पोखरा, १३ माघ-
पोखरामा भोली बिहीबार शक्ति ग्याँस वितरण हुने भएको छ । जिल्ला आपूर्ती व्यवस्था समिति कास्कीले भोली पोखरामा करिब १ हजार २ सय सिलिण्डर ग्याँस वितरण गर्ने निर्णय गरेको हो ।
शक्ति ग्याँसका विभिन्न ६१ वटा डिलरहरुमार्फत् ग्याँस वितरण गरिने प्रशासनले जनाएको छ ।
केही व्यवसायीले भरी सिलिण्डर बजारमा पठाउन थालेपनि कास्कीमा भने सरकारी निर्णय नभइन्जेल अझै केही समय आधा परिमाण अर्थात्, ७.१ केजी तौलका सिलिण्डर नै वितरण हुने भएको छ ।
etajakhabar
Post a Comment