१२ पुस, काठमाडौं । शनिबारको झपडपछि तनावग्रस्त भएको बिराटनगरको रानी भन्सार नाका आइतबार विहानैदेखि सहज भएको छ । भारतीय पक्षले सहजरुपमा भन्सार जाँच पास गरिरहेकाले मध्यान्हसम्म १ सयभन्दा बढी मालबाहक गाडी नेपाल प्रवेश गरिसकेका छन् ।
२ वटा डिजेल ट्यांकर र ६ वटा ग्यास बुलेट पनि भित्रिएका रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।
नाकामा मधेसी मोर्चाले मध्यान्हसम्म कुनै अवरोध गरेको छैन । शनिबार सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नेतृत्वमा मोर्चाका कर्याकर्ताले धर्ना दिएपछि प्रहरीसँग झडप भएको थियो । झडपमा परी महतो घाइते समेत भएका छन् ।
शनिबार १६६ वटा मालबाहक गाडी भित्रिएपछि अपरान्हबाट मोर्चाले नाकामा धर्ना दिएको थियो । २ घण्टाको तनाव पछि फेरि नाकाबाट आयात सुचारु भएको थियो ।
onlinekhaba
Post a Comment