वंगबन्धु गोल्डकप फुटबलको उपाधि विजेता नवयुग र विकेशलाई नेपाली सेनाको सम्मान
११ माघ, काठमाडौं । वंगबन्धु गोल्डकप फुटबलको उपाधि विजेता टीममा रहेका आफ्ना दुई सदस्यलाई नेपाली सेनाले सम्मान गरेको छ ।
जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नवयुग श्रेष्ठ र विकेश कुथूलाई नेपाली सेनाको तर्फबाट सम्मान गरेका हुन् । दुबैलाई नगद पुरस्कार प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । तर, रकम भने खुलाइएको छैन ।
स्ट्राइकर नवयुग नेपाली सेनाका अमल्दार हुन् भने गोलकिपर कुथू त्रिभुवन आर्मी क्लवसंग आवद्ध छन् ।onlinekhabar
Post a Comment