, १० पुस-
नाइजेरियामा ग्यासको कारखानामा भएको विस्फोटमा परी कम्तीमा पनि १०० जना भन्दा बढीको ज्यान गएको समाचार छ ।
सो कारखानामा बिहीबार राति भएको विस्फोटमा परी अरु पनि कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । दक्षिणपूर्वी नाइजेरियाको एननिवीमा सो विस्फोट भएको थियो ।
स्थानीय सञ्चारमाध्यमहरुले सो क्षेत्रमा रहेको एक ग्यास कारखानामा ग्यास भरेर ट्यांकर बाहिर निस्किने बेलामा बिहीबार राति सो ट्यांकर विस्फोट भएको थियो ।
क्रिस्मस्को रौनक छाएको बिहीबारको राति क्रिस्मस् मनाइरहेका नागरिक ग्यास लिनका लागि खाली सिलिण्डर लिएर कारखानाको बाहिर भीड लागेका थिए ।
पछि सो ट्यांकरले कारखानाबाट ग्यास भरेपछि चिस्सिनका लागि एकछिन चिलिङ सेन्टरमा बस्नुपर्नेमा हतार हतार बाहिर निस्किएको थियो । सोही कारण सो ग्यास सिलिण्डिर बिस्फोट भएको बताइएको छ ।
मारिनेमा खाना पकाउने ग्यास लिनका लागि त्यहाँ पुगेका नागरिक बढी परेका छन् । उनीहरु सो क्षेत्रका स्थानीय बासिन्दा हुन् ।
त्यस क्षेत्रमा प्रहरीले अनुसन्धान जारी राखेको छ । मारिने व्यक्तिको सङ्ख्या अरु धेरै पनि हुनसक्ने अनुमान गरिएको छ । सिन्ह्वा
etajakhabar
Post a Comment