)काठमाडौं – बैंककबाट आएपछि महाराजगंजस्थित कुण्डलनी क्लबमा बस्दै आएका पूर्वयुवराज पारस अहिले बहिनीहरुसँग जीवनकुञ्जमा बस्न थालेका छन् । जीवनकुञ्ज पूर्वराजा ज्ञानेन्द्रका कान्छा भाइ धीरेन्द्रको निवास हो । बैंककबाट फर्किएपछि आनीबानीमा सुधार आएको बताइए पनि पारसलाई निर्मल निवासको ढोका भने खुला गरिएको छैन ।
प्राप्त जानकारीअनुसार बैंककमा गरेका अनेक हर्कतका कारण बाबुआमाले चित्त दुखाएर उनको खासै वास्ता गरेका छैनन् । तथापि अस्प्तालमा रहँदा भने बाबुआमासँग उनको पटकपटक भेट भएको थियो । पूर्वयुवराज्ञी पत्नी हिमानीसँग यसबीचमा एकपटक पनि भेट नभएको बुझिएको छ । छोराछोरीसँग खेलेर अहिले उनको लामै समय बित्ने गरेको छ ।
धीरेन्द्र शाह र उनकी पन्ती प्रक्षा दुवैको मृत्य भएपछि जीवनकुञ्जमा अहिले छोरीहरु मात्रै छन् । दिदीबहिनी तथा नातेदारलाई अत्यन्तै माया तथा आदर गर्ने भनेर चिनिएका पारसलाई दिदी बहिनीको भने दह्रिलो साथ रहँदै आएको छ । आफन्त तथा साथी भाइहरुसँगको भेटघाटमा पारसले मुलुकबारे चिन्ता गर्ने गरेको र राजसंस्था फर्किने या फर्काउनु पर्ने कुरामा आफ्नो कुनै रुचि र भनाइ नरहेको बताउने गरेका छन् । आजको घटना र विचार साप्ताहिकमा खबर छ ।
ratopati
Post a Comment