तीन जिल्लाका ६ हजार भूकम्पपीडितलाई न्यानो कपडा बाँडिदै

७ माघ, काठमाडौं । सरकारले भूकम्पबाट अति प्रभावित तीन जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बस्ने विपन्न भूकम्पपीडित घरपरिवारलाई बिहीबारदेखि न्यानो कपडाको वितरण थाल्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिन्धुपाल्चोकको मेलम्चीबाट न्यानो कपडा बाँड्ने अभियानको थालनी गर्दैछन् । बढी प्रभावित रसुवा, नुवाकोट र सिन्धुपाल्चोकका उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने विपन्न पीडित परिवारलाई थप राहत दिन लागिएको हो ।
हिमाली तथा उच्च पहाडी क्षेत्रका क्षेत्रका भूकम्पपीडित परिवारलाई न्यानो कपडासहित घरायसी बन्दोबस्तीका सामाग्री वितरण गर्न लागिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । ‘उच्च पहाडी क्षेत्रमा सरकारले दिएको १० हजार रुपैयाँले न्यानो कपडा किन्न नपुग हुन्छ । त्यसैले त्यस्ता परिवारलाई लक्षित गरेर थप न्यानो कपडा र जाडोका लागि चाहिने घरसायसी सामग्री वितरण गर्न लागेको हो’ गृह प्रवक्ता बुढाले भने ।
यो अभियान अर्न्तगत ६ हजार भूकम्पपीडितलाई न्यानो कपडा बाँड्ने लक्ष्य लिइएको छ । सरकारले भूकम्पपीडितलाई न्यानो कपडा किन्न भन्दै प्रति परिवार १० हजार रुपैयाँ वितरण गरिरहेको छ ।
यो रकम बाँड्ने काम हिमपातका कारण प्रभावित नभएको सरकारको दाबी छ । ‘हिमपातका कारण १० हजार बाँड्ने काम रोकिएको छैन । अब उच्च पहाडी क्षेत्रका परिवारलाई थप न्यानो राहत पनि पुग्दैछ’ बुढाले भने ।
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget