सम्वादमा प्रधानमन्त्रीले मधेस आन्दोलनको भावना र मोर्चाले प्रस्तुत गरेको मागलाई सम्वोधन हुने गरी सहमतिको प्रयास गर्ने आश्वासन दिएको महतोले जानकारी दिए। एमाओवादी अध्यक्ष दाहालले पनि मोर्चाले प्रस्तुत गरेको माग सम्वोधन हुने गरी बार्ताबाट सहमति खोज्ने प्रतिवद्धता जनाएको महतोले जनाए। दुवै प्रमुख नेतासँगको फोन सम्वादबाट जारी वार्ता फलदायी हुने आशा गर्ने ठाउँ छ,' महतोले भने।
'९ गते पारित गर्ने भनिएको समावेसी समानुपातिक निर्वाचन प्रणाली र प्रतिनिधित्व सम्वन्धि प्रस्तावमा मोर्चाले माग गरे बमोजिमको सहमति भए जारी वार्ता फलदायीतर्फ अगाडि बढेको सन्देश प्रवाह हुन्छ, महताले भने,'यसले शान्तिपूर्ण मधेस आन्दोलनले सम्मान पाएको पनि ठहरिन्छ ।' असहज स्वास्थ्य अवस्थाका कारण धेरै बेर कुराकानी गर्न महतोलाई चिकित्सकीय बन्देज छ। उनी बिहीबार सप्तरीमा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन जाँदैछन् ।
nagariknews
Post a Comment