हावादारी गफ होइन, एक वर्षमै लोडसेडिङ हट्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने आफ्नो प्रतिबद्धतालाई हावादारी गफ भनेर टिप्पणी भइरहेकोप्रति आश्चर्य व्यक्त गरेका छन्। उनले एक वर्षभित्रैमा लोडसेडिङ पूर्णरुपमा अन्त्य गर्ने समेत प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री  ओलीले  राष्ट्रिय विकास समस्या समाधान समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा आफूले चर्चा बटुल्नका लागि नभइ काम गरेर देखाउनकै लागि लोडसेडिङ अन्त्य गर्ने प्रतिबद्धता जनाएकोे बताएका हुन्।

सत्तारुढ नेकपा एमालेकै नेता माधवकुमार नेपालले कामभन्दा गफमा समय विताउन थालेको आरोप लगाएकामा प्रधानमन्त्री ओलीले विरोध सुन्दा सुन्दा आफूलाई जिब्रो नै निकालिदेलान् जस्तो भइसकेको बताए।

प्रधानमन्त्री ओलीले जिब्रो नै निकालिदेलान् जसरी विरोध हुन थालेको बताउँदा बैठक कक्ष हाँसोले गुञ्जिएको थियो । उनले लोडसेडिङ अन्त्यका लागि जलविद्युत वाहेकका धेरै स्रोत रहेको भन्दै वैकल्पिक स्रोतबाट उर्जा निकाल्नतिर ध्यान दिन सम्बद्ध मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिए।

प्रधानमन्त्री ओलीले पौडी खेल्न खोलामा पस्नेले पानी खानुजस्तै आफूबाट पनि कमजोरी हुन सक्ने भन्दै आफ्नो काम गराइलाई मन नपराइए सरकार छोडिदिने बताए। उनले सरकार छोड्ने समयसीमाबारे भने स्पष्ट पारेनन्।
 setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget