सन्दर्भ माओ दिवसः यस्तो थियो इतिहासको मजाकबीच बाबुराम र प्रचण्डबीच सम्बन्ध

सन्दर्भ माओ दिवसः यस्ता थिए चिनियाँ नेता माओ–त्से–तु
बाबुराम भट्टराईले पार्टी परित्याग गरेका छन् । अर्को अर्थमा उनले प्रचण्डसँगको आफ्नो अत्यन्तै निकट सहकार्य छोडेका छन् । बाबुराम प्रचण्डसँग जहिल्यै पनि नजिक रहे तर कहिल्यै पनि नजिक भएनन् । यतिसम्म कि कुनै बेला दुबै नेताले सार्वजनिक समारोहमा लुगा समेत एउटै लगाउँथे । प्रचण्डसँग बाबुराम नभएको कुनै औपचारिक कार्यक्रम हुँदैनथ्यो । भित्री संघर्ष जे रहेपनि बाबुराम र प्रचण्ड जहिल्यै पनि पर्यायवाची समेत भए ।

जनयुद्धको उठान गर्दा बाबुराम केन्द्रमा थिए, प्रचण्डलाई कसैले चिन्दैनथे । प्रचण्डको नाम सार्वजनिक हुँदा बाबुराम नै प्रचण्ड हो कि समेत भने मानिसहरुले । तर पछि गएर तिनै बाबुराममाथि प्रचण्डले कारवाही गरेको र कारवाही फुकुवा गरेको सुनियो । कहिले झगडा, कहिले मिलन, यस्तै रह्यो दुबैबीचको सम्बन्ध ।
इतिहास निर्मम हुन्छ । अहिले बाबुराम प्रचण्डसँग छैनन्, अझ उनी यो भन्दा टाढा प्रचण्डले अँगालेको विचारसँग पनि छैनन् । आज संसारभरीका किसान, मजदूर र परिवर्तन चाहनेहरुले माओ दिवस मनाइरहँदा बाबुरामले माओवादको सान्दर्भिकता छैन भनिरहेका छन् । यो इतिहासको निमर्म मजाक नै हो ।

यसै सन्दर्भममा हामीले पत्रकार नेत्र पन्थीद्वारा लिखित माअ‍ोवादीभित्र अन्तरसंघर्ष नामक पुस्तकबाट बाबराम र प्रचण्डबीचको आरोह अवरोहको सम्बन्धबारेको आलेख यहाँ प्रस्तुत गरेका छौं ।

माओवादी सुप्रिमो प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईबीचको व्यक्तिगत सम्बन्ध पर्याप्त आरोह–अवरोहले भरिएको छ । पार्टीबाहिर बाबुरामलाई प्रचण्डको ‘सर्वकालीन प्रतिस्पर्धी’का रूपमा लिइन्छ र उनीहरूको सम्बन्धमा आउने उतार–चढाव सधैं अखबारका ताता समाचार बन्छन् । पार्टीभित्र भने प्रचण्डको एकल बर्चस्व रहँदै आएको छ । यी दुईबीच एकता र विवाद भइरहन्छ । तर, नयाा आधारमा नयाा एकता हुँदै विवाद कहिलेकाहीं ‘विलयवाद’ अन्त्य हुने गरेको आरोपसमेत लाग्छ ।
माओवादी शान्तिप्रक्रियामा आएलगत्तै प्रचण्डको छायाका रूपमा देखिएका थिए बाबुराम ।

दुई नेता एक–अर्कामा यति धेरै नजिक थिए कि प्रायस् एकसाथ देखिन्थे, त्यो पनि उस्तै भेषभुषामा । चुनवाङ बैठकमै कसिएको उनीहरूबीचको राजनीतिक सम्बन्धको गाूठो गत वर्षको खरिपाटी भेलासम्म आउँदा झन् बलियो बन्यो । तर, ०६६ पुस १८ को खन्ना गार्मेन्टको एक प्रशिक्षणमा प्रचण्डको विवादास्पद अभिव्यक्तिपछि सम्बन्धमा शीतलहर छायो र पालुङटार विस्तारित बैठक आउँदासम्म विचारमा दरार आयो र ‘नोट अफ डिसेन्ट’ राख्ने अवस्था आयो बाबुरामले । प्रचण्डले घुमाउरो रूपमा बाबुरामलाई ‘भारत निकट’को उपमा दिएका थिए, जसलाई सहजै पचाउन सकेनन् बाबुरामले । जनसांस्कृतिक महासङ्घको कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘भारतले बाबुरामलाई प्रधानमन्त्री बनाए सबै समस्या समाधान हुन्छ भनी प्रस्ताव पठाएको छ ।’

प्रचण्डले बाहिरी शक्ति र दुस्मनको घेराबन्दी स्वाभाविक भए पनि मित्र भनेकाबाटै घेराबन्दीमा पर्नु बढी पीडादायी भएको टिप्पणी गरे । माइला लामाको गीतिएल्बम विमोचनमा ‘राष्ट्रको पक्षमा उभिएर काम गर्न खोज्दा आफ्नै निकटवर्तीले विरोधीको बोलीमा बोली मिलाएर घेराबन्दीमा पार्न खोजेको प्रचण्डको दाबी थियो ।
प्रचण्डले बाबुरामलाई भारतपरस्तको बिल्ला भिराएको त्यो पहिलोपटक भने थिएन । विगतमा समेत यस्तो आरोपको सामना गरेका बाबुरामले प्रतिक्रिया जनाए, ‘विगतदेखि नै रुढिवादी चिन्तनका मानिसले यस्तो प्रचार चलाएका छन्् । कुनै कुराको चित्त बुझेन भने विचारको बहस चलाउनुपर्छ, त्यसरी कसैलाई विदेशी एजेन्टका रूपमा प्रस्तुत गर्नु यो तरिका सही राजनीतिक संस्कार होइन ।’

प्रचण्डसँगै बाबुरामको मात्र होइन किरणको समेत दूरी बढिरहेका बेला ०६७ असार १४ गते माओवादी अध्यक्ष प्रचण्डले निकट ठानेकाहरूले नै ‘घेराबन्दी’ गरेको भन्दै यो काम निकै पीडादायी भएको गुनासो गरे । प्रचण्डले बाहिरी शक्ति र दुस्मनको घेराबन्दी स्वाभाविक भए पनि मित्र भनेकाबाटै घेराबन्दीमा पर्नु बढी पीडादायी भएको टिप्पणी गरे । माइला लामाको गीतिएल्बम विमोचनमा ‘राष्ट्रको पक्षमा उभिएर काम गर्न खोज्दा आफ्नै निकटवर्तीले विरोधीको बोलीमा बोली मिलाएर घेराबन्दीमा पार्न खोजेको प्रचण्डको दाबी थियो । तर, कसले यस्तो अवरोध पुर्‍याएको हो भन्ने उनले खुलाएका थिएनन् । ‘राष्ट्रियताको मुद्दा उठाउँदा घेराबन्दीमा परियो,’ प्रचण्डले भने ।

शान्ति र संविधान निर्माणको मुद्दा ओझेलमा पर्दै गएको भन्दै प्रचण्डले त्यसका लागि लामो लडाइा लड्नुपर्ने अवस्था आएको बताए । उनले लडाइाको तयारी अहिलेदेखि गर्न सबैलाई आह्वानसमेत गरे । उनको सङ्केत थियो– किरण र बाबुरामबीच बढ्दै गएको सम्बन्ध र आफूलाई कमजोर पार्न थालेकोतर्फ इङ्गित गर्दै प्रचण्डले यसो भनेका थिए । बाबुराम–प्रचण्ड सम्बन्धमा आएको फेरबदललाई प्रचण्डले नयाा कार्ड फालेको आरोप लाग्यो । बाबुराम–प्रचण्डको विवादले पार्टीलाई माथिदेखि तलसम्म धु्रवीकरण गर्छ । तर, कारण उनीहरूबीचको एकता र सङ्घर्ष माओवादीको जीवनपद्धतिमा महफ्वको हुन्छ । दुई दशक लामो राजनीतिक यात्रा उतार–चढावमय बन्यो भन्दा फरक पर्दैन । दुई दशक लामो राजनीतिक यात्रामा प्रचण्ड र बाबुरामबीच धेरैपटक यस्ता उतार–चढाव आए ।

तत्कालीन जनमोर्चाका अध्यक्ष बाबुरामको प्रभाव प्रचण्डको भन्दा बढी थियो । त्यसैले प्रचण्डले सम्भवतस् ‘खतरा’ महसुस गरे र बाबुरामलाई जनमोर्चाको अध्यक्षबाट हटाएर पम्फा भुसाललाई अध्यक्ष बनाए ।
तत्कालीन मोटो मशालमा थिए प्रचण्ड ०४८ सम्म र पातलो मसालमा थिए बाबुराम । हरिबोल गजुरेलको नेतृत्वमा बाबुरामसहितका नेताले ०४८ मा एकता महाधिवेशनमार्फत पार्टी एकता गरे । बौद्धिक छविका बाबुराम पार्टीमा आएकोमा प्रचण्ड खुसी थिए । तत्कालीन जनमोर्चाका अध्यक्ष बाबुरामको प्रभाव प्रचण्डको भन्दा बढी थियो । त्यसैले प्रचण्डले सम्भवतस् ‘खतरा’ महसुस गरे र बाबुरामलाई जनमोर्चाको अध्यक्षबाट हटाएर पम्फा भुसाललाई अध्यक्ष बनाए । यी दुई नेताबीचको सम्बन्धमा देखिएको चिसोपना सम्भवतस् पहिलो थियो यो । पम्फाबाट ‘प्रभावकारी’ काम नभएपछि फेरि जनमोर्चाको अध्यक्ष बाबुराम नै भए । मोर्चामार्फत बाबुराम लोकप्रिय बने भन्ने चिन्ता थियो प्रचण्डलाई । तर, पछि प्रचण्ड बाबुराम मिले र ०५२ मा बाबुराम नै जनमोर्चाका अध्यक्ष भए ।

जनमोर्चाको अध्यक्ष प्रकरणपछि बाबुराम प्रचण्डबीच मतभेद देखियो ०५१ तिर, जनयुद्धको योजना बनाउने क्रममा । बाबुरामले सामन्तवादको उदय भएको भूमि गोरखाबाटै जनयुद्धको सुरुवात गर्नुपर्ने प्रस्ताव राखे । तर, त्यतिबेला सिज -सिस्ने हिमाल र जलजला पहाड) अभियान चलाएका रामबहादुर थापा ‘बादल’, जसलाई प्रचण्डले साथ दिएका थिए, ले जनयुद्ध रोल्पा–रुकुमबाटै सुरु गर्नुपर्ने अडान राखे । कहाँबाट जनयुद्ध चलाउने रु कुरा मिलेन र पछि गोरखा, सिन्धुली र रोल्पाबाट एकसाथ सुरु भयो जनयुद्ध । जनयुद्धको थालनीदेखि माओवादीको ०५५ भदौमा सम्पन्न चौथो विस्तारित बैठकपूर्वसम्म प्रचण्ड र बाबुरामबीच बलियो एकता देखियो । प्रचण्डलाई किरण र बादलभन्दा बाबुराम राम्रो सहयोगी लागेका थिए ।

प्रचण्ड–बादल समीकरण बादलमाथि यौन प्रकरणको कारबाहीसागै अन्त्य भएको थियो र त्यो आवश्यकता पूरा गरेको थियो बाबुरामसागको एकताले । तर, त्यस विस्तारिक बैठकमा नेतृत्वलाई स्थापित गर्ने र केन्द्रीकरण गर्ने निर्णयमा बाबुरामले पूर्ण सहमति जनाउन सकेनन् । यसले प्रचण्ड–किरणबीचको सम्बन्ध अलि नजिकियो । पार्टीबाहिर बाबुरामको बढ्दो प्रचार त्यतिबेलासम्मका युद्धकालीन परिवेशमा प्रचण्डलाई मन परेको थिएन । तर, आलोक प्रकरणपछि प्रचण्ड र बाबुरामबीच नयाा एकता देखापर्‍यो ।

सुरुमा असहमति राखे पनि पछि बाबुरामले प्रचण्डपथको खुलैरे समर्थन र आफ्नो तहबाट प्रचार पनि गरे । प्रचण्डले यसलाई मन पराए । ०५७ मा प्रचण्ड–बाबुरामको सम्बन्धले किरण केही टाढा देखिए । समीकरण भत्कने र बन्ने जारी नै थियो । ०५८ मा राजतन्त्रप्रति नरम दृष्टिकोण राख्ने रवीन्द्र र बादलको प्रयासले किरण–प्रचण्डको सम्बन्ध नजिक भयो । बाबुराम–प्रचण्डको सम्बन्धमा केही दूरी बढ्यो ।

०६१ भदौमा रोल्पा फुन्टिवाङको माओवादी केन्द्रीय समिति बैठकपछि विवाद पोखिन थाल्यो यी दुई नेताबीच । त्यतिबेला बाबुराम नेतृत्वको संयुक्त क्रान्तिकारी जनपरिषद् र प्रचण्ड नेतृत्वको पार्टी समानान्तर जस्तै भएकोमा प्रचण्डलाई मन परेको थिएन । युद्धकालमा वक्तव्य जारी गर्दा समेत प्रचण्ड र बाबुरामले संयुक्त रूपमा हस्ताक्षर गर्थे, जसले मूल नेतृत्वबारेमा भ्रम पैदा भएको थियो । फुन्टिवाङ बैठकमा बाबुरामले जनपरिषद्को संयोजकबाट राजीनामा गरे । तर, अधिकांश केन्द्रीय सदस्यका साथै प्रचण्डले समेत राजीनामा फिर्ता लिन आग्रह गरेपछि बाबुरामले दुई घन्टापछि राजीनामा फिर्ता त लिए, तर त्यो बैठकमा नेतृत्व केन्द्रीकरणसम्बन्धी विवाद टुङ्गो लाग्न सकेन । पार्टी, सेना र मोर्चाप्रमुखमा एउटै व्यक्ति रहनुपर्ने र विचारको केन्द्र प्रचण्ड हुनुपर्ने विषय विवादको केन्द्र थियो ।

जुनबेला पार्टीको मुख्य अन्तरविरोध राजतन्त्रसँग हुने वा भारतसँग भन्ने विषयमा माओवादीभित्र अन्तरविरोध चर्कियो, त्यसमा पनि मुख्य पात्र थिए– प्रचण्ड र बाबुराम नै । उतिबेला किरण भारतको जेलमा थिए । प्रचण्डले मुख्य अन्तरविरोध भारतसँग रहेको भन्दै सुरुङयुद्धको घोषणा गर्दा बाबुरामले भारतसँंग सहायक र राजतन्त्रसँग प्रधान अन्तरविरोध रहेको विचार व्यक्त गरेका थिए । त्यसपछि बाबुराम पक्षधरले प्रचण्डलाई ‘राजापरस्त’ र प्रचण्ड पक्षधरले बाबुरामलाई ‘भारतपरस्त’को आरोप लगाउन थाले ।
आरोप–प्रत्यारोपको राजनीति चल्दै गर्दा ०६१ कात्तिक २३ मा बाबुरामले पार्टीभित्रको गुटबन्दी अन्त्यको माग गर्दै केन्द्रीय स्कुल विभाग र प्रचार तथा प्रकाशन विभागबाट राजीनामासँगै चारबुँदे असहमति पत्र हेडक्वार्टरमा बुझाए । त्यसलगत्तै ०६१ मङ्सिर १५ मा १३ बुादे राजनीतिक बहसका विषय पनि बाबुरामले प्रचण्डलाई थमाए । यसैलाई मुख्य आधार बनाएर बाबुराममाथि कारबाही भयो । पालुङटार विस्तारित बैठकमा बाबुरामले आफूमाथिको कारबाहीको समीक्षा गर्न माग गरे भने प्रचण्डले त्यो अनुशासनको कारबाही भएको भन्दै विचारका आधारमा गरिएको कारबाही भन्ने बाबुरामको दाबीलाई सामान्यीकरण गर्ने कासिस गरे ।

कारबाहीले प्रचण्ड र बाबुरामको सम्बन्ध गम्भीर सङ्कटमा पर्‍यो । तर, बाबुरामलाई कारबाही गरेपछि सबैभन्दा बढी चिन्ता प्रचण्डलाई लागेको बताउँछन्, – माओवादीका केही नेताहरू ।
०६१ माघमा रुकुमको लावाङमा सम्पन्न माओवादीको पोलिटव्युरो बैठकले भट्टराईलाई पार्टीको साधारण सदस्यमात्र रहनेगरी निलम्बन गरेपछि माओवादीभित्रको विवाद छताछुल्ल भयो । बैठकले भट्टराईलाई मात्र कारबाही गरेन, उनकी श्रीमती हिसिला यमीलाई समेत केन्द्रीय कमिटीबाट निलम्बन गर्‍यो । र, त्यही बैठकका निशानामा परे बाबुराम पक्षमा रहेका अर्का नेता दीनानाथ शर्मा पनि । त्यसैले शर्माले राजीनामा दिन बाध्य भए । शर्माले गोपनीयता भङ्ग गरेको आरोप खेपेका थिए । कारबाहीले प्रचण्ड र बाबुरामको सम्बन्ध गम्भीर सङ्कटमा पर्‍यो । तर, बाबुरामलाई कारबाही गरेपछि सबैभन्दा बढी चिन्ता प्रचण्डलाई लागेको बताउँछन्, – माओवादीका केही नेताहरू । बाबुरामलाई कारबाही गरे पनि उनको अभावमा काम गर्न कठिन थियो प्रचण्डलाई । त्यसैले होला प्रचण्डले उतिबेला पार्टीका विश्वास पात्रहरूसँग भन्थे, ‘बाबुराममाथि कारबाही गरेर कतै गडबड भयो कि ?’



आपसी टकराव हुादाहुँदै प्रचण्ड र बाबुरामबीच राजनीतिक दलहरू र भारतसँग वार्ताको वातावरण बनाउने विषयमा छलफल भयो । अझ रोचक त के छ भने वार्ताको पहलका लागि प्रचण्डले भारत जान बाबुरामलाई नै आग्रह गरे । कारबाहीमा परेको तीन महिनामा प्रचण्डको यो आग्रह बाबुरामका लागि ‘अग्निपरीक्षा’ जस्तै भयो । प्रचण्ड केही समयपछि दिल्ली जाने र बाबुराम पहिले गएर अन्य दलका नेतासँग वार्ताको वातावरण मिलाउने सल्लाह थियो । तर, बाबुराम एकैपटकमा भारत जान हच्किए । ‘भारतपरस्त’ को आरोप लागेकाले पहिले जाादा केही गडबड हुन सक्छ भन्नेमा बाबुराम चिन्तित थिए । अनि बाबुरामले प्रचण्डसमक्ष दुवैजना सँगै जाने प्रस्ताव राखे पनि । तर, परिस्थिति अनुकूल नभएको भन्दै प्रचण्डले अस्वीकार गरे ।



बाबुरामनिकट स्रोतका अनुसार त्यतिबेला चिन्ताले बाबुरामलाई भोकरनिद्रा नलाग्ने समेत भएको थियो । अन्ततस् दुवै नेताले नयाँ ढङ्गले अघि बढ्ने निर्णय गरे । यो निर्णयसँगै सात दलसँगको छलफल र भारतसँगको वार्ताका लागि बाबुराम अर्का नेता कृष्णबहादुर महरासँग भारततर्फ लागे । उनी भारत त गए, तर प्रचण्डले कसरी बाबुरामलाई विश्वास गरे भनेर पार्टीभित्र छलफल नै भएको माओवादी नेताहरू सुनाउँछन् । बाबुरामले अघि सारेको लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव प्रचण्डले मान्ने हो किरहोइन रु अन्य राजनीतिक दलमा समेत शङ्का गरिएको थियो ।

भारत गएर बाबुरामले वार्ता र छलफलको प्रक्रिया अगाडि बढाएपछि प्रचण्डसँगको सम्बन्ध पनि सकारात्मक बन्दै गइरहेको थियो । ठीक त्यहीबेला सेनाले प्रचण्डको आवाजसहितको पुरानो टेप सार्वजनिक गर्‍यो र सकारात्मक बन्दै गएको वातावरण डामाडोल भयो । बाबुरामलाई भारतपरस्तको आरोप लगाइएको टेप सार्वजनिक भएपछि बाबुराम पनि प्रचण्डलाई राजापरस्तको आरोप लगाउन पछि परेनन् । टेपकाण्डले प्रचण्ड भारत जाने र नजानेमा शङ्का पैदा भयो । दलहरूसँग छलफल अघि बढिरहादा सार्वजनिक टेपले ठूलै तनाव पैदा गर्‍यो । कैयौा नेता पार्टी टुक्य्राउने पक्षमा समेत देखिए यही मुद्दामा । प्रचण्ड भारत आउादा पक्राउ परेको खण्डमा आफूलाई दोष लाग्ने डरले बाबुराम आत्तिएको उनका तत्कालीन सहयोगीहरू बताउँछन् ।

कैयौं नेताले प्रचण्ड भारत नजाने ठोकुवा गर्दै थिए । प्रचण्डलाई भेट्न भारत पुगेका गिरिजाप्रसाद कोइरालाले पनि प्रचण्ड आउनेमा शङ्का गरे । तर, अन्तिम समयमा प्रचण्ड भारत पुगे र ढुक्क भए बाबुराम पनि । शङ्का मेटिएपछि यी दुईबीच नयाँ आधारमा नयाँ मेलमिलापको प्रक्रिया सुरु भयो । ०६२ साउन ३ मा प्रचण्डले बाबुराम, हिसिला र दीनानाथ शर्मालाई पार्टीको पुरानै जिम्मेवारीमा पुनस् स्थापित गरिएको भन्दै वक्तव्य जारी गरे । भोलिपल्टै बाबुरामले पनि वक्तव्य निकालेर नयाँ आधारमा नयाँ एकता कायम गर्दै अघि बढ्ने जनाए । त्यसलगत्तै बसेको हो– चुनवाङ बैठक, जसले यी दुईलाई आपसमा ‘विलय’ गराएको थियो । यो बैठक माओवादीको राजनीतिक इतिहासमा ‘सङ्घर्ष र एकता’को बैठक मानिन्छ । यहाँबाटै दुई नेताबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भयो ।
माओवादीभित्र बहुचर्चित चुनवाङ बैठकबारे अझै केही पाटा खुल्नै बाँकी छन् । रुकुमको चुनवाङमा भएको थियो सो बैठक । चुनवाङ बैठकको सुरुमा प्रचण्ड कठोर सङ्घर्ष गर्ने मुडमा थिए रे । पार्टी फुटको सङ्घारमा पुगेपछि समस्या समाधान गर्न नसकिने चिन्तामा डुबेका प्रचण्ड बैठकमा राजीनामा दिने मुडमा थिए । तर, बैठक प्रचण्डले भन्ने गरेझैं ‘चमत्कार’ नै भयो । सधैंका बैठकमा एक–अर्काको आलोचना गर्ने माओवादी नेताहरूले यो बैठकमा एकाएक नरम भए । नेताहरू बोल्न सुरु गर्ना साथ ग्वाँ–ग्वाँ रुन्थे, आफ्नै कमजोरीहरू खोल्थे । बाबुराम र प्रचण्डले पनि यसै गरे । राजीनामा पत्र खल्तीमा बोकेरै आएका प्रचण्ड आक्रामक पनि देखिएका थिए सुरुमा । तर, बैठक सोचेभन्दा फरक भइदियो ।

बैठकको अन्त्यसम्म आउँदा ठूलो लडाइँ सिद्धिएको अनभूति गर्न बाध्य भए प्रचण्ड । चुनवाङ बैठकमा प्रचण्डले अर्को कुरा पनि खोले– ‘बाबुराम र प्रचण्डबीच भएको एकतालाई अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलन ९रिम० का नेताहरूले मन पराएका थिएनन् ।’ अनि रिमसँगको आफ्नो अन्तरविरोध पनि प्रचण्डले खुलस्त पारिदिए । अझ रिमका प्रतिनिधि आन्द्रेईले बाबुरामसँग एकता गरेकोमा आपत्ति जनाउादै पाँच पेजको चिट्ठी लेखेर आफूलाई बुझाएको पनि प्रचण्डले पहिलोपटक खोले चुनवाङ बैठकमा । दुई नेताबीचको लडाइामा भारतमात्र नभई कम्युनिस्टकै अन्तर्राष्ट्रिय मञ्च पनि खेल्न पुगेको पुष्टि भयो ।
बाबुरामलाई कारबाही गर्नुपर्ने कारणमा प्रचण्डले आफ्नो दस्तावेजमा भनेका छन््, ‘पार्टीलाई वर्गसङ्घर्षको शत्रुतापूर्ण स्परुप खतरा उत्पन्न हुँदै गएको छ । भट्टराईमाथि ‘पार्टी हेडक्वार्टरविरुद्ध समानान्तर हेडक्वार्टर सञ्चालन गरेको, पार्टीभित्रको अन्तरविरोध तथा मूल्य–मान्यताविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको तथा विगतमा पार्टीबाट निष्कासित दक्षिणपन्थी विसर्जनवादलाई पछ्याएको’ आरोप लगाइएको थियो ।’ यो पार्टी हेडक्वार्टरमा चलेको अन्तरसङ्घर्ष तल्लो इकाइसम्म पुग्यो र बाबुराम पक्षधर नेता कार्यकर्तामाथिको निगरानी बढाइयो । प्रचण्डले यसलाई पार्टीभित्रको ‘सबैभन्दा गम्भीर अन्तरसङ्घर्ष,’ भनेका छन् ।
बाबुराममाथिका आरोप फिर्ता गरेर उनलाई पार्टीमा पुनस्स्थापना गरिसकेपछि पनि प्रचण्डले बाबुराममाथि गरेको कारबाहीलाई गलत भन्न सकेनन् । बाबुराममाथिको कारबाहीे साहसिक वा मूर्खतापूर्ण रु धेरैले यही सोचेका बेला प्रचण्डले फ्याट्ट भने, ‘यो निर्णय क्रान्तिकारी नै थियो र कारबाही फिर्ता पनि क्रान्तिकारी नै भयो ।’ तर, कारबाही गर्नुअघि आफूले अघि सारेको प्रस्तावलाई भने बाबुरामले ‘साहसिक’ नै भने ।

प्रचण्डले बाबुराममाथि कारबाही चलाउादा जस्तै सबै कुरा बिर्सेर नयाँ आधारमा नयाँ एकतासाथ अघि बढ्ने भन्दै कारबाही फिर्ता गरियो, यसले माओवादीभित्र भूकम्प नै उत्पन्न गरायो । प्रचण्डको वक्तव्यले कार्यकर्तामात्र होइन, माओवादीका कैयन् नेताहरू पनि छक्क परे त्यतिबेला । हुन पनि नेतृत्वबीचको भावनात्मक एकता ‘नाटकीय’ जस्तो देखिन्थ्यो । नेताहरूले यति भावनात्मक एकता देखाए कि विश्वास गर्न नै गाह्रो भयो । आसपमा गला मिलाएर रुन पनि पछि परेनन् ।

आफैं सङ्घर्ष गरेर नथाकेका माओवादी अध्यक्ष प्रचण्ड र बाबुरामलाई बेलाबेलामा अर्का वरिष्ठ नेता मोहन वैद्य ‘किरण’को अभाव खड्किन्थ्यो । चुनवाङ बैठकमा त बाबुरामले विगतमा आफूले किरणको उचाइ नबुझेर आलोचना गरेकोमा पछुतो माने । बाबुरामले किरणलाई छाड्नुपर्ने एउटै सर्त राखेर भारत सरकारसँग अन्तिम प्रयत्न गर्ने विचार गरेका थिए कुनै बेला । फोन डायल गरिसकेका बाबुराम एकाएक हच्के । भारतपरस्तको आरोप लागेको बेला किरण छुटे त ठिकै हुने नत्र बबन्डर भए के गर्ने रु बाबुरामलाई चिन्ता लागेछ । एकाएक हच्कन पुगे । र, डायल गरिसकेको फोन पनि काटिदिए । छलफलका क्रममा प्रचण्डले बिहान बोलाए पनि बाबुरामलाई भने राति दुई बजेदेखि नै निद्रा लागेन । त्यतिबेला पनि बाबुरामलाई किरणको अभाव खड्किन पुग्यो । किरण भएको भए प्रचण्डले पनि उनको सुझाव लिएर दुवै एकैठाउा पुगिसकिन्थ्यो जस्तो पनि बाबुरामलाई लाग्यो । कारबाहीमै रहेकोबखत बाबुरामले छलफलका क्रममा किरणको अभाव खड्केको कुरा प्रचण्डसँग गरे । प्रचण्डले पनि उस्तै अनुभूति सुनाए ।
प्रचण्डले बाबुराम, हिसिला र दीनानाथ शर्मालाई पार्टीको पुरानै जिम्मेवारीमा पुनस् स्थापित गरेपछि बढेको राजनीतिक घटनाक्रमले सात दलसँग १२ बुादे समझदारी बनायो । त्यसलगत्तै सिक्लेस हुादै प्रचण्ड र बाबुराम एउटै रङको कपडामा बाबुवाटारमा देखिए । शान्तिप्रक्रियाका मोडहरूमा सँगसँगै हिंडे । केही समय भक्तपुर गेस्टहाउसको बसाइपछि प्रचण्ड र बाबुराम नयाँबजारमा एउटै घरको तलमाथिको तलामा बसे । आठ महिना जतिको नयाँबजार बसाइमा पार्टीभित्र आलोचनाको विषय बन्न थाल्यो । अनि बाबुराम लागे एकान्तकुनातिर ।
०६३ मङ्सिर ५ मा शान्तिसम्झौतापछि माओवादी नेताहरू सरकारमा गए र सरकारमा बसेर पनि प्रभावकारी काम गर्न नसकेको विषयमा माओवादीभित्र विवाद देखियो । त्यसपछि माओवादीसहितको अन्तरिम सरकार गठन भयो । तर, त्यहाँ पनि सरकारमा गएका मन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेको भन्दै किरण पक्षधरले चर्को आवाज उठाए । यतिबेला प्रचण्ड र बाबुराम एउटै लाइनमा उभिए । ०६४ साउनमा बालाजुमा सम्पन्न पाँचाौ विस्तारिक बैठकमा यो सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा निकै तीव्र बहस चल्यो । दुवै पक्षबीच आरोप प्रत्यारोप भयो । तर, कामीडाँडा बैठकसम्म आउँदाचाहिा माओवादीमा एकमत देखापर्‍यो । यहाँसम्म पनि प्रचण्ड र बाबुराम एकै कित्तामा देखिए ।

संविधानसभा निर्वाचनपछि एकपटक दूरी अलि बढ्यो प्रचण्ड र बाबुरामको । कारण थियो– माओवादी नेतृत्वको सरकार निर्माणमा प्रधानमन्त्री को बन्ने रु ०६० मा पारित ‘२१आौ शताब्दीको जनवाद’ नामक दस्तावेजमा पार्टी नेतृत्व सरकारमा नजाने भन्ने थियो । तर, प्रधानमन्त्रीका लागि प्रचण्ड आफौ अगाडि सरे । जनयुद्धकालमा समानान्तर सरकारका रूपमा गठन गरिएको क्रान्तिकारी जनपरिषद्को प्रमुख रहेका बाबुरामलाई त्यति सहज लागेन यो कुरा । यद्यपि पार्टी निर्णय माने बाबुरामले र बने प्रधानमन्त्री प्रचण्ड रहेको सरकारमा अर्थमन्त्री ।
संविधानसभा निर्वाचनदेखि खरिपाटी भेलासम्म आउँदा माओवादीभित्र सैद्धान्तिक मतभेद पनि देखियो । यसमा पनि प्रचण्ड बाबुराम एकातिर किरण अर्कोतिर भए । ‘पार्टी सरकारमा छ, जनमत बलियो छ, आफ्नो सेना पनि छ, त्यसैले जनविद्रोहका लागि यो उपयुक्त समय हो,’ किरण भन्थे । ‘जनताले संविधान लेख्ने जिम्मेवारी दिएका छन्, जनपक्षीय संविधान नलेखी फेरि क्रान्तिको कुरा गर्नु जनतमाथि धोका हो, बेमौसमको बाजा हो, लेनिनका शब्दमा केटाकेटी कुरा हो,’ यो ठहर थियो प्रचण्डको । दुवै नेताले आफ्नो कार्यनीतिको प्रतिरक्षा र प्रतिस्पर्धी कार्यनीतिको खरो आलोचना गरे र अन्तरसङ्घर्षलाई सहज बनाए । यद्यपि दुवै प्रतिवेदन मिलाएर नयाा दस्तावेज तयार पार्‍यो खरिपाटी भेलाले ।
लोकतान्त्रिक गणतन्त्रको कार्यनीति तय गरेर चुनवाङबाट यात्रा सुरु गरेको माओवादी खरिपाटीसम्म आइपुग्दा शान्तिसम्झौता हुँदै संविधानसभा चुनावबाट सर्वाधिक ठूलो दलका रूपमा सरकारको नेतृत्वमा पुग्यो । माओवादीभित्र र बाहिरसमेत यसलाई बाबुरामको लाइनका रूपमा बुझ्ने गर्छन् । तर, प्रचण्ड यो मान्न तयार नरहेको बताइन्छ । विश्व कम्युनिस्ट आन्दोलनमा अन्तरसङ्घर्ष नहुँदा पार्टी र क्रान्तिको अवसान भएको पाइन्छ भने गलत ढङ्गले भएर पनि टुटफुट र विभाजन भई सिद्धिएका पाइन्छन् । तसर्थ मालेमावाद र प्रचण्डपथलाई आत्मसात् गरी जनवादी केन्द्रीयताको विधिलाई स्वच्छतापूर्वक प्रयोग गरेमा पार्टी र क्रान्तिको भविष्य ज्यादै उज्ज्वल र समुन्नत हुन्छ । माओवादी नेता अन्तरसङ्घर्षको आवश्यकताबारे बोल्छन्, ‘अन्तरसङ्घर्ष अभावमा पार्टी र आन्दोलन नै समाप्त हुने खतरा रहन्छ । त्यसैले यो स्वाभाविक, अपरिहार्य र स्वीकार्य पनि छ ।’
प्रचण्ड–बाबुरामबीच सङ्घर्ष र एकता भइरहने भएपछि पूर्वमाओवादीहरू यसलाई अनेकौं रङ्ग दिन रमाउँछन् । प्रचण्ड–बाबुरामको एकतालाई ‘विलयवाद’ भन्न रुचाउने पूर्वमाओवादीहरूका लेख–रचना बजारमा देख्न पाइन्छन् । पूर्वमाओवादी नेता मुमाराम खनाल प्रचण्ड–बाबुराम एकतालाई ‘विलयवाद’को सङ्ज्ञा दिन रुचाउने पात्र हुन् । ‘प्रचण्ड–बाबुरामका बीचमा उत्पन्न हुने विवाद वा एकता घामपानीका रूपमा त्यहााभित्र प्रकट भइरहने विषय हो र केही समयकै अन्तरालमै विवादको बबन्डर देखिने र तुरुन्तै नयाँ आधारमा नयाँ एकताको ‘विलयवाद’मा समाप्त हुने गरेको छ,’ उनी आफ्नो लेखमा ९नेपाल साप्ताहिक ०६७ असार १३० भन्छन्, ‘अर्थात् यी दुई शक्तिशाली नेताबीचमा उत्पन्न हुने विवाद व्यक्तिगत लाभहानिबाट प्रारम्भ भएर पुनस् आ–आफ्नै लाभहानिमा गएर विलय हुन्छ, त्यसकारण प्रचण्ड–बाबुराम विवादको सैद्धान्तिक, वैचारिक व्यक्तिवादको मुद्दामा लट्पटिँदै अन्त्यमा दुवैको दीर्घकालीन हितमा गएर टुङ्गिन्छ ।’

उचबअजबलमब(दचद
०६२ मा बाबुराममाथिको कारबाही फुकुवा भएपछि प्रचण्ड–बाबुरामबीच भएको नयाा एकतालाई पनि पूर्वमाओवादीहरू विलयको सङ्ज्ञा दिने गरेका छन् । आफ्नो महफ्वाकाङ्क्षा पूरा भएपछि पार्टीभित्रका मुद्दाहरू छाड्ने गरेको बाबुराममाथि आरोप आउने गरेको छ । बाबुरामले अन्तरविरोध बढाएर आफ्नो स्वार्थ पूरा गर्छन् भन्ने आरोप पनि लगाउने गरिएको छ । व्यक्तिवादसाग जोडेर बाबुराम–प्रचण्ड एकतालाई विलयवादको सङ्ज्ञा दिने गरिएको पाइन्छ । पूर्वमाओवादीहरू जो माओवादीको कारबाहीपछि पार्टी छाडेका थिए, उनीहरूका गर्जनले भने माओवादी पार्टीपङ्तिमा त्यति ठूलो महफ्व राख्दैन । किनभने माओवादी नेता तथा कार्यकर्ताको नजरमा उनीहरू भगौडा हुन् वा गद्दार ।

माओवादीले ‘गद्दार’ वा ‘भगौडा’ भन्नेहरू माओवादी नेतृत्वप्रति खुबै आक्रामक बन्ने गरेका छन्् । ‘बाबुरामको विलीनवाद र प्रचण्डको विलीनवाद एक–अर्काको आवश्यकताका रूपमा प्रकट हुादा कोही पनि साक्षी त्यहाा हुँदैनन्,’ पूर्वमाओवादी नेता खनाल आफ्नो विश्लेषणमा लेख्छन्, ‘एक–अर्काको महफ्वकाङ्क्षाले उब्जाएको अन्तरविरोध एक–अर्काको आवश्यकतामा गएर विलीन हुनु प्रचण्ड–बाबुराम विवादको अन्तिम समाधान हो ।’
पूर्वमाओवादी नेता मणि थापा प्रचण्ड–बाबुराम सम्बन्धलाई स्वाभाविक मान्दैनन् । ‘उहाँहरू दुई अराजनीतिक खेल खेल्नुहुन्छ, कहिले उहााहरू मिलिहाल्ने, कहिले एउटै पोसाकमा आउने त कहिले लड्ने गर्नुहुन्छ,’ थापा भन्छन्, ‘कहिले मिल्ने, कहिले लडाइँ चर्काउने फोहोरी खेल देखियो, गोलचक्करवादमा फसेको देखिन्छ, प्रचण्डजी बाबुराम, बाबुरामजी प्रचण्ड हुने भयो, गोलचक्करमा फसेको छ, म त दुई जैसीहरूको लडाइँ भन्ने गर्छु ।’
माओवादीको अन्तरसङ्घर्ष एउटै पात्र र प्रवृत्तिवरिपरि घुमिरहनु र त्यसको समाधान विधि पनि एउटै हुनु नै विलयवादको मुख्य विशेषता हो भन्ने ठम्याइमा छन् खनाल । उनको नजरमा, ‘आफ्नो व्यक्तिगत महफ्वाकाङ्क्षा पूर्तिका लागि नेता तथा कार्यकर्तालाई आफ्नो असहमतिमा प्रयोग गर्ने र त्यसको प्रयोजन समाप्त हुनासाथ निर्ममतापूर्वक आफ्ना सहयोगीको राजनीति जीवन समाप्त पार्ने हदसम्मको उपयोगितावाद प्रचण्ड–बाबुराममा पाइने समानता हो ।’ माओवादीमा रहुन्जेल आफूलाई बाबुरामनिकट भन्न रुचाउने खनालले प्रचण्ड र बाबुरामको विशेषताको व्याख्या गर्नुको पछाडि खनाललाई आत्मसमर्पणपछि पार्टीमा पुनर्बहाली नगर्नुसाग जोडेर हेर्ने गरिन्छ माओवादीभित्र । खनाल यही उपयोगितावादी व्यक्तिवादले सिर्जेको अन्तरविरोध प्रचण्ड–बाबुराम एक–अर्काको व्यक्तिवाद सुरक्षित हुनासाथ विलीनवादमा टुङ्गिने गरेको दाबी गर्छन् ।
पालुङटार विस्तारित बैठकसम्म आउँदा प्रचण्ड–बाबुराम सम्बन्ध एकपटक झनै चिसो भयो । प्रचण्ड–किरण समीकरणमा जब विद्रोहको कार्यदिशा पारित भयो पालुङटार विस्तारित बैठकपछि तब बाबुरामले ‘नोट अफ डिसेन्ट’ लेखे । प्रशिक्षण बहिष्कार गरेकोमा पनि बाबुरामको चर्को आलोचना भयो । तर, ०६८ वैशाखको केन्द्रीय समिति बैठकसम्म आउादा प्रचण्ड–किरण समीकरण भत्किन पुग्यो र जोडिन पुग्यो प्रचण्ड–बाबुराम सम्बन्ध । जब पालुङटारको विद्रोहको कार्यदिशा परिमार्जन गर्दै यो बैठकले शान्ति र संविधानको कार्यदिशा तय गर्‍यो । आफ्नो सम्भावना हुँदाहुँदै झलनाथलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको बाबुरामलाई चित्त बुझेको छैन । त्यतिमात्र होइन, प्रचण्डले प्रधानमन्त्री बन्ने सवालमा सधैं आफूलाई पन्छाउने गरेको तीतो अनुभूति बाबुरामसँग छ । उतार–चढावमय प्रचण्ड र बाबुराम सम्बन्धमा दुवैमा रहेका व्यक्तिगत महत्वाकाङ्क्षाले चिसोपन थप्दै आएको छ ।

(पत्रकार नेत्र पन्थीद्वारा लिखित माअ‍ोवादीभित्र अन्तरसंघर्ष नामक पुस्तकबाट)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget