'सन्नी लियोनी' जस्तै भन्दिएपछि किन यी नायिकाको चित्त दुखेछ?

राम्री भन्दा नायिकाहरू मख्ख पर्छन्। झन त्यसमाथि बलिउड या हलिउडकी कुनै हिरोइन जस्ती भनेपछि झन् मख्ख पर्ने गर्छन् हाम्रा नेपाली नायिकाहरु। रंग संसार चर्चाको संसार हो। जसको चर्चा हुँदैन् त्यो रंग संसारबाट असिना जस्तै गरि विलाई जान्छन्। अनि यो संसारमा टिकिरहन आउँछन अनेक गसिप, समाचार, स्क्यान्डल र तस्विर।
यसै साता प्रकाशित एक नेपाली साप्ताहिकमा प्रकाशित एक अन्तरवार्तामा नेपाली फिल्म उद्योगमा स्थाइत हुन संघर्षरत मोडल तथा नायिका वर्षा शिवाकोटीले आफूलाई सोही पत्रिकामा केहि साता पहिले छापिएको व्लोअप तस्विर हेरेर बलिउड अभिनेत्री सन्नी लियोनी भनेर कमेन्ट गरिएपछि आफूलाई दु:ख लागेको दुखेसो गरिन्।
उनले सो अन्तरवार्तामा आफूलाई मानिसहरुले क्याटरिना कैफ तथा जरिन खान जस्ती भन्दा खुशी लागेको पनि बताइन्। तर सन्नीसँग दाँजिदा भने उनले भनिन्, ' धेरैले मलाई कैट्रिना कैफ र जरिन खानजस्तो जस्तो पनि भन्छन् । कैट्रिनासँग दाँज्दा त खुशी लाग्छ । तर, सनीसँग दाँज्दा चाहिँ अलि दुःख लाग्छ । उनी नराम्री भएर त होइन, तर नराम्रो छापका कारण।'

अब वर्षाको यो दुखेसो सुन्दरता भन्दा पनि इमेजलाई लिएर रहेछ। उनको यो अभिब्यक्ति आएपछि रंग संसारको गसिप गल्लीमा चर्चा चल्यो सन्नीको स्टाइलमा फोटो खिचाएपछि यस्तो प्रतिक्रिया नआए के आउँछ त? आफ्नै स्टाइलमा फोटो खिचेको भए 'कति राम्री वर्षा?' भन्नेहरुको कुनै कमी हुन्थेन भन्नेहरु पनि निस्के।
वर्षाले फेरि कुरा किन नबुझेकी हुन् 'सन्नी' भन्नेहरुले पनि सन्नीको इमेजसँग हैन् सुन्दरतासँगै दाँजेका हुन् भन्ने चाँहि किन नबुझेको र दु:ख मानेको। वर्षा ढुक्क भए हुन्छ अर्काको इमेजले आफूलाई असर गर्दैन्।
वर्षाको नयाँ फिल्म 'पशुपति प्रसाद' रिलिजको संघारमा छ। आगामी शुक्रबार फिल्म हुँदैछ। 'नाईं नभन्नु ल २' जस्तो फिल्मबाट डेब्यू पाएकी वर्षाका लागि फिल्म क्षेत्रले खासै बहार ल्याएको छैन्। 'पशुपति प्रसाद'ले त्यो बहार ल्याउने आशा गरिएको छ। वर्षाले यस्ता 'सन्नी' भन्दा दु:ख मान्ने अनि 'क्याटरिना' र 'जरिन' भन्दा खुशी मान्नु भन्दा 'वर्षा'' नामलाई नै लोकप्रिय बनाउँदै आफूलाई स्थापित गराउने ध्याउन्नमा लाग्दा ठिक होला।.setopati

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget