राष्ट्रपतिमाथि दुर्व्यबहार गर्नेलाई कारबाही नगरेसम्म आन्दोलन गर्ने उद्घोष

बुटवल, पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरमा गरेको दुर्व्यबहारप्रति अखिल नेपाल महिला संघ लुम्बिनीसम्बद्ध महिलाहरुले शुक्रबार बुटवलमा विरोध प्रदर्शन गरेका छन् ।

पुष्पलाल पार्कबाट निकालिएको जुलुस ट्राफिक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

दुर्व्यबहारमा संलग्नहरुको खोजी गरी कानुनी कारबाही गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।

कोणसभामा बोल्दै महिलाहरुले दुर्व्यबहार गर्नेमाथि कडा कारबाहीको माग गर्दै कारबाही नगर्दासम्म आन्दोलन जारी रहने बताए ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget